न्यूयोर्क, जुन २१ — गैरआवासीय नेपाली संघ, अमेरिका (NRNA USA) को आयोजनामा आज दिउँसो ३ बजे न्यूयोर्कको एल्महर्स्टस्थित सत्यनारायण मन्दिर (75-15 Woodside Avenue, Elmhurst, NY) मा भव्य अन्तरक्रियात्मक कार्यक्रम हुँदैछ।

“You All Are Invited To: Meet & Greet, Recognize, Speak Up” भन्ने नारासहित आयोजना गरिएको यो कार्यक्रममा हालै निर्वाचित एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद (ICC) का अमेरिकी क्षेत्रका नेताहरूको औपचारिक सम्मान तथा सम्वाद हुनेछ।
कार्यक्रममा एनआरएनए अध्यक्ष महेश श्रेष्ठ, सह-कोषाध्यक्ष तथा प्रभावशाली युवा नेता कृष्ण पोखरेल, र एनआरएनएमा सुधार अभियानका सशक्त आवाज सुर्य लम्साल विशेष सहभागीका रूपमा रहने जनाइएको छ।
सह-कोषाध्यक्ष पोखरेलले सामाजिक सञ्जालमार्फत सबैप्रति हार्दिक निमन्त्रणा जनाउँदै लेखेका छन्:
“यहाँहरूको गरिमामय उपस्थितिको लागि हार्दिक अनुरोध ! See you soon.”
कार्यक्रमका प्रमुख एजेन्डाहरू:
- अमेरिकाबाट नव निर्वाचित एनआरएनए पदाधिकारीहरूको सम्मान
- एनआरएन नागरिकताको वर्तमान स्थिति
- एनआरएनएमा महिला नेतृत्वको भूमिका
- युवा पुस्ताको आवाज
- नेपालबाट प्राप्त एनआरएन लगानी अनुभव
- एनआरएन र नेपाल सरकारबीचको सहकार्य
- एनआरएनए: भविष्यतर्फको दृष्टिकोण
कार्यक्रम सुरु हुने समय: आज (शनिबार) दिउँसो ३:०० बजे (Eastern Time)
स्थान: सत्यनारायण मन्दिर, 75-15 Woodside Ave, Elmhurst, NY 11373
अमेरिकामा रहेका सम्पूर्ण नेपाली समुदायका लागि यो कार्यक्रम एनआरएनएप्रति समझदारी बढाउने, सुधार र पुनर्कल्पनाका विषयमा खुला संवाद गर्ने महत्वपूर्ण अवसर हो।