काठमाडौं, असार २३ —विदेशमा रहेर पनि देशप्रेम र सेवाभावमा समर्पित वरिष्ठ समाजसेवी हेम थापाले नेपालकी उदाउँदो सांगीतिक कलाकार अन्जु गौतमलाई ५०,००० रुपैयाँको सम्मान राशि प्रदान गरेका छन्।
थापाले सामाजिक सञ्जालमार्फत् भावुक अभिव्यक्ति सार्वजनिक गर्दै लेखेका छन्,
“मेरी प्यारी बहिनी, कला र गलाकी धनी, पूर्वकी रानी अन्जु गौतम बहिनीको कला र गलाको सम्मान गर्दै, बहिनीलाई हौसला स्वरूप ५०,००० (पचास हजार) पुरस्कार दिएको छु।”
थापाको यो कदमले नेपालमा क्रियाशील कलाकार तथा सर्जकहरूको मनोबल बढाउने विश्वास गरिएको छ। अमेरिका बसेर पनि उनले निरन्तर रूपमा नेपाली समाज, संस्कृति र प्रतिभाको पहिचानलाई अन्तर्राष्ट्रिय स्तरमा उजागर गर्ने कार्य गर्दै आएका छन्।
अन्जु गौतम, पूर्व नेपालकी लोकप्रिय र लोकशैलीमा सिद्धहस्त गायिका हुन्। उनको स्वरमा मौलिकता, लोकसंवेदना र सामाजिक सन्देशको मिश्रण पाइन्छ, जुन गुणलाई सम्मान गर्दै थापाले प्रोत्साहन गरेका हुन्।
समाजसेवी थापा विगत लामो समयदेखि अमेरिकामा रहेर पनि नेपालमा शिक्षा, स्वास्थ्य, कला र विपद् व्यवस्थापनका क्षेत्रमा उल्लेखनीय योगदान दिँदै आइरहेका छन्। यसरी विदेशबाट मातृभूमिको सेवामा समर्पित व्यक्तित्वले दिएको यस्तो सम्मानले अन्य प्रवासी नेपालीलाई पनि देशप्रति उत्तरदायी बन्न प्रेरणा दिनेछ।