डडेल्धुरा, कात्तिक १३ — अजयमेरू गाउँपालिका–१ देखि ६ सम्मका दृष्टिविहीन, अपांग, टुहुरा, मानसिक रोगी, अनाथ, एकल महिला, एकल पुरुष, वृद्धवृद्धा तथा असहाय व्यक्तिहरूलाई राहत वितरण गरिएको छ। साथै, आर्थिक रूपमा कमजोर विद्यार्थीहरूलाई शैक्षिक सामग्री प्रदान गरिएको छ।
राहत वितरण कार्यक्रममा जम्मा ३२ घरपरिवारलाई खाद्यान्न तथा अन्य सामग्री र २५ जना विद्यार्थीलाई कापी, कलम लगायत शैक्षिक सामग्री वितरण गरिएको गाउँपालिकाले जनाएको छ।
राहत सामग्रीमा चामल, दाल, तेल, नुन, साबुन, चिनी, चियापत्ती, सोडा, सलाई, मसला, कोल्गेट, ब्रस, गुड लगायतका दैनिक उपभोग्य वस्तुहरू समावेश गरिएको थियो।
यस मानवीय कार्यलाई सफल बनाउन सहयोग गर्ने भक्त बीबी फॉर ह्युम्यानिटी संस्थाका संरक्षक भक्त बहादुर भण्डारीप्रति आयोजकले विशेष आभार प्रकट गरेको छ।
स्थानीयहरूले यस्तो सहयोगले समुदायमा मानवीय भावना र सामाजिक उत्तरदायित्वको भावना अझै सुदृढ भएको प्रतिक्रिया दिएका छन्।