रियाद, साउदी अरब – समाजसेवी तथा व्यवसायी यम तमुको अगुवाइमा साउदी अरबको राजधानी रियादमा ‘लालीगुराँस रेस्टुरेन्ट’ को नयाँ शाखा यहि आउँदो २४ जुलाई २०२५, बिहीबार देखी संचालनमा आउने भएको छ।

रियादको 2th Industrial Area / New Sanayyah, Nesto Market नजिकै सञ्चालनमा आउने उक्त शाखाले प्रवासमा रहेका नेपालीहरूलाई आफ्नै देशको स्वाद र आतिथ्य अनुभव गराउने लक्ष्य राखेको छ।

यस रेस्टुरेन्टको उद्घाटन अवसरमा रियाद तथा आसपासका क्षेत्रहरूमा बसोबास गर्ने सम्पूर्ण नेपाली आमा–बुबा, दाजु–भाइ, दिदी–बहिनी, व्यवसायी, सामाजिक संघ–संस्था तथा भातृ संगठनका प्रतिनिधिहरू, पत्रकार साथीहरू लगायत सम्पूर्ण नेपाली समुदायलाई २४ जुलाई का दिन उक्त स्थानमा उपस्थित भई रेस्टुरेन्टको उद्घाटन समारोहमा सहभागी हुन हार्दिक निमन्त्रणा गरिएको छ।

नेपाली परिकारको स्वाद, शुद्धता र पारिवारिक वातावरणलाई मध्यनजर गर्दै खोलिएको यो शाखाले रियादमा नेपाली खानाका पारखीहरूका लागि एक नयाँ गन्तव्य हुने विश्वास गरिएको छ।

समाजसेवी यम तमुले यसअघि पनि विभिन्न सामाजिक कार्यहरू मार्फत नेपाली समुदायमा उल्लेखनीय योगदान दिँदै आएका छन्। रेस्टुरेन्टमार्फत रोजगारी सिर्जना र नेपाली संस्कृतिको प्रचारमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ।

कार्यक्रम विवरण:
📅 मिति: बिहीबार, २४ जुलाई २०२५
📍 स्थान: 2th Industrial Area / New Sanayyah, Nesto Market नजिकै, रियाद
सम्पर्कका लागि:
👉 यम तमु (समाजसेवी तथा सञ्चालक)
मोबाइल नम्बर = +966 56 452 1948