Main Navigation
  • होमपेज
  • समाचार
  • राजनीति
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणिज्य
    • बैंक/बित्त
    • बीमा
    • सेयर बजार
  • कला / मनोरञ्जन
    • कलिवुड
    • बलिउड
    • हलिउड
  • सूचना-प्रविधि
  • अन्तराष्ट्रिय
  • विचार
  • अन्तर्वार्ता
Yes Nepal News
  • होमपेज
  • समाचार
  • राजनीति
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणिज्य
    • बैंक/बित्त
    • बीमा
    • सेयर बजार
  • कला / मनोरञ्जन
    • कलिवुड
    • बलिउड
    • हलिउड
  • सूचना-प्रविधि
  • अन्तराष्ट्रिय
  • विचार
  • अन्तर्वार्ता
Search Here
  • कोशी प्रदेश
  • Home
  • News
  • नाचिन छाडे सांस्कृतिक नाच ‘धाननाच’
नाचिन छाडे सांस्कृतिक नाच ‘धाननाच’
64x64
एस नेपाल न्युज संवाददाता
३ महिना अगाडी

तेह्रथुम, १३ माघः पूर्वी नेपालमा मूल रूपमा बसोबास गर्ने याक्थुङ (लिम्बू) जातिको सांस्कृतिक नाच धाननाच लोपोन्मुख अवस्थामा पुगेको छ ।

याक्थुङ (लिम्बू) समुदायमा हुने सुखदुःखका कर्मकाण्डसँगै मेलाहाट, विभिन्न पर्व र उत्सवमा युवायुवतीबीच एकापसमा हात समाएर गोलाकार घेरा बनाई धान नाच्ने संस्कृति छ । पचासको दशकसम्म अत्यन्तै लोकप्रिय धाननाच पछिल्लो समय लोप हुने अवस्थामा पुगेको किरात याक्थुङ चुम्लुङ म्याङलुङ नगर समितिका अध्यक्ष साम थाम्देनले बताउनुभयो ।

उहाँका अनुसार उसबेला मेलाहाट, बिबाह, बर्खान्तजस्ता जमघटमा मात्र नभएर युवायुवतीबीच भाका राखी निश्चित ठाउँमा भेट गरेर पनि धान नाच्ने गरिन्थ्यो । तर अहिले त्यतिबेला जस्तो धान नाचेको कतै देखिँदैन । समयक्रमसँगै धाननाच बेलाबखत आयोजना हुने कार्यक्रमका स्टेज र भिडियोमा सीमित हुन पुगेको छ ।

धाननाच याक्थुङ (लिम्बू) जातिको एक सम्मानित सांस्कृतिक नाच भएको किरात याक्थुङ चुम्लुङका अध्यक्ष सेसेहाङ हुक्पा चोङबाङ बताउनुहुन्छ । उहाँका अनुसार धान नाच्नपूर्व केटा पक्ष र केटी पक्षबीच साइनो सम्बन्ध केलाइन्छ । यदि साइनो–सम्बन्ध लागेमा क्षमायाचना गर्दै छुट्नुपर्छ । धाननाचका क्रममा अञ्जानवश एकले अर्काको खुट्टा टेकिएमा वा जीउमा छुन पुगेमा दुईहात जोडेर माफी माग्नुपर्छ ।

धान नाच्दा पालाम (धान नाच्दा गाइने एक प्रकारको गीत) गाइन्छ । धाननाचमा पालाम गाउनु अनिवार्य मानिन्छ । केटा पक्ष र केटी पक्षबीच चरणचरण गरेर सवालजवाफमा गाइने पालाममा सृष्टि उत्पत्तिको प्रसङ्ग, मानवसभ्यताको विकासक्रमका सन्दर्भ, मुन्धुमको चर्चा र मायापिरतीसम्मका कुरा गरिन्छ ।

पालामी सवालजवाफका क्रममा एकापसमा माया बस्न गई विवाहसमेत हुन पुग्छ । अध्यक्ष चोङबाङले भन्नुभयो, “याक्थुङ (लिम्बू) गाउँघरमा धान नाच्ने क्रममा पालाम गाउँदागाउँदै माया बसेर विवाह गरेका जोडी अहिले पनि भेटिन्छन् ।”

याक्थुङ (लिम्बू) जातिको इतिहास र संस्कृतिसम्बन्धी विज्ञहरूका अनुसार मानिसहरू कृषि युगमा प्रवेश गरेपछि धाननाचको सुरुआत भएको हो । मुन्धुममा वर्णन गरिएअनुसार धपाउन नपाउने शर्तमा फाङ्भङना नामको चराले घैया धानको बीउ ल्याएर दिएपछि मानिसले खेतीपाती गर्न थाले । तर, उनीहरुले फलाएको अन्न दिनदिनै हुलकाहुल चरा आएर खाइदिन थाले । चरालाई धपाउन नपाइने शर्तकाबीच मानिसहरूले अन्न जोगाउने नयाँ उपाय खोजे । उनीहरूले पाकेको अन्नलाई खला बनाई एकैठाउँ जम्मा गरे । युवायुवती भेला भएर एकापसमा हात समाइ गोलो घेरा बनाए ‘छुइ हा .. हा ..’ भन्दै धान कुल्चन थाले । यहीँ या?लाक् (धान कुल्चनु) नै पछि या?लाङ् (धाननाच) भएको र चरा धपाउन प्रयोग गरिएको ‘छुइ हा .. हा ..’ बाटै पालामको व्युत्पत्ति भएको बताइन्छ । अहिले धान नाच्ने ठाउँलाई ‘खला’ भन्ने गरिन्छ भने पालाम गाउँदा ‘छुई हा .. हा ..’ वा ‘हाई हा .. हा ..’ भन्ने थेगो प्रयोग गरिने लामो धाननाच संरक्षण अभियन्ता राधा फोम्बोले बताउनुभयो ।

याक्थुङ (लिम्बू) जातिको चिनारी र पहिचान बोकेको यहीँ धाननाच लोप हुने अवस्थामा पुग्नु दुखद् भएको याक्थुङ तङनाम संरक्षण समिति आठराईका संयोजक ताराबहादुर कन्दङवा बताउनुहुन्छ । पाश्चात्य संस्कृतिको बढ्दो प्रभावले युवापुस्ताले बिर्सिँदै गएको धाननाचसँगै अन्य मौलिक सांस्कृतिक सम्पदाहरूको संरक्षणमा जुट्नुपर्ने उहाँको भनाइ छ ।

प्रकाशित मिति: ३ महिना अगाडी
तेह्रथुमधाननाचयाक्थुङ जातिलिम्बू जाति
प्रतिक्रिया दिनुहोस्

Leave a reply Cancel reply

Your email address will not be published. Required fields are marked *

The facebook comment plugin code goes here.
थप समाचार
काठमाडौंको मखनमा भीषण आगलागी, एक जनाको मृत्यु (भिडियो) ३९ मिनेट अगाडी
Journey From Siddhartha to Buddha (Lumbini to Bodhgaya: Arvind Singh ३ घण्टा अगाडी
Gautam Buddha University Under Visionary Leadership: Prof. Rana Pratap Singh ४ घण्टा अगाडी
H.E. Naveen Srivastava – Strengthening the Pillars of India-Nepal Relations with Diplomatic Finesse ११ घण्टा अगाडी
युवराज सफल: मुद्दा हाल्ने अधिवक्ताबाट विवादित मोडलसम्मको यात्रा ११ घण्टा अगाडी
पूर्णायु आयुर्वेद हस्पिटललाई ऐतिहासिक श्रीगण्डकी शत कुण्डीय कोटिहोम विराट् ज्ञान महायज्ञमा विशेष सम्मान ११ घण्टा अगाडी
विचार
Journey From Siddhartha to Buddha (Lumbini to Bodhgaya: Arvind Singh एस नेपाल न्युज संवाददाता
युवराज सफल: मुद्दा हाल्ने अधिवक्ताबाट विवादित मोडलसम्मको यात्रा एस नेपाल न्युज संवाददाता
भवन भट्टको महत्वपूर्ण स्पीच: आर्य होटेल एण्ड स्पाका प्रमुखलाई शुभकामना, विवि एयरवेज़ छिट्टै सञ्चालनमा आउने घोषणा (भिडियो) एस नेपाल न्युज संवाददाता
ब्लग
Journey From Siddhartha to Buddha (Lumbini to Bodhgaya: Arvind Singh एस नेपाल न्युज संवाददाता
युवराज सफल: मुद्दा हाल्ने अधिवक्ताबाट विवादित मोडलसम्मको यात्रा एस नेपाल न्युज संवाददाता
भवन भट्टको महत्वपूर्ण स्पीच: आर्य होटेल एण्ड स्पाका प्रमुखलाई शुभकामना, विवि एयरवेज़ छिट्टै सञ्चालनमा आउने घोषणा (भिडियो) एस नेपाल न्युज संवाददाता
लोकप्रीय
  • Week
  • Month
काठमाडौंको मखनमा भीषण आगलागी, एक जनाको मृत्यु (भिडियो)
Journey From Siddhartha to Buddha (Lumbini to Bodhgaya: Arvind Singh
Gautam Buddha University Under Visionary Leadership: Prof. Rana Pratap Singh
H.E. Naveen Srivastava – Strengthening the Pillars of India-Nepal Relations with Diplomatic Finesse
युवराज सफल: मुद्दा हाल्ने अधिवक्ताबाट विवादित मोडलसम्मको यात्रा
काठमाडौंको मखनमा भीषण आगलागी, एक जनाको मृत्यु (भिडियो)
Journey From Siddhartha to Buddha (Lumbini to Bodhgaya: Arvind Singh
Gautam Buddha University Under Visionary Leadership: Prof. Rana Pratap Singh
H.E. Naveen Srivastava – Strengthening the Pillars of India-Nepal Relations with Diplomatic Finesse
युवराज सफल: मुद्दा हाल्ने अधिवक्ताबाट विवादित मोडलसम्मको यात्रा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
सुन-चाँदि
सेयर बजार
Contact Us

Yes Nepal News Pvt. Ltd.

Balkhu, Kathmandu, Nepal
Email: yesnepalnewstv@gmail.com
URL: www.yesnepalnews.com.np

Phone

Marketing: +977-9843669561
Team
अध्यक्ष / प्रधान सम्पादक एचबी ताम्राकार (हर्क बहादुर)
प्रबन्ध निर्देशक / सम्पादक राजेन्द्र ताम्राकार
समाचार प्रमुख सुमन श्रेष्ठ
संवाददाता सुमन श्रेष्ठ सुमन श्रेष्ठ
बजार प्रमुख सुमन श्रेष्ठ
महत्वपूर्ण लिङ्कहरु
  • हाम्रो टीम
  • साइटम्याप
  • गोपनीयता नीति
  • नियम तथा सर्त
  • हामीसँग विज्ञापन गर्नुहोस्
साइट नेविगेशन
  • हाम्रो टीम
  • साइटम्याप
  • गोपनीयता नीति
  • नियम तथा सर्त
  • हामीसँग विज्ञापन गर्नुहोस्
© Yes Nepal News Pvt. Ltd. -2025 All rights reserved. Site by: PROSYS

Prosys Add Ons

This feature is an add-on feature and can be implemented for additional fees.

Please contact info@prosysnepal.com

Prosys News Alert

Allow Cookies ?
Subscribe
 

Loading Comments...