Main Navigation
  • होमपेज
  • समाचार
  • राजनीति
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणिज्य
    • बैंक/बित्त
    • बीमा
    • सेयर बजार
  • कला / मनोरञ्जन
    • कलिवुड
    • बलिउड
    • हलिउड
  • सूचना-प्रविधि
  • अन्तराष्ट्रिय
  • विचार
  • अन्तर्वार्ता
Yes Nepal News
  • होमपेज
  • समाचार
  • राजनीति
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणिज्य
    • बैंक/बित्त
    • बीमा
    • सेयर बजार
  • कला / मनोरञ्जन
    • कलिवुड
    • बलिउड
    • हलिउड
  • सूचना-प्रविधि
  • अन्तराष्ट्रिय
  • विचार
  • अन्तर्वार्ता
Search Here
  • अन्तराष्ट्रिय
  • Home
  • News
  • सुडानको युद्धबाट दक्षिण सुडानमा १० लाख मानिस पलायन : संयुक्त राष्ट्रसङ्घ
सुडानको युद्धबाट दक्षिण सुडानमा १० लाख मानिस पलायन : संयुक्त राष्ट्रसङ्घ
64x64
एस नेपाल न्युज संवाददाता
३ महिना अगाडी

काठमाडौँ, ९ माघ :  अहिलेसम्म १० लाखभन्दा बढी मानिस सुडानको युद्धबाट छिमेकी देश दक्षिण सुडानमा भागेको संयुक्त राष्ट्रसङ्घले जनाएको छ । यस तथ्याङ्कले मानवीय सङ्कटलाई चित्रण गरेको राष्ट्रसङ्घले बताएको छ ।

सन् २०२३ अप्रिलमा सुडानको सेना र प्रतिद्वन्द्वी अर्धसैनिक समूहबीच द्वन्द्व सुरु भएयता दशौँ हजारको मृत्यु भएको छ र एक करोड २० लाखभन्दा बढी मानिस विस्थापित भएका छन् ।

राष्ट्रसङ्घको नयाँ तथ्याङ्कअनुसार पछिल्लो २१ महिनामा जोडा सीमा नाकाबाट ७७ हजारभन्दा बढी मानिस भागेका छन् र अन्य स्थानबाट पनि दशौँ हजार मानिस दक्षिण सुडान प्रवेश गरेका छन् । यो पलायनले कूल सङ्ख्या १० लाख पु¥याएको छ । राष्ट्रसङ्घीय शरणार्थी निकाय युएनएचसिआरका अनुसार सीमा पार गर्ने १० लाख मानिसमध्ये अधिकांश दक्षिण सुडानी नागरिकहरू हुन् । उनीहरू विश्वको सबैभन्दा नयाँ देशमा भएको गृहयुद्धबाट पहिले नै भागेका थिए ।

“दक्षिण सुडानमा १० लाखभन्दा बढी मानिसको आगमन एउटा स्पष्ट र गम्भीर तथ्याङ्क हो र यसले वास्तवमा यो सङ्कटको बढ्दो परिमाणलाई देखाउँछ”, युएनएचसिआरका साना अब्दुल्ला ओमरले भन्नुभयो, “दक्षिण सुडानका जनताले असाधारण उदारता देखाउँदै छन्, आवश्यकतामा परेकाहरूलाई स्वागत गर्दै र आफूसँग भएका सीमित स्रोतहरू बाँड्दै छन्, तर उनीहरूले यो विशाल जिम्मेवारी एक्लै बोक्न सक्दैनन् ।”

संयुक्त राष्ट्रसङ्घको संयुक्त वक्तव्यले दक्षिण सुडानमा स्वास्थ्य सेवा, पानी र आश्रय जस्ता स्रोतहरू ‘खतरनाक रूपमा अत्यधिक तनावग्रस्त’ भएको चेतावनी दिँदै विस्थापित मानिसहरू र उनीहरूलाई आश्रय दिने समुदायहरू दुवैका लागि थप सहयोगको आह्वान गरेको छ ।

दक्षिण सुडानको उत्तरी सिमानामा रहेको रेन्क काउन्टीमा दुई ट्रान्जिट केन्द्र पाँच हजारभन्दा कम मानिसका लागि डिजाइन गरिएको थियो तर अहिले १६ हजारभन्दा बढी मानिसलाई राखिरहेको वक्तव्यमा उल्लेख छ । प्रहरीका अनुसार गत हप्ता दक्षिण सुडानमा सुडानी नागरिक विरोधी प्रदर्शन लुटपाट र हिंसामा परिणत भएपछि १६ जना सुडानी नागरिक मारिएका थिए ।

सुडान विश्वको सबैभन्दा खराब आन्तरिक विस्थापन सङ्कटबाट गुज्रिरहेको छ र देशका केही भागमा अनिकाल घोषणा गरिएको छ ।

युद्धले सुडानी सेना प्रमुख अब्देल फत्तह अल–बुरहान र उहाँका पूर्व उप–प्रमुख मोहम्मद हमदान दागलोबीच द्वन्द्व निम्त्याएको छ । दागलोले अर्धसैनिक ¥यापिड सपोर्ट फोर्सेस (आरएसएफ) को कमान्ड गर्नुहुन्छ । दुवै पक्षलाई युद्ध अपराधको आरोप लागेको छ, जसमा नागरिकहरूलाई लक्षित गर्ने र आवासीय क्षेत्रहरूमा अन्धाधुन्ध गोलाबारी गर्ने समावेश छन् । आरएसएफलाई विशेष गरी जातीय सफाया, व्यवस्थित यौन हिंसा र सम्पूर्ण सहरमा घेराबन्दी गरेको आरोप लगाइएको छ ।

नोभेम्बरमा गरिएको एक अनुसन्धानले रोग र भोकमरीलगायत सबै कारणबाट भएका मृत्युलाई समावेश गर्दा युद्धको पहिलो १४ महिनामा ६१ हजारभन्दा बढी मानिसको मृत्यु भएको अनुमान गरेको थियो ।

प्रकाशित मिति: ३ महिना अगाडी
युएनएचसिआरसंयुक्त राष्ट्रसङ्घसुडान
प्रतिक्रिया दिनुहोस्

Leave a reply Cancel reply

Your email address will not be published. Required fields are marked *

The facebook comment plugin code goes here.
थप समाचार
Journey From Siddhartha to Buddha (Lumbini to Bodhgaya: Arvind Singh ३५ मिनेट अगाडी
Gautam Buddha University Under Visionary Leadership: Prof. Rana Pratap Singh २ घण्टा अगाडी
H.E. Naveen Srivastava – Strengthening the Pillars of India-Nepal Relations with Diplomatic Finesse ८ घण्टा अगाडी
युवराज सफल: मुद्दा हाल्ने अधिवक्ताबाट विवादित मोडलसम्मको यात्रा ८ घण्टा अगाडी
पूर्णायु आयुर्वेद हस्पिटललाई ऐतिहासिक श्रीगण्डकी शत कुण्डीय कोटिहोम विराट् ज्ञान महायज्ञमा विशेष सम्मान ९ घण्टा अगाडी
कोरियाबाट भैरहवा हुँदै विश्व बजारमा ‘हाङकुक चाउचाउ’: एनआरएनए नेता विनोद कुँवरको प्रिमियम नेपाली ब्रान्डले रच्दै नयाँ अध्याय ९ घण्टा अगाडी
विचार
Journey From Siddhartha to Buddha (Lumbini to Bodhgaya: Arvind Singh एस नेपाल न्युज संवाददाता
युवराज सफल: मुद्दा हाल्ने अधिवक्ताबाट विवादित मोडलसम्मको यात्रा एस नेपाल न्युज संवाददाता
भवन भट्टको महत्वपूर्ण स्पीच: आर्य होटेल एण्ड स्पाका प्रमुखलाई शुभकामना, विवि एयरवेज़ छिट्टै सञ्चालनमा आउने घोषणा (भिडियो) एस नेपाल न्युज संवाददाता
ब्लग
Journey From Siddhartha to Buddha (Lumbini to Bodhgaya: Arvind Singh एस नेपाल न्युज संवाददाता
युवराज सफल: मुद्दा हाल्ने अधिवक्ताबाट विवादित मोडलसम्मको यात्रा एस नेपाल न्युज संवाददाता
भवन भट्टको महत्वपूर्ण स्पीच: आर्य होटेल एण्ड स्पाका प्रमुखलाई शुभकामना, विवि एयरवेज़ छिट्टै सञ्चालनमा आउने घोषणा (भिडियो) एस नेपाल न्युज संवाददाता
लोकप्रीय
  • Week
  • Month
Journey From Siddhartha to Buddha (Lumbini to Bodhgaya: Arvind Singh
Gautam Buddha University Under Visionary Leadership: Prof. Rana Pratap Singh
H.E. Naveen Srivastava – Strengthening the Pillars of India-Nepal Relations with Diplomatic Finesse
युवराज सफल: मुद्दा हाल्ने अधिवक्ताबाट विवादित मोडलसम्मको यात्रा
पूर्णायु आयुर्वेद हस्पिटललाई ऐतिहासिक श्रीगण्डकी शत कुण्डीय कोटिहोम विराट् ज्ञान महायज्ञमा विशेष सम्मान
Journey From Siddhartha to Buddha (Lumbini to Bodhgaya: Arvind Singh
Gautam Buddha University Under Visionary Leadership: Prof. Rana Pratap Singh
H.E. Naveen Srivastava – Strengthening the Pillars of India-Nepal Relations with Diplomatic Finesse
युवराज सफल: मुद्दा हाल्ने अधिवक्ताबाट विवादित मोडलसम्मको यात्रा
पूर्णायु आयुर्वेद हस्पिटललाई ऐतिहासिक श्रीगण्डकी शत कुण्डीय कोटिहोम विराट् ज्ञान महायज्ञमा विशेष सम्मान
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
सुन-चाँदि
सेयर बजार
Contact Us

Yes Nepal News Pvt. Ltd.

Balkhu, Kathmandu, Nepal
Email: yesnepalnewstv@gmail.com
URL: www.yesnepalnews.com.np

Phone

Marketing: +977-9843669561
Team
अध्यक्ष / प्रधान सम्पादक एचबी ताम्राकार (हर्क बहादुर)
प्रबन्ध निर्देशक / सम्पादक राजेन्द्र ताम्राकार
समाचार प्रमुख सुमन श्रेष्ठ
संवाददाता सुमन श्रेष्ठ सुमन श्रेष्ठ
बजार प्रमुख सुमन श्रेष्ठ
महत्वपूर्ण लिङ्कहरु
  • हाम्रो टीम
  • साइटम्याप
  • गोपनीयता नीति
  • नियम तथा सर्त
  • हामीसँग विज्ञापन गर्नुहोस्
साइट नेविगेशन
  • हाम्रो टीम
  • साइटम्याप
  • गोपनीयता नीति
  • नियम तथा सर्त
  • हामीसँग विज्ञापन गर्नुहोस्
© Yes Nepal News Pvt. Ltd. -2025 All rights reserved. Site by: PROSYS

Prosys Add Ons

This feature is an add-on feature and can be implemented for additional fees.

Please contact info@prosysnepal.com

Prosys News Alert

Allow Cookies ?
Subscribe
 

Loading Comments...