गैर-आवासीय नेपाली संघ (NRNA) राष्ट्रिय समन्वय परिषद्, अमेरिकाको २०२५–२०२७ कार्यकाल नजिकिँदै गर्दा संस्था अझ सबल, पारदर्शी र एकताबद्ध बनाउन सक्षम महासचिबको आवश्यकता तीव्र रूपमा महसुस भएको छ। यही सन्दर्भमा मोहन न्यौपानेको नाम अहिले अमेरिकास्थित नेपाली समुदायमा चर्चाको केन्द्र बनेको छ।
NRNA NCC USA मा न्यौपाने नयाँ अनुहार होइनन्। ६ वर्षको सक्रिय नेतृत्व यात्रामा उनले च्याप्टर अध्यक्ष र दक्षिण क्षेत्रीय संयोजक (RCC) जस्ता महत्वपूर्ण जिम्मेवारी उच्च दक्षतासाथ पूरा गरेका छन्। संगठनात्मक क्षमतादेखि सामुदायिक प्रतिबद्धतासम्म, उनको भूमिकाले सधैं सकारात्मक उदाहरण पेश गरेको छ।
शैक्षिक पृष्ठभूमिमा पनि उनी विशेष छन्। नेपालमा त्रिभुवन विश्वविद्यालयबाट अंग्रेजी साहित्यमा एम.ए. र एम.फिल. गरेका न्यौपाने अहिले अमेरिकाको केनेसा स्टेट युनिभर्सिटीबाट सफ्टवेयर इन्जिनियरिङमा स्नातकोत्तर गर्दैछन्। वरिष्ठ आईटी इन्जिनियरका रूपमा कार्यरत उनी आफ्नो प्राविधिक ज्ञान र अनुभवलाई NRNA को सञ्चालनमा आधुनिकीकरण र पारदर्शिता ल्याउन प्रयोग गर्ने तयारीमा छन्।
सामाजिक सेवामा उनको योगदान उल्लेखनीय छ— राष्ट्रिय आविष्कार केन्द्रलाई $३०,००० सहयोग, क्यान्सर पीडित हिरा सेनका लागि आर्थिक सहयोग, अकाल मृत्यु भएका नेपाली परिवारलाई राहत, बाढी पीडितका लागि सहयोग सङ्कलन, र कोभिड महामारीमा सिनसिनाटीका घरघरमा पुगेर $५,००० बराबरको सामग्री वितरण। साथै, ओहायोका विद्यार्थी सहयोग अभियानदेखि रक्तदान कार्यक्रम र नेपाली दूतावाससँगको सहकार्यसम्म, उनको कामले अमेरिकाभरि प्रभाव छोडेको छ।
महासचिबका रूपमा न्यौपानेको योजना स्पष्ट छ—
- संस्थाको आन्तरिक सञ्चारलाई अझ प्रभावकारी बनाउने
- डिजिटल प्लेटफर्ममार्फत सदस्यता र कार्यक्रम व्यवस्थापनलाई आधुनिक र पारदर्शी बनाउने
- नीति निर्माणमा सबै सदस्यको सक्रिय सहभागिता सुनिश्चित गर्ने
- बेमेल र मतभेद समाधान गर्दै एकताको वातावरण निर्माण गर्ने
उनको प्राविधिक दक्षता, निष्पक्ष दृष्टिकोण, जुझारुपन र लगनशीलता NRNA NCC USA का लागि मूल्यवान सम्पत्ति मानिन्छ। चुनावी माहोलमा धेरैको धारणा छ— “मोहन न्यौपाने मात्र उपयुक्त उम्मेदवार होइनन्, संस्थाको बृहत्तर हित, एकता र पारदर्शिताका लागि निर्विकल्प विकल्प हुन्।”