काठमाडौं — शैक्षिक परामर्श क्षेत्रमा स्थापित नाम बिग एजुकेशन कन्सल्टेन्सी आगामी भदौ १ गते (August 17, 2025) आफ्नै नयाँ बानेश्वर, काठमाडौंस्थित कार्यालयमा ‘बिग एजु फेयर २०२५’ आयोजना गर्ने भएको छ।
विशेषगरी कक्षा १२ उत्तीर्ण भई विदेश अध्ययनको तयारीमा रहेका विद्यार्थीलाई लक्षित गर्दै आयोजना गरिएको यो मेलामा आकर्षक अफर र विदेशमा अध्ययनका लागि विविध अवसरहरू प्रस्तुत गरिनेछ।
बिग एजुकेशनका संस्थापक तथा सीईओ सुरज केसीका अनुसार, मेलामा अष्ट्रेलिया, बेलायत, जापान, दक्षिण कोरिया, अमेरिका, जर्जिया र दुबईका प्रतिष्ठित शैक्षिक संस्थाका प्रतिनिधिहरू सहभागी हुनेछन्। उनले भने, “विदेश अध्ययन गर्न चाहने विद्यार्थीका लागि यो आफ्नो रोजाइका कलेज र विश्वविद्यालयबारे प्रत्यक्ष जानकारी पाउने सुनौलो अवसर हो।”
विद्यार्थीहरूले मेलामा सहभागी शैक्षिक संस्थाका प्रतिनिधि तथा विशेषज्ञ काउन्सिलरहरूसँग प्रत्यक्ष परामर्श गर्न सक्नेछन्, जसले अन्तर्वार्ता तथा विस्तृत मार्गदर्शन पाउने अवसर दिलाउनेछ।
सहभागी संस्थाहरूले तयारी कक्षा (Preparation Classes) मा विशेष छुट, छात्रवृत्ति तथा सहभागी विद्यार्थीका लागि पुरस्कारको व्यवस्था गर्नेछन्। बिहान १०:०० बजेबाट सुरु हुने मेलामा आकर्षक गिफ्ट ह्याम्पर सहितको ‘लकी ड्र’ पनि हुनेछ।
काठमाडौं मुख्यालयबाहेक बिग एजुकेशनका शाखा कार्यालयहरू दाङ, धनगढी, बुटवल, नुवाकोट, पोखरा र महेन्द्रनगरमा सञ्चालनमा छन्, जसले विदेशमा उच्च शिक्षा हासिल गर्न इच्छुक विद्यार्थीलाई पेशागत परामर्श सेवा प्रदान गर्दै आएका छन्।