काठमाडौं, साउन १२ — नेकपा एमालेका प्रभावशाली नेता तथा पूर्वमन्त्री महेश बस्नेतले भाटभटेनी सुपरमार्केटका संस्थापक एवं सम्मानित सञ्चालक मिनबहादुर गुरुङसँग विशेष भेटघाट गरेका छन्। भेटका क्रममा व्यवसायिक सफलताको प्रेरणादायी यात्रा, सामाजिक उत्तरदायित्व र पुँजी निर्माणका विषयमा गहन संवाद भएको जनाइएको छ।
नेता बस्नेतले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै लेखेका छन्, “नेपालको व्यवसायलाई सटरको युगबाट डिपार्टमेन्ट स्टोरको युगमा रूपान्तरण गर्ने अग्रणी भाटभोटेनी सुपरमार्केटका सम्मानित सञ्चालक, राष्ट्रिय पुँजी निर्माणमा महत्वपूर्ण योगदान पुर्याउँदै आफ्नो आम्दानीको निश्चित हिस्सा राज्य र समाज सेवामा समर्पित गर्नु हुने आदरणीय व्यक्तित्व मिनबहादुर गुरुङज्यूसँग भेटघाट गर्ने र बहुमूल्य अनुभव आदानप्रदान गर्ने अवसर प्राप्त भयो।”
उक्त भेटलाई नेता बस्नेतले “प्रेरणादायी र ज्ञानवर्धक” भन्दै मूल्याङ्कन गरेका छन्। उनले गुरुङज्यूको निजी व्यवसायलाई पारदर्शिता, निष्ठा र सामाजिक उत्तरदायित्वसहित अगाडि बढाउने शैलीबाट देशभरका उद्यमी तथा नवप्रवेशी व्यवसायीहरूले सिक्नुपर्ने बताए।
मिनबहादुर गुरुङ भाटभटेनी सुपरमार्केटमार्फत देशभर आधुनिक खुद्रा व्यापारको नयाँ युग शुरू गर्ने व्यवसायिक दृष्टान्तका रूपमा चिनिन्छन्। निजी क्षेत्रको विकाससँगै उनले सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न शैक्षिक, स्वास्थ्य र विपद् सहयोगमा उल्लेखनीय योगदान पु¥याउँदै आएका छन्।
एमाले नेता बस्नेतको यो भेटघाटलाई राजनीतिक क्षेत्रका व्यक्तिहरूले निजी क्षेत्रसँग सहकार्य गर्दै राष्ट्रिय पुँजी विकासमा संवाद बढाउने सकारात्मक पहलका रूपमा लिएको देखिन्छ।