सान फ्रान्सिस्को (अमेरिका), अक्टोबर २५, २०२५:
लोकप्रिय गायक दुर्गेश थापाको “Durgesh Thapa Live in Concert” कार्यक्रमप्रति अमेरिकाको बे एरियामा अभूतपूर्व उत्साह देखिएको छ। आयोजकहरूले जनाए अनुसार, पहिलो चरण (Wave-1) का टिकटहरू लगभग बिक्री सकिन लागेको र अब Wave-2 टिकटहरू सार्वजनिक गर्न तयारी भइरहेको छ।

कार्यक्रम आगामी नोभेम्बर १४, बिहीबार, Roccapulco Venue (3140 Mission St, San Francisco, CA) मा आयोजना हुँदैछ। यो कार्यक्रम २१ वर्षमाथिका दर्शकहरूका लागि मात्र (Venue Policy अनुसार) हुनेछ।
टिकट लिंक: thingsnepali.com/event/durgesh-live-in-bay-area
मुख्य जानकारीहरू
- पहिलो चरणका टिकटहरू (Wave-1) छिट्टै सकिँदै — अहिलेको मूल्यमा किन्न अन्तिम मौका
- दोस्रो चरणका टिकट (Wave-2) चाँडै सुरु हुँदै
- Wave-2 का फिजिकल टिकटहरू पनि छिट्टै स्थानीय स्टोर र रेस्टुरेन्टहरूमा उपलब्ध गराइने — स्थानहरू पछि घोषणा गरिनेछ
आयोजक Pandey Realty र Project Entertainment का अनुसार, यस कार्यक्रममा उच्चस्तरीय सुरक्षा, ध्वनि, प्रकाश र उत्पादन व्यवस्थामा कुनै सम्झौता नहुने बताइएको छ।
विशेष रूपमा, कार्यक्रम २१ वर्षमाथिका लागि मात्र भएकाले, सबै उमेरका दर्शकहरू सहभागी हुन सक्ने “Meet & Greet / Felicitation Program” पनि आयोजना गर्ने तयारी भइरहेको छ, जसको विवरण चाँडै सार्वजनिक गरिनेछ।
दुर्गेश थापाको यो कन्सर्ट बे एरियामा अविस्मरणीय रात बनाउने अपेक्षा गरिएको छ। टिकटहरू तीव्र गतिमा बिक्री भइरहेका छन् — छिट्टै आफ्नो स्थान सुरक्षित गर्न आयोजकहरूले सबैलाई आग्रह गरेका छन्।
आयोजक: Pandey Realty | Project Entertainment