Main Navigation
  • होमपेज
  • समाचार
  • राजनीति
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणिज्य
    • बैंक/बित्त
    • बीमा
    • सेयर बजार
  • कला / मनोरञ्जन
    • कलिवुड
    • बलिउड
    • हलिउड
  • सूचना-प्रविधि
  • अन्तराष्ट्रिय
  • विचार
  • अन्तर्वार्ता
Yes Nepal News
  • होमपेज
  • समाचार
  • राजनीति
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणिज्य
    • बैंक/बित्त
    • बीमा
    • सेयर बजार
  • कला / मनोरञ्जन
    • कलिवुड
    • बलिउड
    • हलिउड
  • सूचना-प्रविधि
  • अन्तराष्ट्रिय
  • विचार
  • अन्तर्वार्ता
Search Here
  • बागमती प्रदेश
  • Home
  • News
  • पोखरामा राष्ट्रिय औद्योगिक व्यापार मेलाः ‘घुमौँ मधेसः बुझौँ मधेस’ प्रति विशेष आकर्षण
घुमौँ मधेसः बुुझौँ मधेस पोखरामा राष्ट्रिय औद्योगिक व्यापार मेलाः ‘घुमौँ मधेसः बुझौँ मधेस’ प्रति विशेष आकर्षण
64x64
एस नेपाल न्युज संवाददाता
३ महिना अगाडी

गण्डकी, १६ माघः पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा जारी ३३औँ संस्करणको राष्ट्रिय औद्योगिक व्यापार मेला तथा सूचना प्रविधि (आइटी) महोत्सवको उद्घाटनका अवसरमा मिथिलाको झिझिया नाचबाट गरिएको स्वागतलाई यहाँका स्थानीयले बिर्सेका छैनन् ।

यही माघ १० गतेदेखि पोखरा उद्योग वाणिज्य सङ्घद्वारा आयोजित महोत्सवमा थारू र भोजपुरी नृत्यप्रति स्थानीयको विशेष आकर्षण थियोभने महोत्सव किनमेलको गन्तव्य पनि बनेको थियो । सञ्चार तथा सूचना प्रविधिको क्षेत्रमा भएको अभूतपूर्व विकासले ल्याएको क्रान्ति झल्काउने आइटी उपकरण अवलोकन गर्ने थलो मात्र महोत्सव बनेन अपितु विभिन्न प्रदेशलाई जान्ने, बुुझ्ने र अनुुभव गर्न सकिने स्थान बन्यो ।

महोत्सवमा मधेस प्रदेशको उद्योग वाणिज्य तथा पर्यटन मन्त्रालयले राखेको ‘घुमौँ मधेसः बुुझौँ मधेस’ कक्ष मधेसलाई बुझ्न महत्त्वपूर्ण बनेको छ । हरेक दिन महोत्सवका सहभागी करिब पाँच सय जनासम्मले यस कक्षमा आएर मधेस प्रदेश र यहाँको धार्मिक एवं पर्यटकीय गन्तव्यबारे बुुझ्ने गरेको ‘घुमौँ मधेस, बुझौँ मधेस’ अभियानका संयोजक विकासकुमार ठाकुरले बताउनुभयो ।

सहभागी जिज्ञासुलाई संयोजक ठाकुर, चन्द्रपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष उदय सापकोटालगायतले मधेस प्रदेशको पर्यटन, त्यहाँको वास्तविकताका साथै मधेसीहरूले गर्ने न्यानो आतिथ्यता आदिबारे जानकारी गराउने गर्नुभएको छ ।

मेला उद्घाटनका अवसरमा संयोजक ठाकुरले कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेललाई मधेस प्रदेशका धार्मिक एवं पर्यटकीय गन्तव्यबारे सचित्र परिचय दिइएको पुस्तिका (बुकलेट) हस्तान्तरण गर्नुभएको थियो । उक्त अवसरमा मधेस प्रदेशको सांस्कृतिक धरोहरलाई झल्काउने भिझिया नृत्य र थारू नृत्यसमेत देखाइएको थियो ।

मधेस प्रदेशको पर्यटन प्रवर्द्धन गर्ने लक्ष्यका साथ पर्यटन राजधानी पोखरामा जारी महोत्सवका अवसरमा ‘घुमौँ मधेसः बुझौँ मधेस’ को प्रवर्द्धनात्मक कक्ष राखिएको संयोजक ठाकुरले बताउनुभयो ।  प्रवर्द्धनात्मक सामग्रीका रुपमा महोत्सवका सहभागीलाई मधेस प्रदेशका पर्यटकीय गन्तव्यबारे सचित्र जानकारी समेटिएको पुस्तिका वितरण गरिएको छ । पुस्तिकामा प्राचीन मिथिलाको राजधानी जनकपुरमा अवस्थित जानकी मन्दिरसहितका धार्मिक महत्वका स्थलबारे जानकारी गराइएको छ ।

मिथिलाञ्चलवासीको सांस्कृतिक धरोहर यस मन्दिर सन् १८९४ मा शिलान्यास भई सन् १९९१ मा निर्माण पूरा भएको पुस्तिकामा उल्लेख छ । पुस्तिकामा कोशी टप्पु वन्यजन्तु आरक्ष, सहलेश फूलबारी, गढीमाई, पर्सा राष्ट्रिय निकुञ्ज, पञ्चधुरा, दिनाभद्री मन्दिर, सिम्रौनगढ, कङ्कालिनी मन्दिर, धनुषाधाम, भरत तालबारे सचित्र जानकारी दिइएको छ ।  मधेस प्रदेशमा रहेका नुनथर, गहवामाई, छिन्नमस्ता भगवती मन्दिर, ठोरी, भिश्वाडाँडा, मटिहानी, रौजा मजार, कमलदह, चुरे शिवालिक पर्वत, राजदेवी मन्दिर, चुरियामाई, पारसनाथ मठ, पर्सागढी, दुुग्धेश्वरनाथ महादेव, चन्द्र नहरबारे पुस्तिकामा चर्चा गरिएको छ ।

यस्तै, मूर्तिया, नाढीमन ताल, जलेश्वर महादेव मन्दिर, हनुुमान मन्दिर, बाबाताल, हात्तीदह सिमसार, टुटेश्वरनाथ धाम, कारिक स्थान पडौल, सहिद स्मृति पार्क, शिव मन्दिर, निजानन्द धाम, सिद्धबाबा हाइकिङ, जनकपुर रेलमार्ग र बरहवातालबारे पुस्तिकामा जानकारी गराइएको छ । पुस्तिकामा उल्लेखित स्थानबारे दिइएका जानकारीले मधेस प्रदेशमा जाने पर्यटकलाई त्यहाँबारे पूर्ववत् रूपमा सामान्य जानकारी हासिल गर्न सहयोग पुुग्ने विश्वास लिइएको छ ।

मधेसबारे महोत्सवका सहभागीलाई परिचय गराउनुुका साथै त्यहाँका विशिष्टताबारे जानकारी गराउँदै मधेस बुुझ्न र घुम्न अनुरोध गर्ने गरिएको चन्द्रपुुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष उदय सापकोटाले बताउनुभयो । “मधेस सबै किसिमले घुम्नैपर्ने गन्तव्य हो भन्ने सन्देश दिनका लागि पनि हामी यहाँ आएका हौँ”, उहाँले भन्नुुभयो, “मधेसका धेरै प्राकृतिक एवं सांस्कृतिक सम्पदाहरू हेर्न लायक छन् ।”

पछिल्ला समयमा मधेसमा पूर्वाधार विकास पनि द्रुत रूपमा भइरहेको बताउँदै उहाँले पहिला जनकपुर विमानस्थल मात्र रहेको यस प्रदेशमा अहिले सिमरा र राजविराजमा पनि विमानस्थल सञ्चालनमा आएको जानकारी दिनुुभयो । मधेस बुुझ्ने कक्षका साथै मधेसको मौलिक परिकार चाख्न पाउने गरी राखिएको अर्को कक्ष पनि यतिखेर महोत्सवको आकर्षण बनेको छ । महोत्सवस्थलमा रौतहटको कटहरिया बजारबाट आएर बनाइएको कटियाको स्वादसँगै सप्तरीको बरमझियाको पेडाको स्वादसमेत चाख्न पाइने सो कक्षका सञ्चालक अजय साह सोनारले जानकारी दिनुभयो ।

महोत्सवस्थलमा आएका व्यक्तिहरूले निकै रुचिका साथ कटिया र पेडा खाने गरेको उहाँले बताउनुभयो । माटोको घैँटोमा पकाइने खसीका मासुलाई कटिया भनिने र यसले मधेसको रौतहटको मौलिक परिकारका रूपमा चर्चा कमाएको उहाँले जानकारी दिनुभयो ।  माटोको घैँटोमा खसीको मासुसँगै प्याज, अदुवा, लसुन, जिरा, खुर्सानी, मरिच, बेसार राखेर कोइलाको रापमा पकाइने यो परिकार महोत्सवको आकर्षण बनेको उहाँले जानकारी दिनुुभयो । सप्तरी बरमझियाको पेडा चाख्नेको पनि उत्तिकै आकर्षण रहेको उहाँले जानकारी दिनुभयो ।

महोत्सवलाई पोखराको मात्र नभई देशकै विविधता जान्ने, बुुझ्ने र अनुुभव गर्ने थलोका रूपमा विकास गर्न खोजिएको पोखरा उद्योग वाणिज्य सङ्घका अध्यक्ष गोकर्ण कार्कीले बताउनुभयो ।

महोत्सवस्थलमा विभिन्न प्रदेशका कक्ष पनि रहेका जानकारी दिँदै उहाँले दुई सय ५० कक्षमध्ये मधेस प्रदेशको दुुई कक्षसँगै सूूदुरपश्चिमका एक, कोशीका तीन, बागमतीका पाँचवटा कक्ष रहेको उहाँले जानकारी दिनुुभयो । तीनवटै प्रदेशका मौलिक उत्पादनलाई बिक्रीमा राखिएको छ । महोत्सव माघ १९ गते समापन हुने छ ।

प्रकाशित मिति: ३ महिना अगाडी
गण्डकीपोखरापोखरा उद्योग वाणिज्य सङ्घराष्ट्रिय औद्योगिक व्यापार मेला तथा सूचना प्रविधि महोत्सव
प्रतिक्रिया दिनुहोस्

Leave a reply Cancel reply

Your email address will not be published. Required fields are marked *

The facebook comment plugin code goes here.
थप समाचार
Journey From Siddhartha to Buddha (Lumbini to Bodhgaya: Arvind Singh २५ मिनेट अगाडी
Gautam Buddha University Under Visionary Leadership: Prof. Rana Pratap Singh १ घण्टा अगाडी
H.E. Naveen Srivastava – Strengthening the Pillars of India-Nepal Relations with Diplomatic Finesse ८ घण्टा अगाडी
युवराज सफल: मुद्दा हाल्ने अधिवक्ताबाट विवादित मोडलसम्मको यात्रा ८ घण्टा अगाडी
पूर्णायु आयुर्वेद हस्पिटललाई ऐतिहासिक श्रीगण्डकी शत कुण्डीय कोटिहोम विराट् ज्ञान महायज्ञमा विशेष सम्मान ८ घण्टा अगाडी
कोरियाबाट भैरहवा हुँदै विश्व बजारमा ‘हाङकुक चाउचाउ’: एनआरएनए नेता विनोद कुँवरको प्रिमियम नेपाली ब्रान्डले रच्दै नयाँ अध्याय ९ घण्टा अगाडी
विचार
Journey From Siddhartha to Buddha (Lumbini to Bodhgaya: Arvind Singh एस नेपाल न्युज संवाददाता
युवराज सफल: मुद्दा हाल्ने अधिवक्ताबाट विवादित मोडलसम्मको यात्रा एस नेपाल न्युज संवाददाता
भवन भट्टको महत्वपूर्ण स्पीच: आर्य होटेल एण्ड स्पाका प्रमुखलाई शुभकामना, विवि एयरवेज़ छिट्टै सञ्चालनमा आउने घोषणा (भिडियो) एस नेपाल न्युज संवाददाता
ब्लग
Journey From Siddhartha to Buddha (Lumbini to Bodhgaya: Arvind Singh एस नेपाल न्युज संवाददाता
युवराज सफल: मुद्दा हाल्ने अधिवक्ताबाट विवादित मोडलसम्मको यात्रा एस नेपाल न्युज संवाददाता
भवन भट्टको महत्वपूर्ण स्पीच: आर्य होटेल एण्ड स्पाका प्रमुखलाई शुभकामना, विवि एयरवेज़ छिट्टै सञ्चालनमा आउने घोषणा (भिडियो) एस नेपाल न्युज संवाददाता
लोकप्रीय
  • Week
  • Month
Journey From Siddhartha to Buddha (Lumbini to Bodhgaya: Arvind Singh
Gautam Buddha University Under Visionary Leadership: Prof. Rana Pratap Singh
H.E. Naveen Srivastava – Strengthening the Pillars of India-Nepal Relations with Diplomatic Finesse
युवराज सफल: मुद्दा हाल्ने अधिवक्ताबाट विवादित मोडलसम्मको यात्रा
पूर्णायु आयुर्वेद हस्पिटललाई ऐतिहासिक श्रीगण्डकी शत कुण्डीय कोटिहोम विराट् ज्ञान महायज्ञमा विशेष सम्मान
Journey From Siddhartha to Buddha (Lumbini to Bodhgaya: Arvind Singh
Gautam Buddha University Under Visionary Leadership: Prof. Rana Pratap Singh
H.E. Naveen Srivastava – Strengthening the Pillars of India-Nepal Relations with Diplomatic Finesse
युवराज सफल: मुद्दा हाल्ने अधिवक्ताबाट विवादित मोडलसम्मको यात्रा
पूर्णायु आयुर्वेद हस्पिटललाई ऐतिहासिक श्रीगण्डकी शत कुण्डीय कोटिहोम विराट् ज्ञान महायज्ञमा विशेष सम्मान
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
सुन-चाँदि
सेयर बजार
Contact Us

Yes Nepal News Pvt. Ltd.

Balkhu, Kathmandu, Nepal
Email: yesnepalnewstv@gmail.com
URL: www.yesnepalnews.com.np

Phone

Marketing: +977-9843669561
Team
अध्यक्ष / प्रधान सम्पादक एचबी ताम्राकार (हर्क बहादुर)
प्रबन्ध निर्देशक / सम्पादक राजेन्द्र ताम्राकार
समाचार प्रमुख सुमन श्रेष्ठ
संवाददाता सुमन श्रेष्ठ सुमन श्रेष्ठ
बजार प्रमुख सुमन श्रेष्ठ
महत्वपूर्ण लिङ्कहरु
  • हाम्रो टीम
  • साइटम्याप
  • गोपनीयता नीति
  • नियम तथा सर्त
  • हामीसँग विज्ञापन गर्नुहोस्
साइट नेविगेशन
  • हाम्रो टीम
  • साइटम्याप
  • गोपनीयता नीति
  • नियम तथा सर्त
  • हामीसँग विज्ञापन गर्नुहोस्
© Yes Nepal News Pvt. Ltd. -2025 All rights reserved. Site by: PROSYS

Prosys Add Ons

This feature is an add-on feature and can be implemented for additional fees.

Please contact info@prosysnepal.com

Prosys News Alert

Allow Cookies ?
Subscribe
 

Loading Comments...