चौंरीदेउराली गाउँपालिका वडा नं. ४ का स्थायी बासिन्दा टंक बहादुर तामाङकी धर्मपत्नी, वर्ष ३५ की कान्छी तामाङ, हाल भक्तपुरस्थित क्यान्सर अस्पतालमा उपचाररत हुनुहुन्छ। उहाँ लामो समयदेखि पाठेघर (गर्भाशय) र कलेजोको क्यान्सर रोगसँग जुझिरहनु भएको छ। रोग गम्भीर अवस्थामा पुगेको र उपचार प्रक्रिया कठिन एवं खर्चिलो भएका कारण आर्थिक अभाव गहिरिँदै गएको छ।
टंक बहादुर तामाङले आफूले सकेको आर्थिक जोहो गरी हालसम्मको उपचार गराउँदै आउनुभएको थियो। तर, हाल उपचारका लागि अत्यन्त खर्चिलो औषधि, जाँच, अस्पताल भर्ना, नियमित सलाइन र अन्य स्वास्थ्य आवश्यकताहरूका लागि थप आर्थिक सहयोगको खाँचो परेको जनाइएको छ। उहाँले आफ्ना छरछिमेक, आफन्त, गाउँले र सम्पूर्ण नेपाली दाजुभाइ–दिदीबहिनी समक्ष हार्दिक अपिल गर्दै भन्नुभएको छ –
“कृपया सक्दो सहयोग गरिदिनुहोस्, तपाईंहरूको सानो सहयोगले मेरी श्रीमतीको जीवन बच्न सक्छ।”

यो मानवियतापूर्ण अभियानको नेतृत्व चौंरीदेउरालीकै युवा नेता तथा समाजसेवी श्रीमान तामाङले गरिरहनु भएको छ। उहाँले सामाजिक सञ्जालमार्फत तथा व्यक्तिगत सम्पर्कको माध्यमबाट सहयोग संकलनको अभियान चलाइरहनुभएको छ। उहाँको सक्रियता र समर्पणप्रति धेरैले सम्मान प्रकट गरेका छन्।

सहयोगका लागि सम्पर्क
- टंक बहादुर तामाङ: ९८४८६७३२४४
- श्रीमान तामाङ: ९७४९८७५९५६
अपिल
हामी सबैको सानो योगदानले ठूलो चमत्कार ल्याउन सक्छ। आज हामीले कान्छी तामाङको जीवन बचाउन सघाउँछौं भने, भोलि त्यो सहयोग हाम्रो वा हाम्रो आफन्तको लागि पनि फर्किन सक्छ।

“रोग र दुःख कसैलाई भेदभाव गरेर आउँदैन।” त्यसैले, यो कठिन परिस्थितिमा हामी सबैजना एकजुट बनौं र कान्छी तामाङको उपचारमा सक्दो साथ दिऔं।
हामी सबैको हातेमालो नै उहाँको जिन्दगीको आशा हो।सम्पूर्ण मित्र, गाउँबासी, युवा तथा शुभचिन्तकहरूलाई विनम्र अपिल छ – सक्दो साथ, सहयोग र सन्देश फैलाउन मद्दत गरौँ।यस मानवीय अपिललाई सकेसम्म धेरै व्यक्तिसम्म पुर्याई सहयोगको सञ्जाल फैलाऔं।साझा पीडामा साझा सहयोग – यही हो साँचो सामाजिक एकता।