काठमाडौं । नेपाल पर्वतारोहण संघ (NMA) को आगामी निर्वाचन २३ अगस्ट २०२५ (भदौ ७, २०८२) मा हुने तय भएको छ । यस निर्वाचनलाई लक्षित गर्दै संघको सशक्त नेतृत्व र दिगो पर्वतीय पर्यटन विकासका लागि संघका सक्रिय सदस्य नमराज गौली ले कुलबहादुर गुरुङ नेतृत्वको टिमलाई समर्थन गर्ने घोषणा गरेका छन् ।

गौलीले सामाजिक सञ्जालमार्फत् अपिल गर्दै भनेका छन् —
“संकल्प समृद्धिको, साथ सबैको !!
आउनुहोस्, नेतृत्वमा नयाँ युग सुरु गरौं, हाम्रो हिमाल र पर्वतीय समुदायको उज्यालो भविष्य सुनिश्चित गरौं, र हिमालको गौरव, संस्कृति तथा पर्यटनको प्रगतिमा सक्रिय रूपमा सहभागी बनौं। हाम्रो एक मतले सशक्त, पारदर्शी र दिगो नेतृत्वको मार्ग खोल्नेछ।”
उनले आगामी निर्वाचनमा कुलबहादुर गुरुङको टिमलाई बहुमूल्य मत दिन आग्रह गर्दै पर्वतीय पर्यटनको दिगो विकासका लागि सबै पक्षसँग सहकार्य गर्नुपर्ने आवश्यकता औंल्याए ।
गौलीका अनुसार, दिगो पर्वतीय पर्यटन, पारदर्शी संघीय नेतृत्व र हिमालसँग जोडिएका समुदायको हित सुनिश्चित गर्नु अहिलेको मुख्य प्राथमिकता हुनुपर्नेछ ।