टोकियो, जापान – असार १४, २०८२।गैर आवासीय नेपाली संघ (एनआरएनए) जापानद्वारा अगाडि बढाइएको ‘एकीकृत नेपाली घरः बहुसांस्कृतिक केन्द्र’ निर्माण अभियान दिनप्रतिदिन व्यापक जनसमर्थन बटुल्दै अगाडि बढिरहेको छ। प्रवासी नेपालीहरूको साझा सपना साकार पार्ने यो परियोजनामा सफल व्यवसायी तथा समाजसेवी श्री विपिन कंडेलले ५ लाख जापानी येन बराबरको सहयोग प्रदान गरेका छन्।विपिन कँडेल एनआरएनए जापानका सल्लाहकार हुन ।
‘नेपाली घर हाम्रो साझा सपना हो’ भन्ने मूल नाराका साथ अघि बढाइएको यो ‘ड्रिम प्रोजेक्ट’ एनआरएनए जापानको दीर्घकालीन योजना हो, जसअन्तर्गत जापानमा स्थायी रूपमा नेपाली कला, संस्कृति, परम्परा र भाषा संरक्षण गर्ने उद्देश्यले एक बहुसांस्कृतिक केन्द्र निर्माण गरिंदैछ।
यस अभियानमा सानो सहयोगले पनि ठूलो परिवर्तन सम्भव छ भन्ने भावनाका साथ नेपाली समुदायका विभिन्न क्षेत्रका व्यक्तिहरू सक्रिय रूपमा सहभागी भइरहेका छन्।
विपिन कंडेलज्यूको यो उदार योगदानप्रति एनआरएनए जापानले हार्दिक आभार प्रकट गर्दै निम्न वक्तव्य जारी गरेको छः
“प्रवासमा बस्ने अनि नेपाललाई माया गर्ने सम्पूर्ण नेपालीहरूलाई जोड्ने साझा सपना साकार पार्ने यो यात्रामा श्री विपिन कंडेलज्यूको ५ लाख जापानी येनको योगदान उल्लेखनीय छ। उहाँजस्तो व्यवसायीको साथले अभियानलाई थप सशक्त बनाएको छ।”
एकीकृत नेपाली घर बहुसांस्कृतिक केन्द्र निर्माण भएपछि नेपाली समुदायको सशक्त प्रतिनिधित्व हुने मात्र होइन, जापानी समुदायसँग सांस्कृतिक सम्बन्ध विस्तार, अन्तरपुस्तीय सम्वाद र सामाजिक समावेशीताको सुदृढीकरणमा समेत महत्वपूर्ण योगदान पुग्नेछ।
निष्कर्षः
सामूहिक संकल्प, सानो-सानो सहयोग र साझा भावना नै प्रवासमा ठूलो सपना साकार पार्ने जग हुन्। समाजसेवी विपिन कंडेलज्यूको यो योगदान सम्पूर्ण नेपाली प्रवासी समुदायका लागि प्रेरणाको स्रोत बनेको छ। यो अभियानमा तपाईं हाम्रो सानो सहयोगले पनि इतिहास रचना गर्न सक्छ।