दक्षिण कोरिया । राप्ती समाज दक्षिण कोरियाको ७औं अधिवेशन २०२५ सेप्टेम्बर ७ तारिख, आइतवारका दिन सम्पन्न भएको छ । अधिवेशनले आगामी २०२५–२०२७ कार्यकालका लागि अध्यक्षमा किशन ओलीलाई सर्वसम्मत निर्वाचित गरेको छ ।
एनआरएनए नेता एवम् समाजसेवी एवं NCC अध्यक्ष हरि प्रसाद खनाल को प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो। हरी प्रसाद खनालले सामाजिक सञ्जालमार्फत नवनिर्वाचित अध्यक्ष किशन ओलीसहित सम्पूर्ण नयाँ कार्यसमितिलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् । साथै, छैटौं कार्यकालमा उदाहरणीय काम गर्दै पदावधि सम्पन्न गरेका तत्कालीन अध्यक्ष अमृत के.सी. सहितको कार्यसमितिलाई पनि उनले धन्यवाद ज्ञापन गरेका छन् ।
नवनिर्वाचित कार्यसमिति (२०२५–२०२७)
- अध्यक्ष : किशन ओली
- वरिष्ठ उपाध्यक्ष : डि.बी. मगर
- उपाध्यक्षहरू : गोकर्ण रेग्मी, रामेश्वर बुढामगर, वर्षा भण्डारी
- महासचिव : अर्जुन के.सी
- सचिवहरू : देव के.सी, ओमप्रकाश पुनमगर
- कोषाध्यक्ष : प्रकाश चन्द्र घर्तीमगर
- सह–कोषाध्यक्ष : नरेश घर्तिमगर
- युवा संयोजक : गोपाल बुढा
- महिला संयोजक : करुणा रिजाल
सदस्यहरू
हुलाश के.सी, श्रीधर ढकाल, दिलबहादुर पुन, हर्क बहादुर बुढा, दिलबहादुर डाँगी, डिल्ली के.सी, भानुभक्त ओली, शिला के.सी, पुर्णिमा घर्तिमगर, निश्चल के.सी, राम प्रकाश के.सी, पिमलाल के.सी, गिर बहादुर बुढा
जिल्ला संयोजक
- प्यूठान : प्रकाश पोखरेल
- दाङ : सरद पाण्डे
- रोल्पा : युवराज घर्ती
नेता खनालले सामाजिक ऐक्यबद्धता, क्षेत्रीय एकता र प्रवासमा रहेका नेपालीको हितमा यो समितिले थप प्रभावकारी काम गर्ने विश्वास पनि व्यक्त गरेका छन् ।