— वाशिंगटन डीसी, न्युयोर्क र टोरन्टोबाट प्रसारण, नेपाली मिडियाका लागि गौरवको क्षण
राजेन्द्र ताम्राकार, न्युयोर्क, अमेरिका –अमेरिकाको प्रभावशाली मिडिया नेटवर्क Yonkers Observer ले नेपाली युवा पत्रकार एचबी ताम्राकारमाथि केन्द्रित विशेष रिपोर्ट सार्वजनिक गर्दै अन्तर्राष्ट्रिय स्तरमै चर्चा पाउन लायक सम्मानजनक स्थान प्रदान गरेको छ।
Link: https://yonkersobserver.com/hb-tamrakar-founder-of-international-humanity-group-a-life-devoted-to-people-purpose-and-press/
Washington DC, New York र Toronto जस्ता ठूला मिडिया हबहरूबाट प्रसारण गरिएको उक्त रिपोर्टमा एचबी ताम्राकारको पत्रकारितामा योगदान, सामाजिक चेतना, र नेपाली डायस्पोरासँगको सम्वद्धतालाई अत्यन्तै सकारात्मक ढंगले प्रस्तुत गरिएको छ।
कञ्चनपुरको कृष्णपुरमा जन्मिएका ताम्राकार हाल जापानमा रहेर पत्रकारिता क्षेत्रमा उल्लेखनीय योगदान दिँदै आएका छन्। ओएस नेपाल मिडियामार्फत उनले पूर्वप्रधानमन्त्रीदेखि अन्तर्राष्ट्रिय व्यक्तित्वसम्मका एक्सक्लुसिभ अन्तरवार्ता, समाजसेवामा अग्रणी भूमिका, र प्रवासी नेपालीबीच सशक्त उपस्थिति कायम गरेका छन्।
Yonkers Observer को रिपोर्टमा ताम्राकारलाई “Global Voice from Nepal” भनेर विशेष उल्लेख गरिएको छ। रिपोर्टमा भनिएको छ,
“उनको रिपोर्टिङ्गमा भावनाको गहिराई, तथ्यको सशक्तता र जनताको आवाज समेट्ने अद्वितीय क्षमता पाइन्छ। उनी केवल पत्रकार मात्र होइनन्, एक सामाजिक प्रेरणाका स्रोत पनि हुन्।”
यस रिपोर्टले न केवल एचबी ताम्राकारको व्यक्तिगत पहिचानलाई अन्तर्राष्ट्रिय बनाएको छ, तर नेपाली पत्रकारिता समुदायकै शिर उच्च पार्ने काम गरेको छ।
Yonkers Observer जस्तो अमेरिकाको प्रभावशाली र मर्यादित प्लेटफर्ममा नेपाली पत्रकारको विषयमा पहिलोपटक यति गहिरो विश्लेषण आउनु नेपाली मिडिया जगतको लागि एक ऐतिहासिक उपलब्धि मानिएको छ।
यस उपलब्धिप्रति नेपाली मिडिया, सामाजिक संस्था र प्रवासी समुदायले ताम्राकारलाई बधाई र सम्मान व्यक्त गरिरहेका छन्। यो रिपोर्ट नेपाली युवा पत्रकारहरूले अन्तर्राष्ट्रिय मञ्चमा पनि चम्किन सक्ने स्पष्ट प्रमाण बनेको छ।
एचबी ताम्राकार – अब केवल पत्रकार होइनन्, नेपालका लागि अन्तर्राष्ट्रिय सम्मानका पात्र।