Main Navigation
  • होमपेज
  • समाचार
  • राजनीति
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणिज्य
    • बैंक/बित्त
    • बीमा
    • सेयर बजार
  • कला / मनोरञ्जन
    • कलिवुड
    • बलिउड
    • हलिउड
  • सूचना-प्रविधि
  • अन्तराष्ट्रिय
  • विचार
  • अन्तर्वार्ता
Yes Nepal News
  • होमपेज
  • समाचार
  • राजनीति
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणिज्य
    • बैंक/बित्त
    • बीमा
    • सेयर बजार
  • कला / मनोरञ्जन
    • कलिवुड
    • बलिउड
    • हलिउड
  • सूचना-प्रविधि
  • अन्तराष्ट्रिय
  • विचार
  • अन्तर्वार्ता
Search Here
  • पर्यटन
  • Home
  • News
  • ओझेलमा दाङ तुलसीपुरको मूलकोटमा अवस्थित सिद्धे चमेरे गुफा
ओझेलमा दाङ तुलसीपुरको मूलकोटमा अवस्थित सिद्धे चमेरे गुफा
64x64
एस नेपाल न्युज संवाददाता
३ महिना अगाडी

दाङ, ६ माघः तुलसीपुर उपमहानगरपालिका–४ मूलकोटमा अवस्थित सिद्धे चमेरे गुफा प्रचारप्रसार तथा बाटोको असुविधाका कारण ओझेलमा परेको छ । जिल्लाकै पर्यटकको राम्रो सम्भावना बोकेको भएर पनि धेरैलाई जानकारी नहुँदा अवलोकनका लागि न्यून सङ्ख्यामा पर्यटक जाने गर्दछन् ।

चारैतिर जङ्गल, पहाडको फेदमा रहेको सुन्दर प्राकृतिक गुफा देख्दा भने त्यहाँ पुग्ने जो कोही पनि मोहित हुने गर्दछन् गुफा क्षेत्र हरियाली र स्वच्छताले भरिपूर्ण छ । त्यहाँको मनमोहक दृश्यले अवलोकन गर्न पुग्ने सबैलाई लोभ्याउने गरेको छ । गुफा अवलोकन गर्न जानका लागि सडक सुविधा नहुँदा पैदल हिँडेर जानुपर्ने बाध्यता छ । गुफा तुलसीपुर बजारदेखि करिब १२ किलोमिटरको दूरीमा रहेको छ ।

करिब साढे दुई दशक पहिले पत्ता लागेको प्राकृतिक गुफाको प्रचारप्रसार र प्रवद्र्धन गर्नसके बाह्य तथा आन्तरिक पर्यटकनको प्रवद्र्धन हुने स्थानीयवासीको भनाइ छ । तुलसीपुरबाट गुफा अवलोकन गर्न एक साताअघि पुग्नुभएकी व्यवसायी विमला पौडेलले गुफा देख्दा अति आनन्द आएको बताउनुभयो । उहाँ भन्नुहुन्छ, “लामो दूरी पैदल हिँडेर गर्यौं, धेरै थकान लागे पनि त्यहाँ पुगेपछि भने सबै थकान मेटिने रहेछ ।”   गुफासम्म पुग्न सामान्य कच्ची बाटो पुगे तापनि मोटर गुड्ने सडक नहुँदा बालबच्चा, ज्येष्ठ नागरिक र अशक्त व्यक्तिहरु जान समस्या रहेको उहाँको भनाइ छ ।

तुलसीपुर उपमहानगरपालिका–५ की ४५ वर्षीया निरा ढुङ्गानाले चमेरी गुफाको विकासमा स्थानीय सरकारले उचित ध्यान नदिँदा अहिलेसम्म सो क्षेत्र ओझेलमा परेको बताउनुहुन्छ । प्राकृतिक रुपमा रहेको गुफाको संरक्षण र यसलाई दिगो विकास गर्नसके जिल्लाकै मुख्य पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न सकिने हुँदा यस गुफाको विकासमा ध्यान दिन स्थानीय, प्रदेश तथा सङ्घीय सरकारलाई उहाँको आग्रह छ ।

बाहिरबाट हेर्दा पहाड र त्यसभित्र अवस्थित चमेर गुफामा चमेरा बस्ने भएका कारण यसको नाम चमेरे गुफा हुन गएको जानकारहरु बताउँछन् । हाल गुफामा दैनिक रुपमा ६० देखि ७० जनासम्म सर्वसाधारण अवलोकनका लागि जाने गर्दछन् । शनिबार तथा बिदाका दिनमा भने त्यो सङ्ख्यामा केही वृद्धि हुने चमेरे गुफा संरक्षण समितिले जनाएको छ ।

यस गुफासम्म पुग्नका लागि साविकको जिल्ला विकास समिति, तुलसीपुर उपमहानगरपालिका, स्थानीय सामुदायिक वन र पर्यटन विकास कार्यालय भैरहवाको आर्थिक सहयोगमा गुफासम्म पुग्ने कच्ची बाटो, यात्रु प्रतीक्षालय, चमेना गृह तथा अन्य केही संरचनाहरु निर्माण भए पनि पछिल्ला वर्षमा कुनै निकायबाट बजेट उपलब्ध नगराउँदा गुफाको पर्याप्त विकास तथा पक्की सडक निर्माण हुन सकेको छैन । सिद्धे चेमेरे गुफा संरक्षण समितिका अध्यक्ष भूपबहादुर पुनले गुफासम्म पुग्ने बाटो निर्माण गर्नका लागि बजेटको व्यवस्था गरिदिन पटकपटक लुम्बिनी प्रदेश सरकार तथा तुलसीपुर उपमहानगरपालिकाको ध्यानाकर्षण गराउँदासमेत कुनै सुनुवाइ नभएको बताउनुहुन्छ । हाल संरक्षण समितिले चमेरे गुफा अवलोकनका लागि प्रतिव्यक्ति २० रुपैयाँ लिने गरको छ । त्यसबाट सङ्कलित रकम गुफाको विकासमा लगाउने गरिएको उहाँको भनाइ छ ।

तुलसीपुर उपमहानगरपालिका–४ का वडाध्यक्ष तुल्सी थापामगरले चमेरे गुफा संरक्षण र सम्वद्र्धन गर्नका लागि आफूले पहल गरिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “चमेरे गुफालाई आफ्नो वडाको गहनाका रुपमा लिएका छौँ । यसलाई पर्यटकीय गन्तव्य बनाउने योजना रहेको छ तर बजेट अभावका कारण पक्की सडक निर्माण गर्न सकेका छैनौँ ।” सन् २०११ मा चमेरे गुफाको प्रचारप्रसारका लागि भन्दै स्थानीय बासिन्दाले महोत्सवको पनि आयोजना गरेका थिए । त्यतिबेला धैरै सङ्ख्यामा पर्यटकले गुफाको अवलोकन गरेका थिए । सडकको उचित विकास नहुँदा पछिल्ला वर्षमा गुफाको अवलोकन आउनेको सङ्ख्या कमी आउनुका साथै यसको प्रचारप्रसारमा कमी आएको छ ।

राप्ती राजमार्गअन्तर्गत तुलसीपुर सल्यान सडकखण्डको हर्नेटीसम्म बाटो पक्की छ । हर्नेटीबाट करिब चार किलोमिटरको कच्ची साँघुरो बाटो हिँडेपछि गुफासम्म पुग्न सकिन्छ । कच्ची तथा साँघुरो बाटो हुँदा वर्षात्को समयमा यातायातका साधन चल्न नसके पनि हिउँदमासाना सवारीहरु जाने गरेका छन् । ती सवारीमा गए पनि डेढ किलोमिटर पैदल यात्रा हिँड्नुपर्ने बाध्यता छ । गुफाभित्र विभिन्न देवीदेवता, शेषनाग र बाघहरुको स्वरुप पनि देखिने भएकाले गुफाको अवलोकन गर्ने जोकोही पनि चकित पर्ने गर्दछन् । गुफाको बाहिरी भाग र भित्री भागमा ती स्वरुपहरु देख्न सकिन्छ । तीन तहमा रहेको गुफाका प्रत्येक तहका भित्तामा विभिन्न स्वरुपहरु देख्न पाइन्छ ।

प्रकाशित मिति: ३ महिना अगाडी
तुलसीपुर उपमहानगरपालिकादाङमूलकोटसिद्धे चमेरे गुफा
प्रतिक्रिया दिनुहोस्

Leave a reply Cancel reply

Your email address will not be published. Required fields are marked *

The facebook comment plugin code goes here.
थप समाचार
Journey From Siddhartha to Buddha (Lumbini to Bodhgaya: Arvind Singh १७ मिनेट अगाडी
Gautam Buddha University Under Visionary Leadership: Prof. Rana Pratap Singh १ घण्टा अगाडी
H.E. Naveen Srivastava – Strengthening the Pillars of India-Nepal Relations with Diplomatic Finesse ८ घण्टा अगाडी
युवराज सफल: मुद्दा हाल्ने अधिवक्ताबाट विवादित मोडलसम्मको यात्रा ८ घण्टा अगाडी
पूर्णायु आयुर्वेद हस्पिटललाई ऐतिहासिक श्रीगण्डकी शत कुण्डीय कोटिहोम विराट् ज्ञान महायज्ञमा विशेष सम्मान ८ घण्टा अगाडी
कोरियाबाट भैरहवा हुँदै विश्व बजारमा ‘हाङकुक चाउचाउ’: एनआरएनए नेता विनोद कुँवरको प्रिमियम नेपाली ब्रान्डले रच्दै नयाँ अध्याय ८ घण्टा अगाडी
विचार
Journey From Siddhartha to Buddha (Lumbini to Bodhgaya: Arvind Singh एस नेपाल न्युज संवाददाता
युवराज सफल: मुद्दा हाल्ने अधिवक्ताबाट विवादित मोडलसम्मको यात्रा एस नेपाल न्युज संवाददाता
भवन भट्टको महत्वपूर्ण स्पीच: आर्य होटेल एण्ड स्पाका प्रमुखलाई शुभकामना, विवि एयरवेज़ छिट्टै सञ्चालनमा आउने घोषणा (भिडियो) एस नेपाल न्युज संवाददाता
ब्लग
Journey From Siddhartha to Buddha (Lumbini to Bodhgaya: Arvind Singh एस नेपाल न्युज संवाददाता
युवराज सफल: मुद्दा हाल्ने अधिवक्ताबाट विवादित मोडलसम्मको यात्रा एस नेपाल न्युज संवाददाता
भवन भट्टको महत्वपूर्ण स्पीच: आर्य होटेल एण्ड स्पाका प्रमुखलाई शुभकामना, विवि एयरवेज़ छिट्टै सञ्चालनमा आउने घोषणा (भिडियो) एस नेपाल न्युज संवाददाता
लोकप्रीय
  • Week
  • Month
Journey From Siddhartha to Buddha (Lumbini to Bodhgaya: Arvind Singh
Gautam Buddha University Under Visionary Leadership: Prof. Rana Pratap Singh
H.E. Naveen Srivastava – Strengthening the Pillars of India-Nepal Relations with Diplomatic Finesse
युवराज सफल: मुद्दा हाल्ने अधिवक्ताबाट विवादित मोडलसम्मको यात्रा
पूर्णायु आयुर्वेद हस्पिटललाई ऐतिहासिक श्रीगण्डकी शत कुण्डीय कोटिहोम विराट् ज्ञान महायज्ञमा विशेष सम्मान
Journey From Siddhartha to Buddha (Lumbini to Bodhgaya: Arvind Singh
Gautam Buddha University Under Visionary Leadership: Prof. Rana Pratap Singh
H.E. Naveen Srivastava – Strengthening the Pillars of India-Nepal Relations with Diplomatic Finesse
युवराज सफल: मुद्दा हाल्ने अधिवक्ताबाट विवादित मोडलसम्मको यात्रा
पूर्णायु आयुर्वेद हस्पिटललाई ऐतिहासिक श्रीगण्डकी शत कुण्डीय कोटिहोम विराट् ज्ञान महायज्ञमा विशेष सम्मान
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
सुन-चाँदि
सेयर बजार
Contact Us

Yes Nepal News Pvt. Ltd.

Balkhu, Kathmandu, Nepal
Email: yesnepalnewstv@gmail.com
URL: www.yesnepalnews.com.np

Phone

Marketing: +977-9843669561
Team
अध्यक्ष / प्रधान सम्पादक एचबी ताम्राकार (हर्क बहादुर)
प्रबन्ध निर्देशक / सम्पादक राजेन्द्र ताम्राकार
समाचार प्रमुख सुमन श्रेष्ठ
संवाददाता सुमन श्रेष्ठ सुमन श्रेष्ठ
बजार प्रमुख सुमन श्रेष्ठ
महत्वपूर्ण लिङ्कहरु
  • हाम्रो टीम
  • साइटम्याप
  • गोपनीयता नीति
  • नियम तथा सर्त
  • हामीसँग विज्ञापन गर्नुहोस्
साइट नेविगेशन
  • हाम्रो टीम
  • साइटम्याप
  • गोपनीयता नीति
  • नियम तथा सर्त
  • हामीसँग विज्ञापन गर्नुहोस्
© Yes Nepal News Pvt. Ltd. -2025 All rights reserved. Site by: PROSYS

Prosys Add Ons

This feature is an add-on feature and can be implemented for additional fees.

Please contact info@prosysnepal.com

Prosys News Alert

Allow Cookies ?
Subscribe
 

Loading Comments...