काठमाडौँ, भदौ ३२ – अमेरिका निवासी नेपाली युवा व्यवसायी तथा समाजसेवी प्रिन्स युवराज कार्कीले सामाजिक सञ्जालमार्फत वर्तमान राजनीतिक संरचना र भ्रष्टाचारविरुद्ध तीव्र आक्रोश व्यक्त गर्दै, GenZ आन्दोलन मार्फत उठाइएका मागहरूलाई संविधान संशोधनमार्फत तुरुन्त कार्यान्वयन गर्न सरकारसामु माग गरेका छन्।
कार्कीले लेखेका छन्,“तल उल्लेखित जेनजी का आवाज लाइ बेलै मा सुनियोस, नयाँ पुस्ता लाइ चानचुने नसोचौ है”,भन्दै १३ बुँदे मागपत्र प्रस्तुत गरेका छन् जसमा राजनीतिक प्रणालीको आमूल परिवर्तनदेखि भ्रष्टाचार नियन्त्रणका कठोर उपायहरू समेटिएका छन्।
उनले अघि सारेका प्रमुख मागहरूमा:
• प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्था,
• प्रदेशको खारेजी,
• भ्रष्टाचारीलाई निर्मम सजाय र सम्पत्ति राष्ट्रियकरण,
• ५०० र १००० को नोट तुरुन्त बन्द,
• समानुपातिक कोटाको पूर्ण खारेजी,
• प्रधानमन्त्री र सांसद बन्ने शैक्षिक योग्यता निर्धारण,
• बलात्कार र देशद्रोह प्रमाणित भएमा तुरुन्त फाँसीको व्यवस्था
जस्ता बुँदाहरू समावेश छन्।कार्कीले थप लेखेका छन्,
“यति गरेर आउने चुनावमा जाने हो भने देशले पाँच वर्षमै काँचुली फेर्छ। तर अहिलेको संविधान अक्षरसः पालना गर्दै चुनावमा जाने हो भने भ्रष्टाचार र पार्टीका झोलेहरूको संख्या बढ्नेछ र देश झन् विघटित हुँदै जान्छ। अन्ततः देश वृृद्धाश्रममा परिणत हुनेछ।”
उनको यो स्टाटस सामाजिक सञ्जालमा भाइरल बन्दै गएको छ, विशेषतः नयाँ पुस्ता — GenZ — बीचमा गहिरो समर्पण र विद्रोही चेतनाको आवाजको रूपमा लिइएको छ।
राजनीतिक स्थायित्व, सुशासन र जनउत्तरदायीत्वको माग गर्दै नेपालभित्र र प्रवासमा रहेका युवाहरूको चुलिंदो आक्रोशका प्रतिनिधि बनेका कार्कीले नयाँ पुस्ताको आवाज “अब चुप लाग्ने होइन, परिवर्तनको नेतृत्व गर्ने समय आएको” संकेत दिएका छन्।