टोकियो, जापान — गैरआवासीय नेपाली संघ (NRNA) जापानको २०२५–२०२७ कार्यकालका लागि अध्यक्ष पदमा उम्मेदवारी दिएका सुभाष लामिछानेले जापान तथा विश्वभरबाट प्राप्त माया, शुभेच्छा र सद्भावप्रति गहिरो कृतज्ञता व्यक्त गर्दै, सबै शुभचिन्तकहरूलाई थप समर्थनको लागि भावनात्मक अपील गरेका छन्। सामाजिक सञ्जालमार्फत प्राप्त भिडियो, सन्देश र शुभकामनाहरूले आफूलाई थप ऊर्जा र जिम्मेवारीबोध दिलाएको उल्लेख गर्दै उनले एनआरएनए जापानलाई एक समुन्नत दिशामा लैजान आफ्नो नेतृत्व प्रतिबद्ध रहेको बताएका छन्।
“मैले आफ्नो जीवनमा अरू के कमाएँ थाहा छैन, तर ‘विश्वास’ प्रसस्त कमाएँ, ‘माया र सद्भाव’ भरपूर कमाएँ,” लामिछानेले लेखेका छन्। “अब मरणोपरान्त पनि यही विश्वास जोगाउन सक्नुपर्ने जिम्मेवारी मेरो काँधमा आएको छ।”
जसरी चुनाव नजिकिँदै गएको छ, लामिछानेले विशेषगरी जापानमा रहेका नेपाली दाजुभाई तथा दिदीबहिनीहरूलाई निर्णायक साथ दिन आग्रह गरेका छन्। उनले स्पष्ट रूपमा भने, “म एउटा पात्रमात्र हुँ, एनआरएनए जापानको ‘स्टेरिङ’ तपाईको हातमा छ।”
उनले थपे, “तपाईंको एक भोटले संस्था मात्र होइन, भविष्यको दिशा परिवर्तन हुन सक्छ। हामीसँग धेरै समय बाँकी छैन, अब निर्णायक घडीमा हामीले एकताको शक्ति देखाउन जरुरी छ।”
किन सुभाष लामिछाने?
- विश्वासिलो छवि: विगतमा जिम्मेवारीका हरेक पाटोमा निष्ठापूर्वक निर्वाह
- समूहगत नेतृत्वमा विश्वास: निर्णय प्रक्रियामा सबैको समावेशी सहभागिता
- कार्य–प्रतिबद्धता: संस्थाको नीति, योजना र दृष्टिकोणमा स्पष्टता
- दूरदृष्टि: समावेशी, पारदर्शी र विकासोन्मुख संस्था निर्माणको योजना
आगामी निर्वाचन: जुलाई २७
NRNA जापानको नयाँ नेतृत्व चयनका लागि जुलाई २७ मा निर्वाचन हुँदैछ। त्यसअघि लामिछानेले जापानभरका सम्पूर्ण नेपाली समुदायलाई आफू र आफ्नो टिमप्रति समर्थन जनाउन आग्रह गरेका छन्।
“मलाई विश्वास छ, तपाईंहरूको साथले मेरो आगामी यात्रा सम्भव छ,” भन्दै उनले आफ्नो अपीलको अन्त्य गरेका छन्।