एचबी ताम्राकार, वैशाख १६ २०८२ — अमेरिका बसेरै नेपाली राजनीतिको भित्री रहस्यहरू खुलासा गरिरहेका चर्चित विश्लेषक तथा लेखक टंक दाहालले फेरि एकपटक तीब्र शैलीमा नेपाली पत्रकारितामाथि चोट गरेका छन्।
“नेपालका पत्रकारहरूले नभेटेको कागजात म कहाँबाट भेट्छु?” भन्ने जिज्ञासामा उनले छोटो तर गहिरो उत्तर दिएका छन् —
“मैले पनि आकासबाट झार्ने होइन, मैले पाउने कुरा तपाईंहरू पनि पाउन सक्नुहुन्छ।”
उनको थप टिप्पणीले धेरैलाई सोच्न बाध्य बनाएको छ। दाहालले भने,
“खोज्ने ढंग नपुगेको हो कि? भेटेर पनि त्यसलाई बुझ्न नसकेको हो कि? कसैको पुच्छर समातेपछि उनीहरू विरुद्ध लेख्न हात कामेको हो कि? स्वार्थले दिमाग टालिएर समाचार लुकाइएको हो कि?”
यसै क्रममा उनले श्रोतको नदिने प्रवृत्तिमाथि पनि प्रश्न उठाउँदै भने,
“यसलाई समाचार दियो भने बेच्ने हो कि भन्ने डरले ‘श्रोत’ ले नै नदिएको पो हो कि?”
त्यति मात्र होइन, दाहालले अझ गहिरो प्रहार गर्दै भने,
“आफ्नै अनुहार ऐनामा नहेरी अरूको अनुहारको दाग हेर्ने बानी परेको पो हो कि?”
टंक दाहालका यी शब्दहरूले नेपाली पत्रकारिता जगतमा नयाँ बहसको थालनी गराएको छ। प्रस्ट छ, उनी सधैं जस्तो आफ्नो स्वतन्त्र सोच र निर्भीकताको परिचय दिँदै छन्।
अमेरिकाबाटै बसेर विभिन्न घोटाला र गुप्त काण्ड उजागर गर्दै आएका दाहालले नेपालका प्रमुख सञ्चारमाध्यमहरूले छाडेको वा लुकाएको विषय सतहमा ल्याउने अद्भुत क्षमता देखाएका छन्।
“खोज्न जाने हो भने, साँचो समाचार आफैं भेटिन्छ”, भन्ने उनको मूल मन्त्रले धेरै युवालाई पनि स्वतन्त्र र निर्भीक पत्रकारिता तर्फ प्रेरित गरिरहेको छ।
“साँचो पत्रकारिता डरले होइन, सत्यको खोजीले निर्देशित हुनुपर्छ” भन्ने सन्देश दिन सफल भएका छन् टंक दाहाल।
अन्त्यमा, उनले सबैलाई आग्रह गरेका छन् —
“आफ्नो ऐना आफैं हेर्ने बानी बसालौं, अनि मात्र अरुको दोष देख्न सकिन्छ।”