शक्तिशाली युवा व्यवसायी, समाजसेवी तथा अमेरिका निवासी सर्लाहीका प्रिन्स युवराज कार्कीले नेपाली कांग्रेस नेतृत्वप्रति कडा आलोचना गरेका छन्।
सभापतिमाथि भएको कुटपिट र दुर्व्यवहारमा खेद व्यक्त गर्ने काँग्रेस नेतृत्वले घरमै भेटिएको अकुत सम्पत्तिबारे एक शब्द समेत नबोल्नु विडम्बना भएको उनको भनाइ छ। कार्कीले सामाजिक सञ्जालमार्फत लेख्दै भने:
🔹 “खेद त प्रकट गर्यो, आलोचना पनि गर्यो तर अकुत कालो धनबारे मौन रहनु काँग्रेस सुधारिने संकेत होइन। ‘बिनाश काले विपरीत बुद्धि’ यही हो।”
उनी भन्छन्, काँग्रेसका पुराना नेता–कार्यकर्ताले बीपी कोइराला, गणेशमान सिंह र किशुनजीको सिद्धान्त छोडेर प्रचण्डकै लाइन पछ्याउँदा आज यस्तो हालतमा पुगेका हुन्।
कार्कीले जनाउँदै भने:
🔹 “यदि नेतृत्वले गल्ती गर्यो भने आवाज उठाउनुपर्छ। तर, नेता को दास भएर सहिरहँदा पार्टी पनि, नेतृत्व पनि दुबै सकिन्छ।”
युवा पुस्ताप्रति आशावादी देखिएका उनले Gen Z पुस्तालाई बधाई दिंदै भने:
🔹 “एक पुस्ताले २–३ पुस्ताका लागि बाटो खोलिदिएको छ। अब गगन थापा र विश्वप्रकाश शर्माले शेरबहादुरलाई पदच्युत गरेर काँग्रेसलाई हाक्ने हिम्मत गर्नुपर्छ। त्यस्तै एमाले–माओवादीमा पनि दोस्रो पुस्ताले प्रचण्ड र ओलीलाई पदच्युत गर्न जरुरी छ। नत्र केही समयपछि यी पार्टीहरूमा Gen Z ले कब्जा गर्ने अवस्था आउन सक्छ।”