Main Navigation
  • होमपेज
  • समाचार
  • राजनीति
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणिज्य
    • बैंक/बित्त
    • बीमा
    • सेयर बजार
  • कला / मनोरञ्जन
    • कलिवुड
    • बलिउड
    • हलिउड
  • सूचना-प्रविधि
  • अन्तराष्ट्रिय
  • विचार
  • अन्तर्वार्ता
Yes Nepal News
  • होमपेज
  • समाचार
  • राजनीति
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणिज्य
    • बैंक/बित्त
    • बीमा
    • सेयर बजार
  • कला / मनोरञ्जन
    • कलिवुड
    • बलिउड
    • हलिउड
  • सूचना-प्रविधि
  • अन्तराष्ट्रिय
  • विचार
  • अन्तर्वार्ता
Search Here
  • पर्यटन
  • Home
  • News
  • साँखुको मौलिक संस्कृति चिनाउन महोत्सव
साँखुको मौलिक संस्कृति चिनाउन महोत्सव
64x64
एस नेपाल न्युज संवाददाता
३ महिना अगाडी

काठमाडौँ, १३ माघ : तीन हजार तीन सय २५ वर्ष पहिले तत्कालीन साँखु क्षेत्रका राजा शङ्खदेवले वास्तुकलाले युक्त सात गाउँ समेटेर सहरको निर्माण गरे । त्यसलाई साँखु नाम दिइयो । नेवारी भाषामा यसलाई सक्व भनियो । लामो समयसम्म वास्तुकलाका विद्यार्थीका लागि साँखु सहर अध्ययन गर्ने स्थल बन्यो । स्वदेशी एवं विदेशी पर्यटकका लागि ऐतिहासिक, सांस्कृतिक, पुरातात्विक र धार्मिक महत्वको यो सहर दर्शनीयस्थलका रूपमा स्थापित भयो ।

विस्तारै यहाँका मौलिक घरका स्थानमा आधुनिक कङ्क्रिटका घर बन्न थाले । विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षति गरेपछि साँखुको मौलिकतामा आधुनिक घर बन्ने क्रम अझै बढ्यो । विस्तारै साँखु सहरको मौलिकता गुम्ने खतरा बढ्न थाल्यो । शङ्खदेवले बनाएको सहरका आठ ढोकामध्ये अहिले पाँचवटा मात्र अस्तित्वमा छन् ।

कति पोखरी मासिए, यस्ता धेरै सम्पदा मासिन थालेपछि यहाँको मौलिकता हेर्न आउने आन्तरिक एवं बाह्य पर्यटकको सङ्ख्या पनि कमी हुन थाल्यो । प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म साँखुको शालीनदीमा लाग्ने श्रीस्वस्थानी माधवनारायण मेलामा लाखौँ धार्मिक पर्यटक आउने तर मौलिक सम्पदा सहरमा नजाने अवस्था आउन थालेपछि स्थानीय सरकार जुर्मुराएर शङ्खरापुर सक्व महोत्सव आयोजना गर्न कस्सियो ।

 

महोत्सवका बारेमा जानकारी दिन नरपालिकाले साँखुमा आयोजना गरेको पत्रकार सम्मेलनमा नगरप्रमुख रमेश नापितले काठमाडौँ उपत्यका जलमग्न हुँदा बस्ती बसिसकेको मौलिक सम्पदाले भरिपूर्ण सहर साँखुलाई विश्वभर परिचित गराउने उद्देश्यले महोत्सव आयोजना गरिएको बताउनुभयो । वार्षिक रूपमा शालीनदीमा ३० देखि ४० लाख पर्यटक आउने भएकाले तिनलाई मौलिक सहरको प्राचीन बस्ती पनि घुमाउने उद्देश्यले शालीनदी मेलाकै अवसर पारेर यही माघ १६ देखि १९ गतेसम्म महोत्सव आयोजना गरिएको उहाँको भनाइ छ ।

बज्रयोगिनी, शालीनदी र प्राचीन बस्तीले युक्त साँखु सहरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पनि नगरपालिकाले पहल गरिरहेको नगरप्रमुख नापितले बताउनुभयो । नगरपालिका वडा नं ८ का वडाध्यक्ष पोते थिङ बज्रयोगिनी र मणिचुडलाई जोडेर यहाँ अर्को महोत्सव पनि वैशाखमा गर्नेगरी तयारी गरिएको बताउनुहुन्छ । यसअघि आर्थिक वर्ष २०७३÷७४ मा बज्रयोगिनी मणिचुड महोत्सव गरिएको उल्लेख गर्नुहुँदै उहाँ त्यस क्षेत्रको पर्यटन प्रवर्द्धनका लागि फेरि महोत्सवको तयारी भइरहेको सुनाउनुहुन्छ । स्वदेशी एवं विदेशी पर्यटकलाई शङ्खरापुरमा रहेका प्राचीनकालका मठमन्दिर चिनाउन महोत्सव प्रभावकारी माध्यम हुने वडाध्यक्ष थिङको विश्वास छ ।

नगरपालिका वडा नं ७ का वडाध्यक्ष विष्णुप्रसाद श्रेष्ठ प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमाका अवसर पारेर शालीनदी पुग्ने तर साँखुको प्राचीन मौलिक सहर नचिन्नेका लागि महोत्सव वरदान सावित हुने बताउनुहुन्छ । नगरपालिकाका प्रवक्तासमेत रहनुभएका वडा नं ६ का वडाध्यक्ष राधाकृष्ण श्रेष्ठ शालीनदीमा प्रत्येक वर्ष आउने धार्मिक पर्यटक बढ्ने तर प्राचीन सहरमा पर्यटक नपुग्ने अवस्थाको अन्त्यका लागि महोत्सव आयोजना गरिएको बताउनुहुन्छ ।

प्रकाशित मिति: ३ महिना अगाडी
राजा शङ्खदेवसाँखु
प्रतिक्रिया दिनुहोस्

Leave a reply Cancel reply

Your email address will not be published. Required fields are marked *

The facebook comment plugin code goes here.
थप समाचार
Journey From Siddhartha to Buddha (Lumbini to Bodhgaya: Arvind Singh १७ मिनेट अगाडी
Gautam Buddha University Under Visionary Leadership: Prof. Rana Pratap Singh १ घण्टा अगाडी
H.E. Naveen Srivastava – Strengthening the Pillars of India-Nepal Relations with Diplomatic Finesse ८ घण्टा अगाडी
युवराज सफल: मुद्दा हाल्ने अधिवक्ताबाट विवादित मोडलसम्मको यात्रा ८ घण्टा अगाडी
पूर्णायु आयुर्वेद हस्पिटललाई ऐतिहासिक श्रीगण्डकी शत कुण्डीय कोटिहोम विराट् ज्ञान महायज्ञमा विशेष सम्मान ८ घण्टा अगाडी
कोरियाबाट भैरहवा हुँदै विश्व बजारमा ‘हाङकुक चाउचाउ’: एनआरएनए नेता विनोद कुँवरको प्रिमियम नेपाली ब्रान्डले रच्दै नयाँ अध्याय ८ घण्टा अगाडी
विचार
Journey From Siddhartha to Buddha (Lumbini to Bodhgaya: Arvind Singh एस नेपाल न्युज संवाददाता
युवराज सफल: मुद्दा हाल्ने अधिवक्ताबाट विवादित मोडलसम्मको यात्रा एस नेपाल न्युज संवाददाता
भवन भट्टको महत्वपूर्ण स्पीच: आर्य होटेल एण्ड स्पाका प्रमुखलाई शुभकामना, विवि एयरवेज़ छिट्टै सञ्चालनमा आउने घोषणा (भिडियो) एस नेपाल न्युज संवाददाता
ब्लग
Journey From Siddhartha to Buddha (Lumbini to Bodhgaya: Arvind Singh एस नेपाल न्युज संवाददाता
युवराज सफल: मुद्दा हाल्ने अधिवक्ताबाट विवादित मोडलसम्मको यात्रा एस नेपाल न्युज संवाददाता
भवन भट्टको महत्वपूर्ण स्पीच: आर्य होटेल एण्ड स्पाका प्रमुखलाई शुभकामना, विवि एयरवेज़ छिट्टै सञ्चालनमा आउने घोषणा (भिडियो) एस नेपाल न्युज संवाददाता
लोकप्रीय
  • Week
  • Month
Journey From Siddhartha to Buddha (Lumbini to Bodhgaya: Arvind Singh
Gautam Buddha University Under Visionary Leadership: Prof. Rana Pratap Singh
H.E. Naveen Srivastava – Strengthening the Pillars of India-Nepal Relations with Diplomatic Finesse
युवराज सफल: मुद्दा हाल्ने अधिवक्ताबाट विवादित मोडलसम्मको यात्रा
पूर्णायु आयुर्वेद हस्पिटललाई ऐतिहासिक श्रीगण्डकी शत कुण्डीय कोटिहोम विराट् ज्ञान महायज्ञमा विशेष सम्मान
Journey From Siddhartha to Buddha (Lumbini to Bodhgaya: Arvind Singh
Gautam Buddha University Under Visionary Leadership: Prof. Rana Pratap Singh
H.E. Naveen Srivastava – Strengthening the Pillars of India-Nepal Relations with Diplomatic Finesse
युवराज सफल: मुद्दा हाल्ने अधिवक्ताबाट विवादित मोडलसम्मको यात्रा
पूर्णायु आयुर्वेद हस्पिटललाई ऐतिहासिक श्रीगण्डकी शत कुण्डीय कोटिहोम विराट् ज्ञान महायज्ञमा विशेष सम्मान
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
सुन-चाँदि
सेयर बजार
Contact Us

Yes Nepal News Pvt. Ltd.

Balkhu, Kathmandu, Nepal
Email: yesnepalnewstv@gmail.com
URL: www.yesnepalnews.com.np

Phone

Marketing: +977-9843669561
Team
अध्यक्ष / प्रधान सम्पादक एचबी ताम्राकार (हर्क बहादुर)
प्रबन्ध निर्देशक / सम्पादक राजेन्द्र ताम्राकार
समाचार प्रमुख सुमन श्रेष्ठ
संवाददाता सुमन श्रेष्ठ सुमन श्रेष्ठ
बजार प्रमुख सुमन श्रेष्ठ
महत्वपूर्ण लिङ्कहरु
  • हाम्रो टीम
  • साइटम्याप
  • गोपनीयता नीति
  • नियम तथा सर्त
  • हामीसँग विज्ञापन गर्नुहोस्
साइट नेविगेशन
  • हाम्रो टीम
  • साइटम्याप
  • गोपनीयता नीति
  • नियम तथा सर्त
  • हामीसँग विज्ञापन गर्नुहोस्
© Yes Nepal News Pvt. Ltd. -2025 All rights reserved. Site by: PROSYS

Prosys Add Ons

This feature is an add-on feature and can be implemented for additional fees.

Please contact info@prosysnepal.com

Prosys News Alert

Allow Cookies ?
Subscribe
 

Loading Comments...