Main Navigation
  • होमपेज
  • समाचार
  • राजनीति
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणिज्य
    • बैंक/बित्त
    • बीमा
    • सेयर बजार
  • कला / मनोरञ्जन
    • कलिवुड
    • बलिउड
    • हलिउड
  • सूचना-प्रविधि
  • अन्तराष्ट्रिय
  • विचार
  • अन्तर्वार्ता
Yes Nepal News
  • होमपेज
  • समाचार
  • राजनीति
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणिज्य
    • बैंक/बित्त
    • बीमा
    • सेयर बजार
  • कला / मनोरञ्जन
    • कलिवुड
    • बलिउड
    • हलिउड
  • सूचना-प्रविधि
  • अन्तराष्ट्रिय
  • विचार
  • अन्तर्वार्ता
Search Here
  • अर्थ/वाणिज्य
  • Home
  • News
  • गुगलदेखि मेटासम्मले नेपालमा तिरे साढे ४१ करोड कर
गुगलदेखि मेटासम्मले नेपालमा तिरे साढे ४१ करोड कर
64x64
एस नेपाल न्युज संवाददाता
३ महिना अगाडी

काठमाडौँ, १५ माघः  माइक्रोसफ्ट, गुगल, मेटा, टिकटक, एडोबी, नेटफ्लिक्स, अमेजन, एप्पलजस्ता विश्वका ठूला सामाजिक सञ्जाल एवं सूचना प्रविधि कम्पनीले नेपालमा विद्युतीय सेवा उपलब्ध गराएर एक वर्षमा पौने ३ अर्ब रुपैयाँ कारोबार गरेका छन् । गत आर्थिक वर्ष २०८०/८१ मा गरेको उक्त कारोबारबापत ती कम्पनीले साढे ४१ करोड कर तिरेका छन् । कर तिर्नेमध्ये एक अमेरिकी कम्पनी एक्लैले अधिकतम झन्डै १ अर्ब ३१ करोड रुपैयाँसम्म कारोबार गरेको छ ।

गत आर्थिक वर्षमा आन्तरिक राजस्व विभागमा दर्ता भई प्यान नम्बर लिएका १८ कम्पनीले २ अर्ब ७५ करोड ८० लाख ३२ हजार रुपैयाँको कारोबार गरेको ठूला करदाता कार्यालयले जनाएको छ । यसबापत ती कम्पनीले सरकारलाई ३५ करोड ८५ लाख ४४ हजार रुपैयाँ मूल्य अभिवृद्धि कर (भ्याट) र ५ करोड ८१ लाख ७५ हजार रुपैयाँ विद्युतीय सेवा कर तिरेका हुन् । भ्याट र विद्युतीय सेवा कर गरी ग्लोबल टेक कम्पनीबाट सरकारले कुल ४१ करोड ६७ लाख १९ हजार रुपैयाँ राजस्व प्राप्त गरेको छ ।

तीमध्ये सबैभन्दा धेरै कारोबार गर्ने एक कम्पनीले अधिकतम १७ करोड १० लाख रुपैयाँ भ्याट र २९ लाख ३६ हजार रुपैयाँ विद्युतीय सेवा कर बुझाएको थियो । आर्थिक ऐन २०८० बमोजिम वार्षिक २० लाख रुपैयाँभन्दा बढी कारोबार गर्ने गैरबासिन्दा व्यक्ति (कम्पनी) ले नेपालमा भएको वार्षिक कारोबार मूल्यको २ प्रतिशत विद्युतीय सेवा कर र १३ प्रतिशत भ्याट तिरेको कार्यालयका सूचना अधिकारी ध्रुवप्रसाद पाण्डेले जानकारी दिए ।

चालु आर्थिक वर्ष २०८१/८२ मा भने आर्थिक ऐन संशोधन गरेर २० लाख रुपैयाँको सट्टा वार्षिक ३० लाख रुपैयाँभन्दा बढीको कारोबारमा मात्रै उक्त कर लाग्ने उल्लेख गरिएको छ । यस वर्ष थप एउटा कम्पनी दर्ता भएसँगै १९ विदेशी प्रविधि कम्पनीले चालु आवको साउनदेखि मंसिर मसान्तसम्म ४९ करोड ३० लाख ४१ हजार रुपैयाँको कारोबार गरेर मासिक बुझाउनुपर्ने भ्याटबापत ६ करोड ४० लाख ९५ हजार रुपैयाँ ठूला करदाता कार्यालयमा दाखिल गरिसकेका छन् ।

‘दर्ता भएका सबै अन्तर्राष्ट्रिय कम्पनीले कर कानुनको पालना गरिरहेका छन्, तोकिएको समयभित्रै राजस्व रकम बुझाएका छन्,’ सूचना अधिकारी पाण्डेले भने, ‘यी कम्पनीका नेपालस्थित सम्पर्क व्यक्तिसँग छलफल पनि गरेका थियौं । उहाँहरूले कर तिर्ने विषयमा शंका गर्नु पर्दैन, विश्वका ठूला कर्पोरेट संस्था हुन्, तिर्छन् भनेर आश्वस्त पार्नुभएको छ ।’

हालसम्म नेपालमा गुगल एसिया प्यासिफिक, एनसीएस पियर्सन, लिंक्डइन सिंगापुर, मेटा प्लाटफर्म आयरल्यान्ड लिमिटेड, माइक्रोसफ्ट रिजनल सेल्स, अमेजन वेब सर्भिसेज, अमेजन डट कम सर्भिसेज, गुगल आयरल्यान्ड लिमिटेड, टिकटक प्रालि, एडोबी सिस्टम्स सफ्टवेयर आयरल्यान्ड लिमिटेड, नेटफ्लिक्स प्रालि, जोहो कर्पोरेसन प्रालि, गुगल डिजिटल इंक, प्रोमेट्रिक जापान कम्पनी लिमिटेड, एब्सको इन्टरनेसनल इंक, एसोसिएसन अफ चार्टर्ड सर्टिफाइड एकाउन्ट्स (एक्का) एसोसिएसन, पियर्सन एजुकेसन लिमिटेड, एप्पल डिस्ट्रिब्युसन इन्टरनेसनल लिमिटेड र एप्पल सर्भिसेज प्रालि राजस्व विभागको कर प्रणालीमा जोडिएका छन् ।

सरकारले आव २०७९/८० को बजेटमार्फत पहिलो पटक विद्युतीय सामाजिक सञ्जाललाई कर प्रणालीमा समावेश गर्ने घोषणा गरेको थियो । वर्ष २०७९ मै महालेखापरीक्षकको ५९ औं प्रतिवेदनले पनि युट्युब, टिकटक, गुगल मिट, जुम, माइक्रोसफ्ट टिमजस्ता एप्लिकेसन प्रयोगमा हुने भुक्तानीबाट राज्यको ठूलो धनराशि विदेशिएको औंल्याएको थियो ।

ती एप्लिकेसनले नेपालमा सेवा दिने भएकाले करको स्रोतको सिद्धान्तका आधारमा सो कारोबार विदेशबाट सञ्चालन भए पनि नेपालमा कर तिर्नुपर्ने प्रतिवेदनमा उल्लेख थियो । महालेखाले औंल्याएअनुसार आन्तरिक राजस्व विभागले २२ असार २०७९ मा विद्युतीय सेवा कर (डिजिटल सर्भिस ट्याक्स) सम्बन्धी कार्यविधि, २०७९ र गैरबासिन्दा व्यक्तिले प्रदान गर्ने विद्युतीय सेवामा मूल्य अभिवृद्धि करसम्बन्धी कार्यविधि, २०७९ जारी गरेको थियो ।

आव २०७९/८० को फागुनदेखि नेपालमा गुगल, मेटा, माइक्रोसफ्टजस्ता ८ कम्पनी दर्ता भएका थिए । उनीहरूले उक्त आवको ५ महिनामै ७० करोड ५४ लाख ५० हजार रुपैयाँ कारोबार गरेको ठूला करदाता कार्यालयलाई बुझाएको विवरणमा उल्लेख छ । त्यसबेला उनीहरूले ९ करोड १७ लाख ८ हजार रुपैयाँ भ्याट र १ करोड ७७ लाख २० हजार रुपैयाँ विद्युतीय सेवा कर बुझाएका थिए । त्यस बेला पनि एक अमेरिकी कम्पनी एक्लैले नेपालमा लगभग ७१ करोड रुपैयाँको कारोबार गरेर सबैभन्दा धेरै ५ करोड ७२ लाख रुपैयाँ भ्याट र ३५ लाख ९२ हजार रुपैयाँ विद्युतीय सेवा कर तिरेको करदाता कार्यालयले जनाएको छ । करदाता कम्पनीको नाम भने गोपनीयताका लागि कार्यालयले सार्वजनिक गरेको छैन ।

नेपालमा भौतिक उपस्थित नभएका तर नेपाली उपभोक्तालाई विद्युतीय सेवा दिने गैरबासिन्दा व्यक्ति (कम्पनी) हरूले मासिक रूपमा १३ प्रतिशत भ्याट तिर्नुपर्छ । त्यस्तै, विद्युतीय सेवा कर आय वर्ष सकिएको तीन महिनाभित्र भुक्तानी गर्नुपर्छ । गैरबासिन्दा व्यक्तिले प्रदान गर्ने विद्युतीय सेवामा मूल्य अभिवृद्धि करसम्बन्धी कार्यविधिमा विद्युतीय सेवाअन्तर्गत विज्ञापन, चलचित्र, टेलिभिजन, संगीत, ओभर द टप, क्लाउड सेवा, तथ्यांक संग्रह सेवा, गेमिङ, मोबाइल एपसम्बन्धी सेवा, सफ्टवेयर आपूर्ति, परामर्श, तालिम सेवालगायत समेटिएका छन् ।

सामाजिक सञ्जाल तथा इन्टरनेटमार्फत सेवा दिने अन्तर्राष्ट्रिय कम्पनीले नेपालमा तिर्दै आएको करका विषयमा विस्तृत विश्लेषण र तुलनात्मक अध्ययन बाँकी रहेको ठूला करदाता कार्यालयका सूचना अधिकारी पाण्डेले बताए । ‘अन्य दक्षिण एसियाली देशमा यस्ता कम्पनीले कति कर तिर्छन्, उनीहरूको कारोबारको परिमाण कस्तो छ र नेपालमा यससम्बन्धी कारोबार कत्रो हो भन्ने तथ्यांक र अध्ययन भएको छैन,’ उनले भने,  ‘नेपालमा लागू भएको विद्युतीय सेवासम्बन्धी कर कानुन मलेसियाको कानुनसँग मिल्दोजुल्दो छ तर मलेसिया र नेपालको डिजिटल अर्थतन्त्रबीच ठूलो भिन्नता भएकाले तुलनात्मक अध्ययन गर्न मिल्दैन ।’ आगामी आवको बजेटका लागि सुझाव दिन राजस्व परामर्श समिति गठन हुने प्रक्रियामा रहेको उल्लेख गर्दै पाण्डेले उक्त समितिले राजस्व संकलनका नयाँ क्षेत्र पहिचान गर्ने क्रममा विद्युतीय सेवा करका विभिन्न पक्षको विश्लेषण गर्ने अपेक्षा गरिएको बताए ।

आन्तरिक राजस्व विभागले भने गत मंसिर १ मा कर दिवसका अवसरमा सबैभन्दा धेरै विद्युतीय सेवा कर तिर्ने गैरबासिन्दा व्यक्तिलाई पनि सम्मान गर्ने विषयमा छलफल गरेको थियो । तर, नेपालमा विद्युतीय सेवाको कारोबार गर्ने विदेशी कम्पनीलाई करको दायरामा भित्र्याएको तीन वर्ष मात्रै भएकाले अहिले नै सम्मान गर्नु हतार हुने ठहर गरेर पछिलाई सारिएको विभागका उपमहानिर्देशक गोपीकृष्ण कोइरालाले बताए ।

‘राजस्वमा उच्च योगदान पुर्‍याउने विभिन्न क्षेत्रका करदातालाई विधागत रूपमा सम्मान गर्ने क्रममा विद्युतीय सेवा प्रदान गर्ने गैरबासिन्दा क्षेत्रबारे पनि अध्ययन गरेका थियौं,’ कोइरालाले भने, ‘नेपालमा अन्तर्राष्ट्रिय डिजिटल सेवा प्रदायकहरूलाई करको दायरामा आएको छोटो समय मात्र भएकाले अहिलेलाई थाती राख्यौं ।’

उनले यो क्षेत्रको कर प्रणालीलाई अझै बलियो बनाउन अध्ययन र विश्लेषण आवश्यक देखिएको धारणा राखे । ‘भारत, चीनको जत्रो हाम्रो जनसंख्या नभएकाले यो क्षेत्रबाट ती देशमा जति राजस्व संकलन हुँदैन,’ कोइरालाले भने, ‘हालका दिनमा ठूलो योगदान नदेखिए पनि सबै क्षेत्र क्रमशः डिजिटल भइरहेकाले भविष्यमा सरकारका लागि यो महत्त्वपूर्ण आर्थिक स्रोत बन्न सक्छ ।’

प्रकाशित मिति: ३ महिना अगाडी
अमेजनएप्पलगुगलटिकटकनेटफ्लिक्समाइक्रोसफ्टमेटा
प्रतिक्रिया दिनुहोस्

Leave a reply Cancel reply

Your email address will not be published. Required fields are marked *

The facebook comment plugin code goes here.
थप समाचार
Journey From Siddhartha to Buddha (Lumbini to Bodhgaya: Arvind Singh ३८ मिनेट अगाडी
Gautam Buddha University Under Visionary Leadership: Prof. Rana Pratap Singh २ घण्टा अगाडी
H.E. Naveen Srivastava – Strengthening the Pillars of India-Nepal Relations with Diplomatic Finesse ८ घण्टा अगाडी
युवराज सफल: मुद्दा हाल्ने अधिवक्ताबाट विवादित मोडलसम्मको यात्रा ८ घण्टा अगाडी
पूर्णायु आयुर्वेद हस्पिटललाई ऐतिहासिक श्रीगण्डकी शत कुण्डीय कोटिहोम विराट् ज्ञान महायज्ञमा विशेष सम्मान ९ घण्टा अगाडी
कोरियाबाट भैरहवा हुँदै विश्व बजारमा ‘हाङकुक चाउचाउ’: एनआरएनए नेता विनोद कुँवरको प्रिमियम नेपाली ब्रान्डले रच्दै नयाँ अध्याय ९ घण्टा अगाडी
विचार
Journey From Siddhartha to Buddha (Lumbini to Bodhgaya: Arvind Singh एस नेपाल न्युज संवाददाता
युवराज सफल: मुद्दा हाल्ने अधिवक्ताबाट विवादित मोडलसम्मको यात्रा एस नेपाल न्युज संवाददाता
भवन भट्टको महत्वपूर्ण स्पीच: आर्य होटेल एण्ड स्पाका प्रमुखलाई शुभकामना, विवि एयरवेज़ छिट्टै सञ्चालनमा आउने घोषणा (भिडियो) एस नेपाल न्युज संवाददाता
ब्लग
Journey From Siddhartha to Buddha (Lumbini to Bodhgaya: Arvind Singh एस नेपाल न्युज संवाददाता
युवराज सफल: मुद्दा हाल्ने अधिवक्ताबाट विवादित मोडलसम्मको यात्रा एस नेपाल न्युज संवाददाता
भवन भट्टको महत्वपूर्ण स्पीच: आर्य होटेल एण्ड स्पाका प्रमुखलाई शुभकामना, विवि एयरवेज़ छिट्टै सञ्चालनमा आउने घोषणा (भिडियो) एस नेपाल न्युज संवाददाता
लोकप्रीय
  • Week
  • Month
Journey From Siddhartha to Buddha (Lumbini to Bodhgaya: Arvind Singh
Gautam Buddha University Under Visionary Leadership: Prof. Rana Pratap Singh
H.E. Naveen Srivastava – Strengthening the Pillars of India-Nepal Relations with Diplomatic Finesse
युवराज सफल: मुद्दा हाल्ने अधिवक्ताबाट विवादित मोडलसम्मको यात्रा
पूर्णायु आयुर्वेद हस्पिटललाई ऐतिहासिक श्रीगण्डकी शत कुण्डीय कोटिहोम विराट् ज्ञान महायज्ञमा विशेष सम्मान
Journey From Siddhartha to Buddha (Lumbini to Bodhgaya: Arvind Singh
Gautam Buddha University Under Visionary Leadership: Prof. Rana Pratap Singh
H.E. Naveen Srivastava – Strengthening the Pillars of India-Nepal Relations with Diplomatic Finesse
युवराज सफल: मुद्दा हाल्ने अधिवक्ताबाट विवादित मोडलसम्मको यात्रा
पूर्णायु आयुर्वेद हस्पिटललाई ऐतिहासिक श्रीगण्डकी शत कुण्डीय कोटिहोम विराट् ज्ञान महायज्ञमा विशेष सम्मान
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
सुन-चाँदि
सेयर बजार
Contact Us

Yes Nepal News Pvt. Ltd.

Balkhu, Kathmandu, Nepal
Email: yesnepalnewstv@gmail.com
URL: www.yesnepalnews.com.np

Phone

Marketing: +977-9843669561
Team
अध्यक्ष / प्रधान सम्पादक एचबी ताम्राकार (हर्क बहादुर)
प्रबन्ध निर्देशक / सम्पादक राजेन्द्र ताम्राकार
समाचार प्रमुख सुमन श्रेष्ठ
संवाददाता सुमन श्रेष्ठ सुमन श्रेष्ठ
बजार प्रमुख सुमन श्रेष्ठ
महत्वपूर्ण लिङ्कहरु
  • हाम्रो टीम
  • साइटम्याप
  • गोपनीयता नीति
  • नियम तथा सर्त
  • हामीसँग विज्ञापन गर्नुहोस्
साइट नेविगेशन
  • हाम्रो टीम
  • साइटम्याप
  • गोपनीयता नीति
  • नियम तथा सर्त
  • हामीसँग विज्ञापन गर्नुहोस्
© Yes Nepal News Pvt. Ltd. -2025 All rights reserved. Site by: PROSYS

Prosys Add Ons

This feature is an add-on feature and can be implemented for additional fees.

Please contact info@prosysnepal.com

Prosys News Alert

Allow Cookies ?
Subscribe
 

Loading Comments...