काठमाडौं ।
हेमराज थापाको फेसबुक बाट सभार-
बिकट बाजुरामा जन्मेर काठमाडौं आइपुगेको छु,
तिमिहरु मेरो बारेमा अनुसन्धान गरिरहेका छौ।
मेरो आमाबुवाको बारेमा खोजिरहेका छौ।
७७ जिल्लाका अदालत र प्रहरी कार्यालयमा बुझिरहेका छौ।
युद्ध लडेको छापामार हो कि हैन त्यो बुझिरहेका छौ।
आतंककारी हो कि हैन त्यो बुझिरहेका छौ।
काठमाडौंमा कसरी बाँचेको छ?
आम्दानी के हो?
कसरी टिकेको छ?
विदेशी दलाल हो कि हैन?
यसको पैसा कसरी आउँछ — त्यो सबै बुझिरहेका छौ।
सुदूरपश्चिम विश्वविद्यालयदेखि त्रिभुवन विश्वविद्यालय कीर्तिपुरसम्म बुझ्न सक्छौ।
काठमाडौं प्रशासनदेखि अदालत, प्रहरी परिसरसम्म बुझ्न सक्छौ।
म गर्व गर्छु —
म एक समाजको सबैभन्दा गरिब जिल्ला र बस्तीबाट उठेर काठमाडौं पुगेको छु,
र तिमिहरुको निद हराम पारिदिएको छु।
मलाई गर्व छ १७ औँ वर्ष भारतमा चौकिदारी र मजदुरी गरेर
मलाई शिक्षा दिने मेरा बा–आमा प्रति।
मलाई गर्व छ ती करोडौँ भुइँमान्छेहरूमा,
जो मेरो जस्तै जिन्दगी बाँचिरहेका छन्, हुर्किरहेका छन्,
र मलाई माया गरिरहेका छन्।
म यति खुशी र आनन्दले निदाउँछु कि —
कम्तिमा तिमिहरु मेरो बारेमा अनुसन्धान गरिरहेका छौ।
तिमिहरुको दिमागमा र दिलमा म एक डर बनेर बसिरहेको छु।
तिमिहरु मेरो अगाडि आँखामा आँखा जुधाएर
उभिन र बोल्न सक्दैनौ,
र पो गाली गलौज गर्छौ।
यो शब्द म दोहोर्याएर भन्छु —
म तिमिहरुको दिमागमा छु,
दिलमा छु,
र म तिमिहरुका लागि डर हुँ।
मसँग कञ्चन पवित्र रगत छ,
अभूतपूर्व आत्मविश्वास छ।
मसँग मैले दुखले कमाएका सर्टिफिकेटहरू छन्,
र मसँग राज्यको हथकडी, हिरासत र ह्यारेस्मेन्टसँग लड्दै आर्जेका भुइँमान्छेहरू छन्।
गुमाउनलाई केही छैन — छँदै त छैन।
मैले तिमिहरुको मनमा, दिलमा र दिमागमा डर पैदा गर्न
मेरो यौवन खर्चेको छु।
सडकमा रगत बगाएको छु,
हिरासत भित्र बसेको छु,
यौवनजन्य रहरलाई मारेको छु।
विद्यार्थी कालमा मसँग पढाइमा कम्पिटिसन गर्न नसकेका,
र विद्यार्थी आन्दोलनमा लुते भएका —
मेरो छेउ टुप्पोसम्म पनि पुग्न नसकेकाहरू अहिले
कुण्ठित भावनाले गाली गरिरहेका छौ।
फुल छात्रवृत्ति पाएको हेमराजलाई सम्झिँदा रिस उठ्छ होला है?
My clear bag भित्र कोचेका सर्टिफिकेट हेर त,
हेमराजको भन्दा धेरै कम अंक प्राप्त गरेका
कागजी खोस्टाहरू छन् तिमिहरुका।
आफ्नै सर्टिफिकेटहरू हेरेर तिमिहरु आफैंसँग लाज लाग्छ होला है?
क्याम्पस जिन्दगीमा मसँग कम्पिटिसन हैन,
तिमिहरु मेरो अगाडि उभिएर
सिधा आँखाले हेर्न समेत सक्दैनथ्यौ।
म फेरि पनि भन्दै छु —
मसँग गुमाउनलाई केही छैन,
मसँग कञ्चन र पवित्र रगत छ,
जुन मैले पटक–पटक बगाइसकेको छु,
र मेरो वर्गका मान्छेका निम्ति फेरि पनि बगाउन तयार छु।
बन्दुक बोकेको छापामार थिएँन,
अझ भनुँ — मैले त्यो अवसर पाइनँ।
तर कलम बोकेको क्रान्तिकारी म आफैं हुँ,
पढ्न र अर्थ्याउन थालेको विद्यार्थी जीवनदेखि नै।
आज पनि प्रयत्नशील छु,
र मेरो वर्गका मान्छेका निम्ति सधैं रहिरहने छु।
तपाईंहरुको दिलमा नभए पनि,
डरले नै सही — म दिमागमा चाहिँ छु।
यही नै मेरो सफलता हो।
अँ, साँच्चि शुभरात्री भन्नु अघि —
मेरो बारेमा अनुसन्धान गर्दै गर्नुस् है,
थेसिस लेख्न काम लाग्ला 😍
I love you all ❤️