टोकियो, जापान । गैरआवासीय नेपाली संघ (NRNA) लाई अझ मजबुत र एकतावद्ध बनाउने उद्देश्यले गरिएको जापान यात्रा सफल तथा फलदायी भएको जनाएका छन् समाजसेवी तथा एनआरएनए अभियन्ता बिनोद कुँवरले।
उक्त यात्राको सिलसिलामा अध्यक्ष नवीन न्युरे, सम्पूर्ण कार्यसमिति सदस्यहरू, जापानका सक्रिय एनआरएनए अभियन्ता तथा विभिन्न क्षेत्रमा क्रियाशील नेपाली साथीहरूबीच गहन छलफल, सहकार्य र आपसी समझदारीको वातावरण निर्माण भएको कुँवरले बताए।
उनले जापानमा आयोजना गरिएको कार्यक्रममा देखिएको उत्साह, एकता र सहभागिताले एनआरएनएको भविष्य उज्यालो रहेको स्पष्ट संकेत दिएको बताएका छन्।
साथै, उनले नेपालीहरूको महान पर्व रामनवमीको अवसरमा सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेका छन्।
उनको सन्देशमा उल्लेख छ:
“एनआरएनएलाई अझ संस्थागत, पारदर्शी र समावेशी बनाउँदै लैजान सबैले मिलेर हातेमालो गर्न आवश्यक छ। जापानमा बितेको समयले मलाई अझ ऊर्जा र आत्मविश्वास दिएको छ।”
अन्त्यमा, कुँवरले अध्यक्ष नवीन न्युरे, सम्पूर्ण कार्यसमिति, जापानका अभियन्ताहरू तथा सहभागी सबैलाई धन्यवाद ज्ञापन गर्दै “जय NRNA!” भन्ने भावनासहित समाचार टुंग्याएका छन्।