बाल्टिमोर, अमेरिका – नेपाली अमेरिकन पत्रकार संघ (नेजा) र गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् अमेरिका (NRNA NCC USA) को संयुक्त आयोजनामा एनआरएनए–अमेरिका अध्यक्ष पदका उम्मेदवारहरूको बहुप्रतिक्षित “प्रेसिडेन्सियल डिबेट २०२५” आउँदो अगस्ट १३, २०२५, बुधवारका दिन बाल्टिमोरमा हुने भएको छ।

कार्यक्रम The Royal Palace Ball Room, 1700 Van Bibber Rd, Edgewood, MD 21040 मा साँझ ५:३० बजे सुरु हुनेछ। यस ऐतिहासिक बहसमा एनआरएनए–अमेरिका अध्यक्षका तीन दावेदार—भानु खरेल, राम हरि अधिकारी, र सतेन्द्र के साह—आमने–सामने हुँदै आफ्ना दृष्टिकोण, योजना र नेतृत्व क्षमताको प्रदर्शन गर्नेछन्।
संयुक्त राज्य अमेरिकामा रहेका नेपाली समुदायको भविष्य, अधिकार, अवसर र एकताको विषयमा प्रत्यक्ष छलफल हुने यो बहसलाई एनआरएनए–अमेरिका निर्वाचन २०२५ को निर्णायक मोडका रूपमा हेरिएको छ। आयोजकहरूले कार्यक्रममा उपस्थित भई उम्मेदवारका प्रत्यक्ष विचार सुन्न र प्रश्न सोध्न सबैलाई हार्दिक निमन्त्रणा गरेका छन्।
सन्देशको मूल सार — “Our Voice. Our Future. Together.” —ले नेपाली डायस्पोराको साझा आवाज र एकताको महत्त्वलाई झल्काउँछ।