तोचिगी, जापान — नेपाली भाषा, कला, संस्कृति, भेषभूषा, रितीरिवाज र पहिचानको गौरवपूर्ण प्रस्तुति लाई जापानको तोचिगी प्रिफेक्चरमा पहिलोपटक “ऐतिहासिक नेपाली फेस्टिबल २०२५” आयोजना हुने भएको छ। २१ जुन २०२५, शनिबारका दिन, तोचिगीको Lightcube Utsunomiya परिसर साक्षी बन्नेछ एउटा यति ठूलो उत्सवको, जुनले जापानमा बसेका लाखौं नेपालीहरूको आत्मा झंकारिने विस्वास हामीले गरेकाछौं।
“रितिरिवाज, संस्कृति,एकता र भाईचारा सहितको प्रबासमा हाम्रो संम्बन्ध भन्ने मूल नारासहित गैरआवासीय नेपाली संघ (NRNA) तोचिगी क्षेत्रको संयोजनमा हुन गइरहेको यो महोत्सवले बिदेशी भूमिमा हामी नेपालीहरू एकजुट हुनुपर्छ भन्ने सामुहिक भावनालाई एउटा अभूतपूर्व ऊचाइमा पुर्याउने अपेक्षा आयोजक समितीले राखेको छ।
एक महोत्सव, हजारौं भावना
कार्यक्रम बिहान १० बजे सुरु भई साँझ ७ बजेसम्म निरन्तर चल्नेछ। महोत्सवमा नेपाली परम्परागत नाच-गान, विविध सांस्कृतिक कार्यक्रमहरू, महिलाहरूका आकर्षक प्रस्तुति, युवाहरूको ऊर्जा र ज्येष्ठ नागरिकहरूको अनुभवले यो फेस्टिबललाई साँस्कृतिक गंगाजमुना बनाउनेछ।
त्यसैगरी, नेपाली परिकारहरू पानीपूरी, चटपटे,समौसा,सेकुवा र चाऊमीन सम्म — सम्पूर्ण जापानी भूमिमा नेपाली स्वादको सुगन्ध फैलिनेछ। जापानी समुदायलाई समेत यो महोत्सवले “नेपाल कस्तो छ?” भन्ने प्रश्नको जीवित उत्तर दिनेछ।
सांस्कृतिक कूटनीति मार्फत पहिचानको सन्देश
महोत्सव सिर्जनशील कूटनीतिक पहल पनि हो। जापानी नागरिकहरूसँगको सांस्कृतिक आदानप्रदान, नेपाली भाषाको महत्त्व, भेषभूषाको अभिव्यक्ति, र समुदायको सहकार्य — यी सबै मार्फत नेपालीहरू आफ्नो पछिल्ला पुष्ताहरुमा गुम्दै गएको हाम्रो रितीरिवाज, परम्परा र पहिचान लाई पुन: जाग्रीत गर्ने यात्रामा अग्रसर हुँदै
“यो महोत्सव केवल रमाइलो कार्यक्रम मात्र होइन, यो प्रवासी भूमिमा नेपाली आत्माको पुनर्जागरण हो।” आयोजकहरूको स्पष्ट भनाइ र उदेश्य यही हो।
सहकार्य र सद्भावको प्रतीक
फेस्टिबललाई सफल बनाउन Event Partner को रुपमा SBI Remit र Everest Co-operation Ltd ले महत्वपूर्ण साथ दिएका छन्। यो नेपाली समुदायप्रतिको उनीहरूको सद्भावना र समर्थनको स्पष्ट प्रमाण हो।
ओम गुरुङको अग्रणी भूमिका: एकताको सूत्रधार
एनआरएनए तोचिगी क्षेत्रका उपसंयोजक ओम गुरुङ यस ऐतिहासिक क्षणका सूत्रधार बनेका छन्। सामाजिक सञ्जालमार्फत उनले सम्पूर्ण जापानभरिका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई हार्दिक आमन्त्रण गर्दै भनेका छन्:
“अब एक आपसी सहकार्य र भाइचारा बनाउने बेला हो। हामी प्रवासी भूमिमा भए पनि हाम्रो संस्कृति, भाषा र भेषभूषा गुमाउनु हुँदैन। यो हाम्रो पहिचान हो, हाम्रो गौरव हो।”
उनको यो उद्घोष केवल एउटा अभिव्यक्ति मात्र होइन — यो त हजारौं नेपालीको हृदयस्पर्शी पुकार हो।
विश्वभर नेपाली एकताको उदाहरण
यो महोत्सव केवल तोचिगीमा सीमित छैन। यसले जापानभरिका नेपालीहरूलाई एकसाथ ल्याउनेछ। टोकियो, ओसाका, चिबा, नारा, नागोया, सेन्दाइ लगायत सम्पूर्ण क्षेत्रबाट नेपालीहरू परिवारसहित तोचिगी पुग्ने तयारीमा छन्।
यो पनि विशेष छ कि महोत्सवले नेपाल सरकार तथा जापान सरकारको सम्बन्धमा समेत सकारात्मक ऊर्जा थप्नेछ। भविष्यमा “नेपाली महोत्सव–जापान टुरिज्म एक्सचेञ्ज” को रूप लिने सम्भावनासमेत देखिएको छ।
सांस्कृतिक क्रान्तिको शुरुवात
नेपाली फेस्टिबल तोचिगी २०२५ कुनै सामान्य महोत्सव होइन — यो सांस्कृतिक क्रान्तिको पहिलो कदम हो। आजदेखि यो उत्सव हरेक वर्ष तोचिगीको गौरवपूर्ण परम्परा बन्नेछ। बालबालिकालाई आफ्नो भाषा र संस्कृतिप्रति अभिमान जगाउने, युवालाई नेतृत्वको अवसर दिने, महिलालाई सशक्त पार्ने र ज्येष्ठ नागरिकको अनुभवलाई सम्मान गर्ने बहुआयामिक मञ्च यही हो।
हामी पनि जान्छौं! तपाईं पनि आउनुहोस्
सन्देश स्पष्ट छ —
“आउनोस्, हामी सबै मिलेर जापानको माटोमा नेपाली आत्माको उत्सव मनाऔं। संस्कृति जोगाऔं, एकता बढाऔं, पहिचान बचाऔं।”
२१ जुन २०२५ —
स्थान: Lightcube Utsunomiya, Tochigi, Japan
समय: १०:०० बिहान — ७:०० साँझ
संपर्क: NRNA Tochigi Chapter
अन्तिम कुरा — यो फेस्टिबल छुटाउनुभयो भने, तपाईंले इतिहास छुटाउनुहुन्छ
प्रकाशित मिति: १ घण्टा अगाडी