राजेन्द्र ताम्राकार,वैशाख १४, काठमाडौं —सूचना, सञ्चार र पत्रकारिताको क्षेत्रमा निरन्तर नयाँ आयाम थप्दै आएको एसनेपाल न्युज YNN मिडियाले भव्य रूपमा २०८२ सालको नयाँ क्यालेण्डर सार्वजनिक गरेको छ।
यस अवसरमा मिडियाका अध्यक्ष तथा चर्चित सञ्चारकर्मी एचबी ताम्राकारले सम्पूर्ण दर्शक, पाठक, विज्ञापनदाता तथा शुभचिन्तकहरूलाई धन्यवाद ज्ञापन गर्दै नयाँ वर्षको शुभकामना व्यक्त गरेका छन्।
क्यालेण्डर सार्वजनिक कार्यक्रममा अध्यक्ष ताम्राकारले भने,
“मिडियाले समाजप्रति आफ्नो जिम्मेवारी बुझेको छ। सूचना र संस्कृतिको प्रवाहलाई अझ प्रभावकारी बनाउन हामी निरन्तर अग्रसर छौं। यो नयाँ क्यालेण्डर केवल दिन मितिको सूचक मात्र नभई, हाम्रो पहिचान र मूल्यहरूको प्रतिनिधित्व गर्ने माध्यम पनि हो।”
YNN मिडियाले सार्वजनिक गरेको २०८२ सालको क्यालेण्डरमा राष्ट्रिय पर्व, धार्मिक र सांस्कृतिक चाडपर्वहरूलाई विशेष प्राथमिकता दिइएको छ। साथै, जनचेतना अभिवृद्धि गर्ने प्रेरणादायी सन्देशहरू पनि समावेश गरिएका छन्, जसले आम जनतालाई सकारात्मक उर्जा दिन सहयोग गर्नेछ।
यस क्यालेण्डरलाई मिडियाले विभिन्न ठाउँमा वितरण गर्दै, “एक घर, एक प्रेरणा” अभियानमार्फत नेपाली परिवारहरू माझ पु-याउने योजना समेत अघि सारेको छ।
सञ्चार क्षेत्रमै उल्लेखनीय योगदान पुर्याउँदै आएका अध्यक्ष एचबी ताम्राकारले यस्ता सिर्जनात्मक कार्यक्रमहरूबाट एसनेपाल न्युज YNN मिडियालाई अझ जनमुखी, सक्रिय र अग्रगामी बनाउने संकल्प व्यक्त गरेका छन्।
साझा पत्रकारिताका माध्यमबाट नयाँ सोच र नयाँ युगको प्रतिनिधित्व गर्दै आएको YNN मिडिया र एचबी ताम्राकारको यो प्रयास सम्पूर्ण मिडिया क्षेत्रमा एक नयाँ उदाहरणका रूपमा स्थापित भएको छ।
वैशाखदेखी चैत्र सम्म:
