Main Navigation
  • होमपेज
  • समाचार
  • राजनीति
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणिज्य
    • बैंक/बित्त
    • बीमा
    • सेयर बजार
  • कला / मनोरञ्जन
    • कलिवुड
    • बलिउड
    • हलिउड
  • सूचना-प्रविधि
  • अन्तराष्ट्रिय
  • विचार
  • अन्तर्वार्ता
Yes Nepal News
  • होमपेज
  • समाचार
  • राजनीति
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणिज्य
    • बैंक/बित्त
    • बीमा
    • सेयर बजार
  • कला / मनोरञ्जन
    • कलिवुड
    • बलिउड
    • हलिउड
  • सूचना-प्रविधि
  • अन्तराष्ट्रिय
  • विचार
  • अन्तर्वार्ता
Search Here
  • समाचार
  • Home
  • News
  • शून्य कार्बन उत्सर्जनको लक्ष्य हासिल गर्न सरकार प्रतिबद्ध छ : ऊर्जामन्त्री दीपक खड्का
शून्य कार्बन उत्सर्जनको लक्ष्य हासिल गर्न सरकार प्रतिबद्ध छ : ऊर्जामन्त्री दीपक खड्का
64x64
एस नेपाल न्युज संवाददाता
३ महिना अगाडी

काठमाडौँ, २१ माघ : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले पेरिस सम्झौताअन्तर्गत सन् २०४५ सम्ममा शून्य कार्बन उत्सर्जनको लक्ष्य हासिल गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।

वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले आज नविकरणीय उर्जा क्षेत्रको विकासका लागि ‘उर्जा विकास मार्गचित्र–२०८१’ ले गरेको ऊर्जा रुपान्तरणबारे विकास साझेदारसँग गरेको छलफलमा उहाँले शून्य कार्बन उत्सर्जनको लक्ष्य पुरा गर्न सरकारले नविकरणीय उर्जाको विकासमा काम गर्दै आएको बताउनुभएको हो ।

“नेपालले नवीकरणीय ऊर्जाको विस्तार, ऊर्जा दक्षता सुधार र जलवायु प्रतिरोधी क्षमतालाई बलियो बनाउन महत्वपूर्ण काम गर्दै आएको छ, यसलाई पूरा गर्न विकास साझेदारले खेलेको भूमिका सराहनीय छ”, उर्जामन्त्री खड्काले भन्नुभयो ।

मन्त्री खड्काले अन्तर्राष्ट्रिय स्वच्छ ऊर्जा दिवसका अवसरमा भर्खरै सम्पन्न दिगो र न्यून कार्बन अर्थतन्त्रका लागि ऊर्जा रुपान्तरण सम्मेलनले नेपालको ऊर्जा भविष्यबारे गहन छलफल गर्नुका साथै शून्य कार्बन उत्सर्जनको लक्ष्य हासिल गर्न सहयोग पुगेको बताउनुभयो । उहाँले सन् २०३५ सम्म २८ हजार पाँच सय मेगावाट विद्युत् उत्पादन गर्ने र प्रतिव्यक्ति एक हजार पाँच सय किलोवाट ऊर्जा खपत गर्ने लक्ष्य सरकारले लिएकाले यसलाई पूरा गर्न कडा प्रयास, लगानी र सहकार्य आवश्यक रहेको उल्लेख गर्नुभयो । नेपाललाई न्यायपूर्ण ऊर्जा सङ्क्रमणतर्फ अघि बढ्न विकास साझेदारहरुको महत्वपूर्ण भूमिका रहेको उहाँको भनाइ थियो ।

उहाँले ऊर्जा विकास मार्गचित्रले ऊर्जा क्षेत्रमा कानुनी र नियामक सुधार, अफ–ग्रिड र अन–ग्रिड ऊर्जा पहुँच विस्तार गर्ने, सौर्य, वायु, जैविक ऊर्जा, र फोहरदेखि ऊर्जा जस्ता विविध नवीकरणीय स्रोतलाई प्रवर्द्धन गर्ने लक्ष्य लिएको स्पष्ट पार्नुभयो ।

राष्ट्रिय योजना आयोगका सदस्य डा आरपी विच्छाले वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले नवीकरणीय ऊर्जाको क्षेत्रमा गरेको काम उल्लेखनीय रहेको बताउनुभयो । उहाँले शुन्य कार्वन उत्सर्जनको लक्ष्यलाई पूरा गर्न नवीकरणीय ऊर्जालाई जोड दिनुपर्ने उल्लेख गर्नुभयो ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव सुरेश आचार्यले नेपालको ऊर्जा क्षेत्रको विकासमा दातृ निकायले खेलेको भूमिका सराहनीय रहेको बताउनुभयो । वन तथा वातावरण मन्त्रालयका सचिव डा महेश्वर ढकाल, पूर्वसचिव दिनेशकुमार घिमिरे, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्रीका आर्थिक सल्लाहकार अमित श्रेष्ठलगायतले जलवायु परिवर्तन समस्यालाई कम गर्न नवीकरणीय ऊर्जाको विकासमा जोड दिनुपर्ने बताउनुभयो ।

वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशक नवराज ढकालले मन्त्रीपरिषद्ले भर्खरै स्वीकृत गरेको उर्जा विकास मार्गचित्रमा नविकरणीय ऊर्जाको प्रावधानलाई समेटेको भन्दै उक्त मार्गचित्रको कार्यान्वयनका लागि विकास साझेदार निकायको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो ।

छलफलमा एसियाली विकास बैंक (एडिबी)सँगै विश्व बैंक, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका), जर्मन फेडरल इन्टरप्राइज फर इन्टरनेसनल कोअपरेसन (जिआइजेड), अमेरिकी अन्तरराष्ट्रिय विकास नियोग (युएसएआइडी), संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी), नर्वेजियन राजदूतावासलगायत एक दर्जन बढी दातृ निकायका प्रमुख एवं प्रतिनिधिको सहभागिता रहेको थियो ।

प्रकाशित मिति: ३ महिना अगाडी
दीपक खड्कावैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रशून्य कार्बन उत्सर्जन
प्रतिक्रिया दिनुहोस्

Leave a reply Cancel reply

Your email address will not be published. Required fields are marked *

The facebook comment plugin code goes here.
थप समाचार
Journey From Siddhartha to Buddha (Lumbini to Bodhgaya: Arvind Singh १४ मिनेट अगाडी
Gautam Buddha University Under Visionary Leadership: Prof. Rana Pratap Singh १ घण्टा अगाडी
H.E. Naveen Srivastava – Strengthening the Pillars of India-Nepal Relations with Diplomatic Finesse ८ घण्टा अगाडी
युवराज सफल: मुद्दा हाल्ने अधिवक्ताबाट विवादित मोडलसम्मको यात्रा ८ घण्टा अगाडी
पूर्णायु आयुर्वेद हस्पिटललाई ऐतिहासिक श्रीगण्डकी शत कुण्डीय कोटिहोम विराट् ज्ञान महायज्ञमा विशेष सम्मान ८ घण्टा अगाडी
कोरियाबाट भैरहवा हुँदै विश्व बजारमा ‘हाङकुक चाउचाउ’: एनआरएनए नेता विनोद कुँवरको प्रिमियम नेपाली ब्रान्डले रच्दै नयाँ अध्याय ८ घण्टा अगाडी
विचार
Journey From Siddhartha to Buddha (Lumbini to Bodhgaya: Arvind Singh एस नेपाल न्युज संवाददाता
युवराज सफल: मुद्दा हाल्ने अधिवक्ताबाट विवादित मोडलसम्मको यात्रा एस नेपाल न्युज संवाददाता
भवन भट्टको महत्वपूर्ण स्पीच: आर्य होटेल एण्ड स्पाका प्रमुखलाई शुभकामना, विवि एयरवेज़ छिट्टै सञ्चालनमा आउने घोषणा (भिडियो) एस नेपाल न्युज संवाददाता
ब्लग
Journey From Siddhartha to Buddha (Lumbini to Bodhgaya: Arvind Singh एस नेपाल न्युज संवाददाता
युवराज सफल: मुद्दा हाल्ने अधिवक्ताबाट विवादित मोडलसम्मको यात्रा एस नेपाल न्युज संवाददाता
भवन भट्टको महत्वपूर्ण स्पीच: आर्य होटेल एण्ड स्पाका प्रमुखलाई शुभकामना, विवि एयरवेज़ छिट्टै सञ्चालनमा आउने घोषणा (भिडियो) एस नेपाल न्युज संवाददाता
लोकप्रीय
  • Week
  • Month
Journey From Siddhartha to Buddha (Lumbini to Bodhgaya: Arvind Singh
Gautam Buddha University Under Visionary Leadership: Prof. Rana Pratap Singh
H.E. Naveen Srivastava – Strengthening the Pillars of India-Nepal Relations with Diplomatic Finesse
युवराज सफल: मुद्दा हाल्ने अधिवक्ताबाट विवादित मोडलसम्मको यात्रा
पूर्णायु आयुर्वेद हस्पिटललाई ऐतिहासिक श्रीगण्डकी शत कुण्डीय कोटिहोम विराट् ज्ञान महायज्ञमा विशेष सम्मान
Journey From Siddhartha to Buddha (Lumbini to Bodhgaya: Arvind Singh
Gautam Buddha University Under Visionary Leadership: Prof. Rana Pratap Singh
H.E. Naveen Srivastava – Strengthening the Pillars of India-Nepal Relations with Diplomatic Finesse
युवराज सफल: मुद्दा हाल्ने अधिवक्ताबाट विवादित मोडलसम्मको यात्रा
पूर्णायु आयुर्वेद हस्पिटललाई ऐतिहासिक श्रीगण्डकी शत कुण्डीय कोटिहोम विराट् ज्ञान महायज्ञमा विशेष सम्मान
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
सुन-चाँदि
सेयर बजार
Contact Us

Yes Nepal News Pvt. Ltd.

Balkhu, Kathmandu, Nepal
Email: yesnepalnewstv@gmail.com
URL: www.yesnepalnews.com.np

Phone

Marketing: +977-9843669561
Team
अध्यक्ष / प्रधान सम्पादक एचबी ताम्राकार (हर्क बहादुर)
प्रबन्ध निर्देशक / सम्पादक राजेन्द्र ताम्राकार
समाचार प्रमुख सुमन श्रेष्ठ
संवाददाता सुमन श्रेष्ठ सुमन श्रेष्ठ
बजार प्रमुख सुमन श्रेष्ठ
महत्वपूर्ण लिङ्कहरु
  • हाम्रो टीम
  • साइटम्याप
  • गोपनीयता नीति
  • नियम तथा सर्त
  • हामीसँग विज्ञापन गर्नुहोस्
साइट नेविगेशन
  • हाम्रो टीम
  • साइटम्याप
  • गोपनीयता नीति
  • नियम तथा सर्त
  • हामीसँग विज्ञापन गर्नुहोस्
© Yes Nepal News Pvt. Ltd. -2025 All rights reserved. Site by: PROSYS

Prosys Add Ons

This feature is an add-on feature and can be implemented for additional fees.

Please contact info@prosysnepal.com

Prosys News Alert

Allow Cookies ?
Subscribe
 

Loading Comments...