काठमाडौं, कात्तिक १३ – अमेरिका निवासी युवा व्यवसायी तथा समाजसेवी प्रिन्स युवराज कार्कीले हाल प्रदर्शनरत नेपाली फिल्म ‘जेरी अन टप’को प्रशंसा गरेका छन्।
क्यालिफोर्नियामा रेस्टुरेन्ट, रियल स्टेट, आइटि लगायत बिभिन्न व्यवसाय सञ्चालन गर्दै आएका कार्कीले सामाजिक सञ्जालमार्फत फिल्मबारे आफ्नो धारणा सार्वजनिक गर्दै लेखेका छन्,“ज्यादै राम्रो मेकिङमा बनेको एक उत्कृष्ट फिल्म, बबाल लाग्यो। सम्भवत अनमोल केसीले अभिनय गरेको यो नै सबैभन्दा राम्रो फिल्म हो।”
उनका अनुसार, अनमोल केसी, जसिता गुरुङ र आचल शर्माको त्रिकोणात्मक प्रेमकथाले दर्शकलाई भावनात्मक रूपमा बाँध्ने काम गरेको छ। साथै, फिल्मका अन्य कलाकारहरू भुवन केसी, माग्ने बुढा, उषा खड्गी र निर्मल शर्माको अभिनय पनि प्रभावकारी रहेको उनको टिप्पणी छ।
कार्कीले फिल्मका निर्देशक सुयोग गुरुङले साधारण कथालाई असाधारण ढंगले प्रस्तुत गरेको भन्दै उनको निर्देशकिय कौशलको प्रशंसा गरेका छन्। उनले लेखेका छन्,—“नेपालमा पनि यस्तो स्तरको मेकिङमा फिल्म बन्नु गर्वको कुरा हो। दर्शकहरूले नजिकको हलमा गएर यो फिल्म हेरेर साथ दिनुपर्छ।”
उनले अन्त्यमा ‘जेरी अन टप’लाई “उत्कृष्ट र अत्यन्तै सिफारिसयोग्य फिल्म” भन्दै सम्पूर्ण टिमलाई शुभकामना दिएका छन्।