Main Navigation
  • होमपेज
  • समाचार
  • राजनीति
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणिज्य
    • बैंक/बित्त
    • बीमा
    • सेयर बजार
  • कला / मनोरञ्जन
    • कलिवुड
    • बलिउड
    • हलिउड
  • सूचना-प्रविधि
  • अन्तराष्ट्रिय
  • विचार
  • अन्तर्वार्ता
Yes Nepal News
  • होमपेज
  • समाचार
  • राजनीति
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणिज्य
    • बैंक/बित्त
    • बीमा
    • सेयर बजार
  • कला / मनोरञ्जन
    • कलिवुड
    • बलिउड
    • हलिउड
  • सूचना-प्रविधि
  • अन्तराष्ट्रिय
  • विचार
  • अन्तर्वार्ता
Search Here
  • कोशी प्रदेश
  • Home
  • News
  • तमोर करिडोर मार्फत गाडी टिप्ताला पुग्यो
तमोर करिडोर मार्फत गाडी टिप्ताला पुग्यो
64x64
एस नेपाल न्युज संवाददाता
३ महिना अगाडी

फुङ्लिङ (ताप्लेजुङ), ११ माघः चीनको स्वशासित क्षेत्र तिब्बतसँग जोडिएको नेपालको टिप्ताला क्षेत्रमा नेपाली सवारीसाधन सञ्चालनले नयाँ सम्भावनाको ढोका खोलिदिएको छ । तमोर करिडोरको मर्मतपश्चात कच्ची सडकमार्ग हुँदै टिपतालासम्म जीप, ट्रयाक्टरलगायत सवारीसाधन नियमित रूपमा पुग्न थालेका छन् ।

टिपताला क्षेत्रको सहज पहुँचले पर्यटन प्रवर्द्धनमा सकारात्मक प्रभाव पारेको छ । फक्ताङलुङ गाउँपालिका–७ का वडाध्यक्ष छेतेन शेर्पाका अनुसार सडक मर्मतसँगै अहिले धेरै यात्रु टिपताला क्षेत्र भ्रमण गर्न सवारीमार्फत आउन थालेका छन् । पहिले कठिन यात्राका रूपमा लिइने यो खण्डमा अहिले सहज रूपमा सवारीसाधन चल्न थालेपछि आन्तरिक पर्यटकको आगमन बढेको छ ।

फक्ताङलुङ गाउँपालिका–६ को लेलेप र ७ को ओलाङचुङ्गोला हुँदै टिप्तालासम्मको खण्डमा खाल्डाखुल्डी पुर्ने, ह्युमपाइप राख्ने र नदी तथा खोल्साका भागलाई मर्मत गरिएपछि सवारी सञ्चालन सम्भव भएको हो । फुङ्लिङबाट टिपताला पुगेर फर्किने यात्रा अब तीन दिनमा सम्भव भएको छ । ताप्लेजुङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष नारायण थापाको नेतृत्वमा गएको व्यवसायीको टोलीले तीन दिनभित्रै फुङ्लिङ–टिप्ताला ओहोरदोहोर गरेको छ । अध्यक्ष थापाका अनुसार यो खण्डमा नियमित व्यापारिक गतिविधि सञ्चालन गर्न सकिने सम्भावना बढेको छ । पानी र हिलोको समस्या केही ठाउँमा भए पनि समग्र यात्रा सहज छ ।

ओलाङचुगोलासम्म नियमित यातायात सञ्चालन भइरहेको फक्ताङलुङ गाउँपालिकाका कार्यपालिका सदस्य तथा ओलाचुङगोलाका स्थानीय फुपुल्हमु श्रेष्ठका अनुसार पहिले आवश्यक सामग्री ढुवानी गर्न ठूलो खर्च हुन्थ्यो, अहिले गाउँमा गाडी आइपुग्छ सहज भएको छ ।

वडाध्यक्ष शेर्पाका अनुसार सुक्खा मौसममा मात्र सवारीसाधन सञ्चालन सम्भव भए पनि यदि तमोर नदीका मुख्य भागमा पक्की पुल निर्माण गरियो भने बर्खामा पनि सहज आवागमन हुनसक्छ । वडाध्यक्ष शेर्पाले भन्नुभयो, “सुकेपानी, जोङ्गिन र फेदी क्षेत्रमा पुल बनेपछि सधैँभरि टिप्ताला पुग्न सम्भव हुनेछ ।”

फक्ताङलुङ गाउँपालिकाका अध्यक्ष राजन लिम्बूका अनुसार सुकेपानीमा बेलिब्रिज निर्माणका लागि ठेक्का प्रक्रिया अघि बढिसकेको छ । जोङ्गिन र ओलाङचुङ्गोलाका क्षेत्रमा मोटर गुड्ने पुल निर्माण भएमा टिप्ताला क्षेत्र पर्यटन र व्यापारको केन्द्रविन्दु बन्न सक्छ । तिब्बतको डिङ्जी काउन्टी सरकार र ताप्लेजुङका सुरक्षा अधिकारीबीच भएको बैठकले पनि यस क्षेत्रमा थप अवसर सिर्जना गर्न सक्ने सङ्केत गरेको छ ।

तिब्बत सरकारले टिपतालाबाट फुङ्लिङसम्मको सडक कालोपत्र गरिदिन इच्छुक रहेको जनाएपछि सरकारले प्रस्ताव अघि बढाउने तयारी गरेको छ । ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार सरकार–सरकार सहकार्यमार्फत प्रस्ताव आएमा तिब्बतले सडक कालोपत्र गर्ने वचन दिएको छ । टिपतालासम्म सवारीसाधन सञ्चालनले ताप्लेजुङका दुर्गम क्षेत्रको विकास र सम्भावनालाई उजागर गरेको छ । सडक मर्मत, पुल निर्माण र अन्तरदेशीय सहकार्यले यो क्षेत्र पर्यटन र व्यापारिक केन्द्रका रूपमा स्थापित हुने अपेक्षा गरिएको छ ।.

प्रकाशित मिति: ३ महिना अगाडी
तमोर करिडोरताप्लेजुङफुङ्लिङ
प्रतिक्रिया दिनुहोस्

Leave a reply Cancel reply

Your email address will not be published. Required fields are marked *

The facebook comment plugin code goes here.
थप समाचार
Prabin Gurung: A Visionary Leader Bridging Nepali Diaspora and Development (Video) १३ मिनेट अगाडी
काठमाडौंको मखनमा भीषण आगलागी, एक जनाको मृत्यु (भिडियो) ४ घण्टा अगाडी
Journey From Siddhartha to Buddha (Lumbini to Bodhgaya: Arvind Singh ६ घण्टा अगाडी
Gautam Buddha University Under Visionary Leadership: Prof. Rana Pratap Singh ८ घण्टा अगाडी
H.E. Naveen Srivastava – Strengthening the Pillars of India-Nepal Relations with Diplomatic Finesse १४ घण्टा अगाडी
युवराज सफल: मुद्दा हाल्ने अधिवक्ताबाट विवादित मोडलसम्मको यात्रा १४ घण्टा अगाडी
विचार
Journey From Siddhartha to Buddha (Lumbini to Bodhgaya: Arvind Singh एस नेपाल न्युज संवाददाता
युवराज सफल: मुद्दा हाल्ने अधिवक्ताबाट विवादित मोडलसम्मको यात्रा एस नेपाल न्युज संवाददाता
भवन भट्टको महत्वपूर्ण स्पीच: आर्य होटेल एण्ड स्पाका प्रमुखलाई शुभकामना, विवि एयरवेज़ छिट्टै सञ्चालनमा आउने घोषणा (भिडियो) एस नेपाल न्युज संवाददाता
ब्लग
Journey From Siddhartha to Buddha (Lumbini to Bodhgaya: Arvind Singh एस नेपाल न्युज संवाददाता
युवराज सफल: मुद्दा हाल्ने अधिवक्ताबाट विवादित मोडलसम्मको यात्रा एस नेपाल न्युज संवाददाता
भवन भट्टको महत्वपूर्ण स्पीच: आर्य होटेल एण्ड स्पाका प्रमुखलाई शुभकामना, विवि एयरवेज़ छिट्टै सञ्चालनमा आउने घोषणा (भिडियो) एस नेपाल न्युज संवाददाता
लोकप्रीय
  • Week
  • Month
Prabin Gurung: A Visionary Leader Bridging Nepali Diaspora and Development (Video)
काठमाडौंको मखनमा भीषण आगलागी, एक जनाको मृत्यु (भिडियो)
Journey From Siddhartha to Buddha (Lumbini to Bodhgaya: Arvind Singh
Gautam Buddha University Under Visionary Leadership: Prof. Rana Pratap Singh
H.E. Naveen Srivastava – Strengthening the Pillars of India-Nepal Relations with Diplomatic Finesse
Prabin Gurung: A Visionary Leader Bridging Nepali Diaspora and Development (Video)
काठमाडौंको मखनमा भीषण आगलागी, एक जनाको मृत्यु (भिडियो)
Journey From Siddhartha to Buddha (Lumbini to Bodhgaya: Arvind Singh
Gautam Buddha University Under Visionary Leadership: Prof. Rana Pratap Singh
H.E. Naveen Srivastava – Strengthening the Pillars of India-Nepal Relations with Diplomatic Finesse
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
सुन-चाँदि
सेयर बजार
Contact Us

Yes Nepal News Pvt. Ltd.

Balkhu, Kathmandu, Nepal
Email: yesnepalnewstv@gmail.com
URL: www.yesnepalnews.com.np

Phone

Marketing: +977-9843669561
Team
अध्यक्ष / प्रधान सम्पादक एचबी ताम्राकार (हर्क बहादुर)
प्रबन्ध निर्देशक / सम्पादक राजेन्द्र ताम्राकार
समाचार प्रमुख सुमन श्रेष्ठ
संवाददाता सुमन श्रेष्ठ सुमन श्रेष्ठ
बजार प्रमुख सुमन श्रेष्ठ
महत्वपूर्ण लिङ्कहरु
  • हाम्रो टीम
  • साइटम्याप
  • गोपनीयता नीति
  • नियम तथा सर्त
  • हामीसँग विज्ञापन गर्नुहोस्
साइट नेविगेशन
  • हाम्रो टीम
  • साइटम्याप
  • गोपनीयता नीति
  • नियम तथा सर्त
  • हामीसँग विज्ञापन गर्नुहोस्
© Yes Nepal News Pvt. Ltd. -2025 All rights reserved. Site by: PROSYS

Prosys Add Ons

This feature is an add-on feature and can be implemented for additional fees.

Please contact info@prosysnepal.com

Prosys News Alert

Allow Cookies ?
Subscribe
 

Loading Comments...