गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको १२औं राष्ट्रिय महाधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। दुई वर्षे कार्यकाल पुरा गर्दै लोकप्रिय अध्यक्ष नवीन निउरेले नेतृत्वको नयाँ उचाइ छोएको भन्दै उनको कार्यकाललाई ‘स्वर्णिम’ भनेर संज्ञा दिइएको छ।
एनआरएन अभियन्ता श्रवण सत्यालले सामाजिक सञ्जालमार्फत व्यक्त गरेको भावुक सन्देशले महाधिवेशनको समापनलाई अझ अर्थपूर्ण बनाएको छ। सत्यालले लेखेका छन्, “प्रिय नवीन भाइ, तिमी दुई वर्ष सबैको प्रिय अध्यक्ष बन्यौ! यति धेरै दबावबीच, दुईवटा आईसीसी समूहहरूको विचमा कसैको मन नदुखाई संस्थाको गरिमा जोगाउँदै सफलतापूर्वक नेतृत्व गरेउ।”
उनले थप लेखे, “तिम्रो कार्यकाल साँच्चिकै स्वर्णिम रहन गयो। यो इतिहासले गर्व गर्नेछ। एनआरएनए जापानको इतिहासमा तिम्रो नाम स्वर्ण अक्षरमा लेखिनेछ।” साथै उनले पौडेललाई साथ दिने सम्पूर्ण कार्यसमिति, आईसीसी प्रतिनिधिहरू तथा जापानवासी सम्पूर्ण अभियन्ताहरूलाई हार्दिक धन्यवाद प्रकट गरेका छन्।
नवीनको कार्यकालमा एनआरएनए जापानले विभिन्न सामाजिक, सांस्कृतिक, आपतकालीन राहत, लगानी प्रवर्द्धन, महिला सशक्तिकरण र विद्यार्थी हितका कार्यक्रमहरू सञ्चालन गर्दै संस्थालाई समावेशी र विश्वासिलो बनाएको थियो। समावेशी नेतृत्व, संवादमा आधारित निर्णयप्रणाली र सबैपक्षलाई सम्मान गर्ने शैलीका कारण नवीन जापानमा लोकप्रिय अध्यक्षको रूपमा स्थापित भएका छन्।
संघीयता, सहिष्णुता र समर्पणको सफल मिसाल
महाधिवेशनमा सहभागीहरूका अनुसार नवीनले संस्थामा देखिएका आन्तरिक द्वन्द्व र दुईवटा आईसीसीबीचको समन्वयलाई कुशलतापूर्वक मिलाएर संघलाई सुरक्षित दिशातर्फ अघि बढाएका थिए। “उहाँको नेतृत्व सहिष्णुता, समर्पण र दूरदर्शिताको प्रतिक थियो,” एक प्रतिनिधिले बताए।
शान्तिपूर्ण, पारदर्शी र समावेशी महाधिवेशन सम्पन्न गर्न सफल एनआरएनए जापानले आगामी कार्यकालका लागि मार्गचित्र पनि प्रस्तुत गरेको छ। नवीनको कार्यसमिति अब संस्थागत स्मृति र प्रेरणाको स्रोत बन्ने निश्चित भएको छ।