लण्डन, बेलायत | साउन ९, २०८२—नेपाली मुलकी क्षमता ढकालले बेलायतमा आयोजित ३९औं वार्षिक “International Astrology, Vastu & Tarot Conference UK – 2025” मा “International Best Tarot Card Reader” को अवार्ड जितेर सम्पूर्ण नेपाली समुदायको शिर गर्वले उचो बनाएकी छन्। यस गरिमामय अवार्ड समारोहको आयोजना Assam Bagiya Jyotish and Tantra Organisation ले गरेको थियो।
क्षमता ढकाल हाल लण्डनमा वकालत संगै Tarot Card Reading, Spiritual Healing र कानुनी व्यवसायमा सक्रिय रूपमा संलग्न रहँदै आएकी एक लण्डनमा प्रतिष्ठित नाम हुन्। जन्मभूमि काठमाडौं भएकी ढकालले आफ्नो कर्मभूमिमा पाईला टेकेदेखि नै आध्यात्मिक मार्गमा आफ्नो सशक्त उपस्थिति जनाएकी छन्।

यो अवार्डका लागि बिकाश दुलाल गुरु र लोकराज पौडेल गुरु द्वारा गरिएको सिफारिसप्रति क्षमता ढकालले गहिरो आभार प्रकट गरेकी छन्। साथै, कार्यक्रममा प्रमुख आयोजक श्री सन्दीप बोसलाई विशेष धन्यवाद दिँदै उनले भनिन्,

“म यो सम्मान पाउँदा अत्यन्तै भाग्यशाली र धन्य महसुस गरिरहेकी छु। नेपाल र नेपालीको पहिचान अन्तर्राष्ट्रिय स्तरमा फैलाउन पाउँदा गर्व लागेको छ।”
🎖️🏆🇳🇵
यो अवार्डले न केवल उनको व्यक्तिगत सफलतालाई प्रतिनिधित्व गर्छ, तर नेपालबाट विश्वभर फैलिएको आध्यात्मिक चेतनाको उज्यालो चित्रण पनि हो। Tarot को माध्यमबाट मानिसको मानसिक स्वास्थ्य, आत्मिक उन्नति र जीवनका रहस्य खोल्ने कार्यमा क्षमता ढकालले समर्पणका साथ सेवा दिँदै आएकी छन्।

उनी विशेष गरी महिला सशक्तीकरण, आध्यात्मिक आत्म-खोज, र जीवनका कठिन मोडहरूमा बाटो देखाउने जीवनदर्शनको प्रवाह गर्नमा अगाडि छन्। उनका सेवाबाट लाभान्वित हुनेमा नेपाली मात्र होइन, बेलायती, युरोपेली र दक्षिण एशियाली समुदायका हजारौं व्यक्तिहरू छन्।
उनको आगामी योजना Tarot Psychology Reiki मार्फत नेपालमै एक अन्तर्राष्ट्रिय स्तरको Healing Centre स्थापना गर्ने रहेको बताइएको छ।
यसै सन्दर्भमा यश नेपाल न्यूजका अध्यक्ष एचबी ताम्राकारले भन्नुभयो,“क्षमता ढकालले विश्वमञ्चमा नेपाललाई Tarot Card Reading को क्षेत्रमा चिनाउनु भएको छ। यो उपलब्धि सम्पूर्ण नेपालीको लागि गौरवको क्षण हो।चेमता ढकालको सम्मानले फेरि प्रमाणित गरिदिएको छ – जहाँ पनि नेपाली, त्यहाँ पहिचान र प्रतिभा चम्किन्छ।