काठमाडौं, साउन ७ —राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्र नेतृत्वका दुई धारबीच शक्ति संघर्ष जारी रहँदा पनि केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनको प्रभाव र विश्वासीय नेतृत्वमा युवा पुस्ताको आकर्षण दिन–प्रतिदिन बढ्दो छ। यसको पछिल्लो उदाहरण बनेका छन् युवा नेता प्रकाश सिंह ठकुरी, जसको नेतृत्वमा सयौं युवाहरूले राप्रपामा औपचारिक प्रवेश गरेका छन्।

शुक्रबार काठमाडौंस्थित पार्टी कार्यालयमा आयोजित कार्यक्रममा अध्यक्ष लिङ्देन स्वयंको उपस्थितिमा नयाँ जोश, उमङ्ग र राष्ट्रप्रेम बोकेका युवाहरूलाई भव्य स्वागत गरिएको थियो।
बाआमा पुस्ताले बिगारेको देश, अब हामी बनाउँछौं – प्रकाश सिंह ठकुरी
प्रवेश कार्यक्रममा बोल्दै प्रकाश सिंह ठकुरीले भने,
“यो देशलाई बाआमा पुस्ताले बिगार्यो। अब हाम्रो पुस्ताले बनाउनु पर्छ। हामीसँग इच्छाशक्ति छ, दृष्टिकोण छ, र देशप्रेमको भावना छ।”
उहाँले यो संघर्ष सत्ता होइन, सच्चा नेतृत्वको हो भन्ने सन्देश दिए।
को हुन् प्रकाश सिंह ठकुरी?
प्रकाश सिंह ठकुरी हाल राप्रपाका उदाउँदा युवानेता हुन्, जसले छोटो समयमै युवा वर्ग, विद्यार्थी, सामाजिक अभियन्ता, र प्रवासी नेपाली समुदायभित्र समेत गहिरो प्रभाव छोडेका छन्। उनी देशप्रेम, अनुशासन, र परिवर्तनमा विश्वास गर्ने नेतृत्वकर्ताका रूपमा परिचित छन्।
उनको विचारमा, राप्रपाले अब नयाँ पुस्तालाई नेतृत्वमा ल्याउँदै राष्ट्रिय स्वाभिमान, संवैधानिक राजतन्त्र, धार्मिक स्वतन्त्रता जस्ता एजेण्डालाई सशक्त रूपमा अघि बढाउनु पर्छ।
राजेन्द्र लिङ्देनको अभिव्यक्ति: “युवाहरूबाट आशा छ”
कार्यक्रममा अध्यक्ष राजेन्द्र लिङ्देनले स्वागत मन्तव्य दिँदै भने,
“देश बदल्न नेतृत्व बदल्नु पर्छ, र नेतृत्व बदल्न नयाँ पुस्ता आउनु अत्यावश्यक छ। प्रकाशजस्ता निष्ठावान युवाहरूको सहभागिता राप्रपाको भविष्य उज्यालो बनाउनेछ।”
उहाँले प्रविष्ट भएका सम्पूर्ण युवालाई राप्रपाको परिवर्तन यात्रामा समर्पित भएर लाग्न आग्रह गर्नुभयो।
नयाँ राप्रपाको सन्देश: युवा, राष्ट्र, नेतृत्व
यस ऐतिहासिक सहभागिताले एकपटक फेरि पुष्टि गरेको छ कि राप्रपा अब पुराना नाराबाट अघि बढेर, नयाँ पुस्ताका सम्भावनालाई अँगाल्दै, एक सशक्त वैकल्पिक शक्ति बन्ने दिशामा छ।राप्रपा अब युवाको राप्रपा, देश बनाउने पुस्ताको राप्रपा, र गर्व गर्ने नेतृत्वको राप्रपा हो भन्ने सन्देश कार्यक्रमले दिन सफल भयो।