Main Navigation
  • होमपेज
  • समाचार
  • राजनीति
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणिज्य
    • बैंक/बित्त
    • बीमा
    • सेयर बजार
  • कला / मनोरञ्जन
    • कलिवुड
    • बलिउड
    • हलिउड
  • सूचना-प्रविधि
  • अन्तराष्ट्रिय
  • विचार
  • अन्तर्वार्ता
Yes Nepal News
  • होमपेज
  • समाचार
  • राजनीति
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणिज्य
    • बैंक/बित्त
    • बीमा
    • सेयर बजार
  • कला / मनोरञ्जन
    • कलिवुड
    • बलिउड
    • हलिउड
  • सूचना-प्रविधि
  • अन्तराष्ट्रिय
  • विचार
  • अन्तर्वार्ता
Search Here
  • अन्तराष्ट्रिय
  • Home
  • News
  • हमासले रिहा गर्ने बन्धकको सूची सार्वजनिक गरेसँगै गाजामा युद्धविराम
हमासले रिहा गर्ने बन्धकको सूची सार्वजनिक गरेसँगै गाजामा युद्धविराम
64x64
एस नेपाल न्युज संवाददाता
३ महिना अगाडी

काठमाडौँ, ६ माघः  प्यालेस्टिनी समूह हमासले रिहा गर्ने बन्धकहरूको सूची दिएसँगै गाजामा युद्धविराम लागू भएको छ । इजरायली प्रधानमन्त्रीको कार्यालयले एक विज्ञप्ति जारी गर्दै स्थानीय समयअनुसार बिहान ११:१५ बजेदेखि युद्धविराम लागू भएको जनाएको हो ।

हमास र इजरायलबीचको युद्धविराम स्थानीय समय अनुसार आइतबार बिहान ८:३० बजेदेखि लागू हुने बताइएको थियो । तर हमासले रिहा गरिने बन्धकहरूको सूची उपलब्ध गराउन ढिलाई गरेकाले तोकिएको समयभन्दा ढिलो युद्धविराम लागू भएको हो ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले हमासले सूची उपलब्ध नगराएकाले युद्धविराम लागू हुन ढिलाई भएको बताएका थिए । लगत्तै हमासले ‘प्राविधिक कारण’ले ढिलाई भएको भन्दै बन्धकहरूको नाम उपलब्ध गराएको थियो । युद्धविराम सम्झौतामा योजनाबद्ध रूपमा बन्दीहरूको आदानप्रदान हुनुभन्दा कम्तीमा २४ घण्टा अघि नाम उपलब्ध गराउने उल्लेख छ ।

हमासले गाजा क्षेत्रको युद्धविराममा ढिलाई गरेको भन्दै इजरायलले आइतबार बिहान गाजामा आक्रमण समेत गरेको थियो । आक्रमणमा कम्तीमा १३ जनाको ज्यान गएको र २५ जना भन्दा बढी घाइते भएका सीएनएनले जनाएको छ ।

हमासले उपलब्ध गराएको सूचीअनुसार युद्धविरामको पहिलो चरणमा ३३ बन्धकहरू रिहा हुनेछन् । तर उक्त सूचीमा हमासको नियन्त्रणमा रहेका नेपाली नागरिक विपिन जोशीको नाम भने समावेश छैन । ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत कृषिसम्बन्धी अध्ययनका लागि इजरायल पुगेका विपिनलाई हमासले २०२३ अक्टोबर ७ मा अलुमिम किबुजबाट बन्धक बनाएको थियो ।

हमासले ३३ जनामध्ये तीनजना महिला युद्धविराम सम्झौता लागू भएसँगै रिहा गर्ने जनाएको छ । हमासका अनुसार डोरोन स्टेनब्रेचर, एमिली डमारी र रोमी गोनेन पहिलो दिन रिहा हुनेछन् । ३१ वर्षीय डोरोन स्टेनब्रेचर पशु चिकित्सा नर्स हुन् । हमासले अक्टुबर ७ मा आक्रमण गर्दा उनी किबुट्ज केफर अजाको अपार्टमेन्टमा थिइन् । २८ वर्षीया एमिली डमारीलाई किबुट्ज कफर अजाबाट बन्धक बनाइएको थियो । उनीसँग बेलायत र इजरायलको दोहोरो नागरिकता रहेको बताइएको छ । त्यस्तै २४ वर्षीय रोमी गोनेनले सुपरनोभा फेस्टिभलबाट भाग्न खोज्दा एम्बुसमा परेकी थिइन् ।

हमासले सन् २०२३ अक्टुबर ७ मा दक्षिणी इजरालमा गरेको आक्रमणपछि विपिन सहित २ सय ५१ जनालाई बन्धक बनाएर लगेको थियो । तीमध्ये नेपालका विपिनका साथै तान्जानियाका १, थाइल्यान्डका ८ र इजरायलका ८४ सहित ९४ जना अझै हमासको नियन्त्रणमा छन् । तिनमा ८१ पुरुष १३ महिला छन् । इजरायली अधिकारीहरूका अनुसार हमासको नियन्त्रणमा रहेकामध्ये ६० जना जीवित छन् ।

इजरायली प्रधानमन्त्री कार्यालयका अनुसार हमासले बन्धक बनाएकामध्ये १ सय ९ जनालाई अशक्त अवस्थाका र मानवीय सहायताका लागि अस्थायी युद्धविराम भएका बेला गरी मुक्त गरेको थियो । ८ जनालाई इजरायली सेनाले मुक्त गराएको थियो भने ३७ जनालाई मृत्युपछि जिम्मा लगाइएको थियो । हमासको नियन्त्रणबाट भागेका ३ जनाको भने इजरायली सेनाको आक्रमणमा मृत्यु भएको थियो ।

हमासले सन् २०२३ अक्टुबर ७ गरेको आक्रमणमा इजरायलमा १२ सयको ज्यान गएको थियो । त्यसलगत्तै हमास र इजरायलबीच युद्ध चर्किएको हो । गाजास्थित स्वास्थ्य मन्त्रालयका अनुसार अक्टोबर ७ यताको युद्धमा ४६ हजार ८ सय प्यालेस्टिनीले ज्यान गुमाइसकेका छन् । तीमध्ये एक तिहाइभन्दा बढी बालबालिका छन् ।

प्यालेस्टिनी अधिकारीहरूका अनुसार मारिएका बालबालिकाको संख्या १८ हजार नाघिसकेको छ । इजरायली आक्रमणमा १ लाख १० हजार घाइते भएका छन् । इजरायलतर्फ १४ सयभन्दा बढीको ज्यान गएको छ ।

प्रकाशित मिति: ३ महिना अगाडी
इजरायलगाजा युद्धविरामप्यालेस्टिनी समूहहमास
प्रतिक्रिया दिनुहोस्

Leave a reply Cancel reply

Your email address will not be published. Required fields are marked *

The facebook comment plugin code goes here.
थप समाचार
Journey From Siddhartha to Buddha (Lumbini to Bodhgaya: Arvind Singh ३२ मिनेट अगाडी
Gautam Buddha University Under Visionary Leadership: Prof. Rana Pratap Singh १ घण्टा अगाडी
H.E. Naveen Srivastava – Strengthening the Pillars of India-Nepal Relations with Diplomatic Finesse ८ घण्टा अगाडी
युवराज सफल: मुद्दा हाल्ने अधिवक्ताबाट विवादित मोडलसम्मको यात्रा ८ घण्टा अगाडी
पूर्णायु आयुर्वेद हस्पिटललाई ऐतिहासिक श्रीगण्डकी शत कुण्डीय कोटिहोम विराट् ज्ञान महायज्ञमा विशेष सम्मान ८ घण्टा अगाडी
कोरियाबाट भैरहवा हुँदै विश्व बजारमा ‘हाङकुक चाउचाउ’: एनआरएनए नेता विनोद कुँवरको प्रिमियम नेपाली ब्रान्डले रच्दै नयाँ अध्याय ९ घण्टा अगाडी
विचार
Journey From Siddhartha to Buddha (Lumbini to Bodhgaya: Arvind Singh एस नेपाल न्युज संवाददाता
युवराज सफल: मुद्दा हाल्ने अधिवक्ताबाट विवादित मोडलसम्मको यात्रा एस नेपाल न्युज संवाददाता
भवन भट्टको महत्वपूर्ण स्पीच: आर्य होटेल एण्ड स्पाका प्रमुखलाई शुभकामना, विवि एयरवेज़ छिट्टै सञ्चालनमा आउने घोषणा (भिडियो) एस नेपाल न्युज संवाददाता
ब्लग
Journey From Siddhartha to Buddha (Lumbini to Bodhgaya: Arvind Singh एस नेपाल न्युज संवाददाता
युवराज सफल: मुद्दा हाल्ने अधिवक्ताबाट विवादित मोडलसम्मको यात्रा एस नेपाल न्युज संवाददाता
भवन भट्टको महत्वपूर्ण स्पीच: आर्य होटेल एण्ड स्पाका प्रमुखलाई शुभकामना, विवि एयरवेज़ छिट्टै सञ्चालनमा आउने घोषणा (भिडियो) एस नेपाल न्युज संवाददाता
लोकप्रीय
  • Week
  • Month
Journey From Siddhartha to Buddha (Lumbini to Bodhgaya: Arvind Singh
Gautam Buddha University Under Visionary Leadership: Prof. Rana Pratap Singh
H.E. Naveen Srivastava – Strengthening the Pillars of India-Nepal Relations with Diplomatic Finesse
युवराज सफल: मुद्दा हाल्ने अधिवक्ताबाट विवादित मोडलसम्मको यात्रा
पूर्णायु आयुर्वेद हस्पिटललाई ऐतिहासिक श्रीगण्डकी शत कुण्डीय कोटिहोम विराट् ज्ञान महायज्ञमा विशेष सम्मान
Journey From Siddhartha to Buddha (Lumbini to Bodhgaya: Arvind Singh
Gautam Buddha University Under Visionary Leadership: Prof. Rana Pratap Singh
H.E. Naveen Srivastava – Strengthening the Pillars of India-Nepal Relations with Diplomatic Finesse
युवराज सफल: मुद्दा हाल्ने अधिवक्ताबाट विवादित मोडलसम्मको यात्रा
पूर्णायु आयुर्वेद हस्पिटललाई ऐतिहासिक श्रीगण्डकी शत कुण्डीय कोटिहोम विराट् ज्ञान महायज्ञमा विशेष सम्मान
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
सुन-चाँदि
सेयर बजार
Contact Us

Yes Nepal News Pvt. Ltd.

Balkhu, Kathmandu, Nepal
Email: yesnepalnewstv@gmail.com
URL: www.yesnepalnews.com.np

Phone

Marketing: +977-9843669561
Team
अध्यक्ष / प्रधान सम्पादक एचबी ताम्राकार (हर्क बहादुर)
प्रबन्ध निर्देशक / सम्पादक राजेन्द्र ताम्राकार
समाचार प्रमुख सुमन श्रेष्ठ
संवाददाता सुमन श्रेष्ठ सुमन श्रेष्ठ
बजार प्रमुख सुमन श्रेष्ठ
महत्वपूर्ण लिङ्कहरु
  • हाम्रो टीम
  • साइटम्याप
  • गोपनीयता नीति
  • नियम तथा सर्त
  • हामीसँग विज्ञापन गर्नुहोस्
साइट नेविगेशन
  • हाम्रो टीम
  • साइटम्याप
  • गोपनीयता नीति
  • नियम तथा सर्त
  • हामीसँग विज्ञापन गर्नुहोस्
© Yes Nepal News Pvt. Ltd. -2025 All rights reserved. Site by: PROSYS

Prosys Add Ons

This feature is an add-on feature and can be implemented for additional fees.

Please contact info@prosysnepal.com

Prosys News Alert

Allow Cookies ?
Subscribe
 

Loading Comments...