काठमाडौं, वैशाख ७ गते । नेपाली काँग्रेसका युवा नेता, काठमाडौं जिल्ला सभापति तथा नेपाल विद्यार्थी संघका पूर्व महामन्त्री मनोज वैद्यको जन्मदिनको अवसरमा उनलाई सामाजिक तथा राजनीतिक क्षेत्रका व्यक्तित्वहरूबाट शुभकामना व्यक्त भइरहेका छन्।

त्यही सन्दर्भमा नेपाली काँग्रेसका क्रियाशील सदस्य कृपन दाहाल ‘ज्याक श्री’ले एक विशेष शुभकामना सन्देश दिँदै वैद्यको सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको कामना गरेका छन्।
‘ज्याक श्री’ले सामाजिक सञ्जालमार्फत भनेका छन्, “नेपाली काँग्रेस महाधिवेशन प्रतिनिधि, ने.बि.संघ पूर्व महामन्त्री एवं काठमाडौं जिल्ला सभापति, काठमाडौंका युवा नेता मेरो आदरणीय दाइ मनोज वैद्यज्यूलाई सुस्वास्थ्य, दीर्घायुका साथै सामाजिक र राजनीतिक रुपमा उच्च सफलता मिलोस् भन्ने हार्दिक शुभकामना व्यक्त गर्दछु।”
नेता वैद्यलाई नेपाली काँग्रेसभित्र एक निष्ठावान, संघर्षशील र विद्वान नेतृत्वको रूपमा चिनिन्छ। विद्यार्थी राजनीतिबाट उठेका उनी हाल काठमाडौं जिल्ला काँग्रेसको नेतृत्वमा रहेर पार्टीलाई सुदृढ बनाउने काममा निरन्तर लागिपरेका छन्।
उनको जन्मदिनमा शुभेच्छुक, कार्यकर्ता तथा विभिन्न राजनीतिक र सामाजिक व्यक्तित्वहरूले बधाई तथा शुभकामना दिँदै सामाजिक सञ्जालमा पनि श्रद्धा, प्रेम र प्रेरणाका शब्दहरू बाँडेका छन्।
राजनीति र समाजसेवामा क्रियाशील व्यक्तित्वको रूपमा चिनिने वैद्यको योगदानले युवा पुस्तालाई नेतृत्व र निष्ठाको पाठ सिकाउँदै आएको छ।
‘ज्याक श्री’द्वारा व्यक्त गरिएको शुभकामना वैद्यको लोकप्रियता र प्रभावको एक जीवन्त प्रमाण बनेको छ।