राजेन्द्र ताम्राकार, काठमाडौं, वैशाख १६ –देशकै ऐतिहासिक शिक्षालय त्रि–चन्द्र बहुमुखी क्याम्पसमा शिक्षा प्रणालीको समग्र सुधारका लागि नेपाल विद्यार्थी संघ (नेविसंघ) त्रि–चन्द्र इकाई समितिले औपचारिक मागपत्र बुझाएको छ।
अध्यक्ष अमृत बहादुर शाहीको नेतृत्वमा नेविसंघ टोलीले क्याम्पस प्रमुख समक्ष शैक्षिक, प्रशासनिक, भौतिक, आर्थिक र समग्र विद्यार्थीहितका विषयमा आधारित मागपत्र एकीकृत रूपमा पेश गरेको हो।
मागपत्रमा समेटिएका प्रमुख बुँदाहरू यसप्रकार छन्:
- BCA, BSc CSIT, MSc Chemistry, MSc Microbiology लगायत विज्ञान तथा प्रविधिमा केन्द्रित नयाँ कोर्सहरू थप गर्नुपर्ने
- Internal Exam, Night Shift कक्षा, Thesis व्यवस्थापनमा पूर्ण पारदर्शिता सुनिश्चित गर्नुपर्ने
- स्वास्थ्य कक्षा, महिलामैत्री वातावरण र पुस्तकालय विस्तार मार्फत विद्यार्थी हितमा ठोस कदम चालिनुपर्ने
- क्याम्पस परिसरको वातावरण संरक्षण, फायर सेफ्टीको व्यवस्था, डिजिटल प्रणालीको आधुनिकीकरण
- Extention Counter स्थापना, थेसिस वितरण प्रक्रियाको सुधार, र Internal Audit समिति गठन
- रोजगारको अवसर, इन्टर्नसिप र करियर मार्गदर्शन, Startup समर्थन लगायत दीर्घकालीन विद्यार्थी हितका पहलहरू
मागपत्रको तर्जुमा तथा हस्तान्तरणमा इकाई समितिका पदाधिकारी, सदस्य एवं आम विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको समितिले जनाएको छ।
अध्यक्ष शाहीले भने, “त्रिचन्द्र सुधारको अभियान हाम्रो पुस्ताको जिम्मेवारी हो। गुणस्तरीय शिक्षा, पारदर्शी प्रशासन र विद्यार्थी–मैत्री क्याम्पस हाम्रो प्राथमिकता हो।”
नेपाल विद्यार्थी संघले भविष्यमा पनि विद्यार्थी अधिकार, गुणस्तरीय शिक्षा र सुशासनका पक्षमा निरन्तर संघर्ष गर्ने स्पष्ट सन्देश दिएको छ।