नेपालका चर्चित परम्परागत उपचारविद् डा. प्रकाश भुजेलले आफ्नो जीवन सेवा र अनुभवबाट प्राप्त मानार्थ डाक्टरेटको कथा सुनाउँदै भने, “धेरैले सोध्छन्, औपचारिक शिक्षा बिना डाक्टरेट कसरी? मेरो डिग्री किताब पढेर होइन, सेवा गरेर प्राप्त भएको हो।”
उनले खुला आकाशमुनि गाउँको विद्यालय र परम्परागत गुरुहरूको संरक्षणमा जडीबुटी र प्राकृतिक उपचार सिकेर बिरामीहरूको पीडा सहने कला हासिल गरेका छन्। भारतस्थित प्रतिष्ठित Institute of Entrepreneurship and Management Studies (IEMS) ले उनको जीवनभरको योगदानलाई मूल्यांकन गरी अन्तर्राष्ट्रिय मान्यता प्राप्त मानार्थ डाक्टरेट प्रदान गरेको छ।
डा. भुजेलले आफ्नो यो डिग्रीलाई केवल प्रमाणपत्र नभई सेवा, संस्कृति र परम्पराको सम्मानको प्रतीक भन्दै यसलाई ठूलो जिम्मेवारीका साथ लिएको बताए। उनले भने, “शिक्षा केवल पाठ्यपुस्तकमा सीमित छैन, जीवनको अभ्यास र सेवा नै साँचो ज्ञान हो।”
उनको योगदानमा परम्परागत उपचार पद्धतिलाई जगेर्ना गर्नु, आर्थिक अभाव भएका बिरामीलाई निःशुल्क सेवा प्रदान गर्नु र सामाजिक चेतना फैलाउनु पर्दछ। यो सम्मानले गाउँदेखि शहरसम्म परम्परागत चिकित्सा क्षेत्रप्रति नयाँ उत्साह र विश्वास जगाएको छ।
डा. प्रकाश भुजेलको यो प्रेरणादायक यात्रा नेपाली समुदायका लागि गर्वको विषय बनेको छ।