काठमाडौं – अमेरिका स्थित रेस्टुरेन्ट व्यवसायमा संलग्न, साथै वरिष्ठ समाजसेवीका रूपमा चिनिएका लोकनाथ अधिकारीले नेपालमा गरिएको फेसबुक बन्दको निर्णयप्रति तीव्र असन्तोष व्यक्त गरेका छन्। सामाजिक सञ्जालमा लेखिएको उनको स्टाटस अहिले व्यापक चर्चामा छ।अधिकारीले आफ्ना शुभेच्छुकलाई जन्मदिनको अग्रिम शुभकामना दिँदै भनेका छन् –“फेसबुक बन्द भएपछि नखुल्दासम्म जो जसको जन्मदिन पर्छ, उहाँहरुलाई अहिल्यै शुभकामना।”
यससँगै उनले यो कदमलाई उत्तर कोरियाली शासक किम जोङ उनको शैलीसँग तुलना गर्दै कटाक्ष गरेका छन्। उनका शब्दमा –
“किम जोङ उनलाई झण्डै पछाडिबाट भेटेका नेताहरुले सोही शैली पछ्याउँदै गरेको निर्णय कति समय टिक्ला?”
🔹 “ठूलो कम्पनीसँग सहजीकरण गर्नुपर्नेमा उल्टो कदम”
अधिकारीले सामाजिक सञ्जाल बन्द गर्ने निर्णयले नेपाललाई अन्तर्राष्ट्रिय लगानीकर्तासँग दूरी बढाउने चेतावनी पनि दिएका छन्। उनले भने –
“ठूलो कम्पनीहरूसँग आफ्ना पहुँच पुर्याएर लगानीका लागि सहजीकरण गर्नुपर्नेमा ‘हा दौरा न सौराको खल्ती’ भनेझैँ गरेको निर्णय… न्यायो जस्तो भयो।”
🔹 जनदबाबले खुल्ने सम्भावना
उनले यस निर्णयलाई अस्थायी मात्रै ठहर गर्दै भनेका छन् –
“यदि जनदबाबले खोल्नुपर्यो भने के खोलेर मुख छोप्छन् होला?”
🔹 पृष्ठभूमि
नेपालमा हाल सरकारले फेसबुकसहितका सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेपछि राजनीतिक दल, नागरिक समाजदेखि प्रविधि जानकारसम्मको तीव्र विरोध सुरु भएको छ। यसैबीच, अमेरिका बसेर व्यवसाय सञ्चालन गर्दै आएका समाजसेवी लोकनाथ अधिकारीको टिप्पणीले पनि यो बहसलाई अन्तर्राष्ट्रिय नेपाली समुदायसम्म पु¥याएको छ।
लोकनाथ अधिकारीको भनाइमा, सामाजिक सञ्जाल बन्दले नेपाललाई संसारबाट काट्ने होइन, उल्टो अझै विश्वसँग जोड्ने उपाय खोजिनुपर्छ।