डलास (अमेरिका) । गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद्, अमेरिकाले आगामी सेप्टेम्बर १३, २०२५ मा बृहत् राष्ट्रिय भेला तथा कार्ययोजना सम्मेलन गर्ने भएको छ।
एनआरएनए अमेरिकाकी नेतृ सान्ति वाग्ले पौडेलले जानकारी गराएअनुसार सम्मेलन Hilton Garden Inn DFW Airport South, Irving, Texas मा दिउँसो १२:०० बजे (CST) सुरु हुनेछ।

उनका अनुसार यस ऐतिहासिक सम्मेलनमार्फत आगामी दुई वर्षका लागि साझा दृष्टिकोण निर्माण गर्ने, संस्थागत कार्यदिशा स्पष्ट पार्ने तथा समृद्ध, समावेशी र प्रभावकारी कार्ययोजना तय गर्ने लक्ष्य राखिएको छ।
सम्मेलनमा एनआरएनए अभियन्ता, वर्तमान तथा पूर्व पदाधिकारी, सञ्चारकर्मी र सदस्यहरूको गरिमामय उपस्थिति अपेक्षित गरिएको छ। पौडेलले सहभागीहरूको विचार, अनुभव र सुझावले संस्थागत अभियानलाई अझ सशक्त बनाउन मद्दत गर्ने विश्वास व्यक्त गरिन्।
📍 कार्यक्रम विवरण
- मिति: सेप्टेम्बर १३, २०२५
- समय: दिउँसो १२:०० बजे (CST)
- स्थान: Hilton Garden Inn DFW Airport South, 2001 Valley View Lane, Irving, TX 75061
🔗 होटल लोकेशन लिंक: Google Maps
📩 सम्पर्क:
- इमेल: info@nrnanccusa.org
- वेबसाइट: www.nrnanccusa.org
एनआरएनए अमेरिकाले यस सम्मेलनलाई प्रवासी नेपालीहरूको साझा भविष्य र हितका लागि महत्वपूर्ण मिलनबिन्दु हुने विश्वास लिएको छ।