टेक्सस, अमेरिका – ग्रेटर अष्टिन नेपाली सोसाइटी (GANS) को मन्दिर विस्तार तथा पूर्वाधार निर्माणका लागि जारी आर्थिक संकलन अभियानमा पवन र दिक्ष्या पौडेल परिवारले प्रतिज्ञा गरिएको $3,405.00 रकम पूर्णरूपमा बुझाएर योगदान पूरा गरेका छन्।
समितिले सामाजिक सञ्जालमार्फत पौडेल परिवारलाई धन्यवाद दिंदै लेखेको छ —“Congratulations and thank you respected Pawan and Dikshya Paudel Family for completion of your promised donation amount of $3,405.00”
यो योगदानले मन्दिरको आगामी विकास योजनाहरूलाई थप ऊर्जा प्रदान गरेको समितिले जनाएको छ।
ग्यान्सको आर्थिक संकलन अभियान
गत वर्ष मन्दिरको सफल उद्घाटन समारोह सम्पन्न गरेपछि समितिले अब मन्दिर परिसरमा मोबाइल होम खरिद, कैलाश पर्वतको प्रतिमा निर्माण, पाटी र भब्य गेट निर्माण, बुद्ध गुम्बा निर्माण, साथै छेउको जग्गा खरिद गरी पार्किङ विस्तारजस्ता योजनाहरू अघि सारेको छ।
ग्यान्सले भनेको छ —
“आर्थिक मात्र होइन, सबैको सक्रिय सहभागिता र सुझाव नै हाम्रो बल हो। यही सहभागिताले ग्यान्सलाई आजको उपलब्धिसम्म पुर्याएको छ।”
सेप्टेम्बर ४ को विशेष समयसीमा
समितिले स्मरण गराएको छ कि सेप्टेम्बर ४, २०२५ सम्म $3,400 सहयोग गर्ने जो कोही पनि ‘संस्थापक ट्रस्टी’ बन्न सक्नेछन्।
यो अवसर उक्त मितिपछि स्थायी रूपमा समाप्त हुने भएकाले समितिले सबैलाई यो पुण्य कार्यमा सहभागी हुन आग्रह गरेको छ।
त्यसपछि लागू हुने नयाँ विधानअनुसारका वर्गहरू यसप्रकार छन् —
• संस्थापक ट्रस्टी: न्यूनतम $3,400 (सेप्टेम्बर ४, २०२५ सम्म मात्र)
• सिल्भर ट्रस्टी: न्यूनतम $5,000
• गोल्डन ट्रस्टी: न्यूनतम $10,000
• प्लाटिनम ट्रस्टी: न्यूनतम $25,000
• डायमण्ड ट्रस्टी: न्यूनतम $50,000
• वाल अफ अनर ट्रस्टी: न्यूनतम $100,000
सहयोग गर्न इच्छुक व्यक्तिहरूले Zelle मार्फत greateraustinnepalisociety@gmail.com मा रकम पठाउन सक्ने व्यवस्था गरिएको छ! अन्त्यमा समितिले सबै दाताप्रति आभार व्यक्त गर्दै भनेको छ —
“पशुपतिनाथले सबैको कल्याण गरून्।”
– ग्यान्स सञ्चालक समिति, ग्रेटर अष्टिन नेपाली सोसाइटी (GANS)