Main Navigation
  • होमपेज
  • समाचार
  • राजनीति
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणिज्य
    • बैंक/बित्त
    • बीमा
    • सेयर बजार
  • कला / मनोरञ्जन
    • कलिवुड
    • बलिउड
    • हलिउड
  • सूचना-प्रविधि
  • अन्तराष्ट्रिय
  • विचार
  • अन्तर्वार्ता
Yes Nepal News
  • होमपेज
  • समाचार
  • राजनीति
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणिज्य
    • बैंक/बित्त
    • बीमा
    • सेयर बजार
  • कला / मनोरञ्जन
    • कलिवुड
    • बलिउड
    • हलिउड
  • सूचना-प्रविधि
  • अन्तराष्ट्रिय
  • विचार
  • अन्तर्वार्ता
Search Here
  • आलेख
  • Home
  • News
  • आलेखः साइकल चलाउन थालेपछि फेरियो जीवन
आलेखः साइकल चलाउन थालेपछि फेरियो जीवन
64x64
एस नेपाल न्युज संवाददाता
३ महिना अगाडी

जानकी (बाँके), २ माघः नेपाल प्रहरीको प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सञ्जीव शर्मालाई गाडी चढ्नभन्दा धेरै साइकल चलाउन मन पर्छ । छ वर्षदेखि उहाँ प्रायः साइकलमा नै आफ्ना दैनिकीलाई चलाउँदै आउनुभएको छ । आफू कार्यरत जिल्लाहरुमा लामो दूरीको यात्राबाहेक उहाँ साइकलमा नै आवतजावत गर्ने गर्नुहुन्छ ।

सरकारले सेवा सुविधा र सुरक्षाको विषयलाई मध्यनजर गर्दै उपलब्ध गराएको गाडीलाई उहाँले छोटो दूरीमा प्रयोग नगरेको छ वर्ष भएको छ । “मैले साइकल चलाउन सुरु गरेदेखि नै मैले गाडी खासै प्रयोग गर्दिन”, उहाँले भन्नुभयो, “इन्धन प्रयोग गरिएका सवारी साधनभन्दा हिजोआज मलाई प्रदूषणरहित साइकल नै मन पर्छ ।”  उहाँ घरदेखि बजारसम्मको काममा प्रायः साइकलमै जाने गर्नुहुन्छ । उहाँलाई हिजोआज साइकलजस्तो सजिलो सवारीसाधन अरु केही लाग्दैन ।

विसं २०७४ देखि साइकल चलाउन सुरु गर्नुभएका शर्माले विभिन्न जिल्लामा आयोजित साइकल दौड प्रतियोगितामा भाग लिंदै आउनुभएको छ । प्रहरी विभागमा नै साइकल चलाउने प्रहरीको रुपमा चिनिनुहुन्छ उहाँ । २०५३ सालमा प्रहरी निरीक्षक पदबाट जागिरे जीवनको सुरुआत गर्नुभएका शर्माले प्रहरी उपरीक्षक (एसपी) भएलगत्तै साइकल चलाउन सुरु गर्नुभयो । उहाँका अनुसार साइकल चलाउन थालेदेखि नै नशासम्बन्धी समस्याहरु पनि समाधान भएको छ । साइकल ‘राइडर’ भएदेखि नै आफू शाकाहारी भएको पनि उहाँले बताउनुभयो ।

हाल नेपाली राजदूतावास नयाँदिल्लीमा कार्यालय प्रमुखको रुपमा कार्यरत ५२ वर्षीय प्रहरी वरिष्ठ उपरीक्षक शर्मा साइकल राइडर बन्नका लागि आफू विश्व साइकल यात्री पुस्कर शाहीबाट प्रेरित भएको बताउनुहुन्छ । २०७७ सालमा शाहीसँग उहाँले १७ हजार किलोमिटरको मेची–महाकाली साइकल यात्रासँगै गर्नुभएको थियो । शर्माका अनुसार साइकल चलाउने क्रमलाई उहाँले निरन्तरता दिँदै जानुभयो । २०७८ सालमा पाँच सय किलोमिटरको काठमाडाँै–विराटनगर, टुँडिखेल–धुलिखेल, काठमाडाँै–कोरा, तरहरा–कोरासँगै धरान–विराटनगर हुँदै  ‘टुर दि ठाकुरद्वार’  लगायत २० भन्दा बढी साइकल यात्रा पूरा गरी सक्नुभएको छ ।

आफूले साइकल चलाउन सुरु गरेपछि पारिवारिक वातावरण नै साइकलमय भएको एसएसपी शर्माको भनाइ छ । “मैले साइकल चलाउन सुरु गरेको केही समयपछि घरमा अहिले प्रायः सबैले साइकल नै चलाउँछन्”, उहाँले भन्नुभयो, “साइकलले स्वस्थ्य र वातावरण दुवैलाई फाइदा पुग्ने हुनाले अहिले परिवारमा सबैको आ–आफ्नो साइकल छ । टाढाको दूरीबाहेक हामीले साइकलमा नै आफ्ना दैनिकी चलाएका छौँ ।”  शर्माले पाँच लाख मूल्य बराबरको साइकल चलाउँदै आउनुभएको छ ।

नेपाल प्रहरीमा साइकल चालकका रुपमा पहिचान बनाउन सफल एसएसपी शर्मालाई पछ्याउँदै अहिले १२ प्रहरीले साइकल चलाउन सुरु गरेका छन् । साइकल चालकका रुपमा नेपाल प्रहरीका अन्य कर्मचारीहरुले पनि आफ्नो पहिचान बनाउन लागेको कुराले निकै नै खुसी लागेको उहाँको भनाइ छ ।

एसएसपी शर्माजस्तै साइकल ‘राइडर’ बनेर प्रहरी सङ्गठमा एउटा बेग्लै पहिचान बनाउन सफल हुनुभएको छ प्रहरी निरीक्षक (प्रनि) रवीन्द्र चन्द पनि । सुुदूरपश्चिम प्रदेश बैतडी सुर्नया गाउँपालिका–२ का चन्दले तीन वर्षअघि साइकल चलाउन सुरु गर्नुभएको हो । साइकल चलाउँदा शारीरिक र मानसिक अवस्था स्वस्थ हुनुका साथै पर्यावरण र पर्यटन प्रवद्र्धनमा पनि सहयोग पुग्ने चन्दको भनाइ छ ।  “साइकल चलाउँदा हाम्रो शारीरिक रुपमा हामी स्वस्थ हुनुका साथै हामीले शान्त वातावरणमा लामो दूरीको यात्रा तय गर्ने भएको हुनाले ती सबै प्राकृतिक वातावरणलाई पनि क्यामेरामा कैद गर्न सक्र्छौं”, उहाँले भन्नुभयो, “राइड गर्दा क्यामेरामा कैद गरिएका तस्बिरहरुलाई सामाजिक सञ्जालमा पोष्ट गर्दैगर्दा त्यसले पर्यावरण र पर्यटन प्रवद्र्धनमा पनि प्रचारप्रसारमा सहयोग पुग्ने गर्छ ।”

बाँके बसाईपछि हाल इलाका प्रहरी कार्यालय ठाडा अर्घाखाँचीमा कार्यरत प्रनि चन्दले समय मिलेसम्म अर्घाखाँचीको पहाडी बाटाहरुमा साँझ–बिहान गरी दिनको कम्तिमा पाँच/छ घण्टा साइकल चलाउने गर्नुहुन्छ । उहाँले भारतमा आइपिएसको तालिमका क्रममा साइकल चालक बन्ने अठोट गरेको बताउनुभयो । “मेरो साइकलप्रति रुचि आइपिएस तालिममा सहभागी भएपछि नै बढेको हो” उहाँले भन्नुभयो, “डिजिटल मिडियाहरुमा साइकलसम्बन्धी धेरै फोटो र भिडियो हेरे पनि आइपिएस तालिमबाट मलाई साइकल ‘राइडर’ बन्ने चाहना जागेको हो ।”

प्रहरी सङ्गठनमा एसएसपी शर्मा र प्रनि चन्दजस्तै साइकल चालककै रुपमा दुई वर्षदेखि बाँकेमा चिनिँदै आउनुभएको छ प्रहरी नायब निरीक्षक रविन्द्रबम ठकुरी पनि । रविन्द्रले हालसम्म १० हजार किलोमिटरको साइकल ‘राइड’ गरी सक्नुभएको छ । साइकल चलाउन सुरु गरेदेखि उहाँले सयदेखि एक सय १५ किलोमिटरसम्मको दूरीमा पनि साइकल चलाउनु भएको छ । ‘कोरा इभेन्ट च्यालेन्ज २०२४’ मा उहाँले सय किलोमिटर र गतवर्ष बर्दियाको ठाकुरद्वारामा सम्पन्न  “टुर दी ठाकुरद्वार” साइकल इभेन्टमा उहाँले एक सय १५ किलोमिटरको साइकल ‘राइड’ गर्नुभएको थियो ।

नेपाल प्रहरीमा जागिर खानुभन्दा पहिले नै उहाँ खेलप्रेमी भएको हुनाले उहाँलाई स्वस्थ जीवन कसरी जीउन सकिन्छ भन्ने कुराको राम्रो ज्ञान छ । कराँतेमा ‘ब्ल्याकबेल्ट’ पाइसकेको हुनाले प्रनानि बमलाई शारीरिक र मानसिक रुपमा तन्दुरुस्त रहनुपर्छ भन्ने थाहा छ । साइकलले स्वस्थ रहन मद्दत गर्छ भन्ने कुरा बुझेको हुनाले बमको दैनिकी साइकल चलाएरै बित्ने गर्दछ । घरदेखि कार्यालयमा जाँदा र बजारमा जानुपर्दा उहाँ प्रायः साइकलमा नै जाने र आउने गर्नुहुन्छ ।

विशेषगरी साइकल तराईका क्षेत्रहरुमा धेरै चलाएको पाइन्छ । सामान्यतः किसान र खुद्रे व्यापारीहरुले सामान्य साइकल चलाउनुलाई तराईमा सामान्य नै मानिन्छ । पछिल्लो समय शहरी क्षेत्रमा पनि साइकलप्रति मानिसको मोह बढ्दै गइरहेको छ । सरकारी वा गैरसरकारी कार्यालायहरुमा काम गर्नेहरुले साइकललाई नै प्राथमिकता दिन थालेका छन् ।

साइकल चलाउँदा भइन्छ निरोगी

साइकल नचलाउनेको व्यक्तिको तुलानामा साइकल चलाउने व्यक्तिको स्वास्थ्यमा धरै नै अन्तर हुने गरेको चिकित्सकहरुको भनाइ छ । दैनिक २० मिनेट साइकल चलाउने व्यक्ति स्वस्थ हुने बताइन्छ । साइकल जुनसुकै उमेरको व्यक्तिले पनि चलाउन सक्छन् । यो चलाउनका लागि कुनै उमेर समूह तोकिएको छैन । विज्ञहरुले ‘साइक्लिङ’लाई व्यायामको संज्ञा दिने गरेका छन् ।

ब्रिटिस जनरलमा प्रकाशित एक प्रतिवेदनअनुसार नियमित रुपमा साइकल चलाउनाले मुटुका रोगीको ज्यान जानबाट पनि बचाउन सकिन्छ । सो प्रतिवेदन अनुसार साइकलको नियमित प्रयोगले क्यान्सर २५ प्रतिशत र मुटुको समस्या भएकाहरुका लागि ४६ प्रतिशत कम हुन्छ । त्यही पैदल हिड्दा मुटुका बिरामीहरुलाई २७ प्रतिशतसम्म रोग निको हुन्छ । नियमित साइकल चलाउनाले शारीरिकको तौल पनि कम गर्न हुन्छ । यसले शरीरमा रहेको बोसोलाई घटाउने मद्दत गर्छ । दैनिकजसो साइकलको प्रयोगले शरीरलाई रोग प्रतिरोधात्मक क्षमता बृद्धि गर्न मद्दत पुग्दछ । नियमित रुपमा साइकल चलाउने व्यक्तिहरुमा डिप्रेशनको समस्या पनि कम हुने बरिष्ठ फिजिसियन डा राजन पाण्डेको भनाइ छ ।

दैनिक साइकल चलाउँदा शरीरमा रक्तसञ्चार राम्रो हुन्छ । यसले गर्दा रगतमा अक्सिजनको मात्रा आपूर्ति गर्छ र रक्तसञ्चारमा सुधार आउँछ । यसले गर्दा रक्तचापलाई नियन्त्रणमा राख्न मद्दत गर्छ । नियमित साइक्लिङ गर्दा मांसपेशीहरु बलिया हुने गर्दछन् । यति मात्र नभएर साइकल चलाउँदा पछाडिपट्टीका हड्डी हुने भएकाले ढाड र गर्धनको दुखाईबाट समेत राहत मिल्ने गर्छ । साथै, यी बिरामीहरुको ज्यान जाने खतरा ३६ प्रतिशतले घट्छ । पैदल हिडेर मात्र क्यान्सरको उपचार हुन्छ वा हिड्दा क्यान्सर हुदैन भन्ने भने होइन । अनुसन्धानले दुई लाख ६४ हजार तीन सय ७७ जनालाई अध्ययनमा सामेल गराएको थियो भने उनीहरुको आयु मात्र औसत आयु ५३ वर्ष थियो ।

त्यति मात्र होइन, दैनिक करिब २० मिनेट साइकल चलाउँदा शरीरमा हजारको संख्यामा क्यालोरी खपत हुने भएकाले केही हदसम्म यसले मानिसलाई दुब्लो बनाउन मद्दत गर्ने गर्छ । अनुसन्धानकर्ताका अनुसार यदि कुनै व्यक्तिले साइकल चलाउँछ भने उसले आफ्नो जीवनलाई परिर्वतन गरिरहेको छ । दैनिक साइकल भलाउनाले स्तन र मलद्वार क्यान्सरको जोखिम कम हुने गर्दछ ।

पछिल्लो समय महुमेहका बिरामीको संख्या दिनानु दिन बढ्दो छ । शरीरिक व्यायामको कमीका कारण धेरैलाई यो रोगको जोखिम हुने चिकित्सकहरुले बताउने गरेका छन् । तर दैनिक ३० मिनेट साइक्लिङ गर्ने व्यक्तिहरुमा ४० प्रतिशत मधुमेह हुने खतरा कम हुने फिनल्याण्डमा गरिएको एक अध्ययनले देखाएको छ । मानसिक स्वास्थ्य अवस्था तनाव, चिन्ता, डिप्रेसन, उदासिनताजस्ता कुरालाई नियमित ‘साइक्लिङ’ गरेर कम गर्न सकिन्छ । यही व्यायामका कारण मानिसहरु रमाइलो महशुस गर्ने गर्छन् र त्यस्ता मानसिक तनावबाट मुक्त हुन सक्छन् ।

प्रकाशित मिति: ३ महिना अगाडी
जानकीनेपाल प्रहरीबाँकेसञ्जीव शर्मा
प्रतिक्रिया दिनुहोस्

Leave a reply Cancel reply

Your email address will not be published. Required fields are marked *

The facebook comment plugin code goes here.
थप समाचार
Journey From Siddhartha to Buddha (Lumbini to Bodhgaya: Arvind Singh २८ मिनेट अगाडी
Gautam Buddha University Under Visionary Leadership: Prof. Rana Pratap Singh १ घण्टा अगाडी
H.E. Naveen Srivastava – Strengthening the Pillars of India-Nepal Relations with Diplomatic Finesse ८ घण्टा अगाडी
युवराज सफल: मुद्दा हाल्ने अधिवक्ताबाट विवादित मोडलसम्मको यात्रा ८ घण्टा अगाडी
पूर्णायु आयुर्वेद हस्पिटललाई ऐतिहासिक श्रीगण्डकी शत कुण्डीय कोटिहोम विराट् ज्ञान महायज्ञमा विशेष सम्मान ८ घण्टा अगाडी
कोरियाबाट भैरहवा हुँदै विश्व बजारमा ‘हाङकुक चाउचाउ’: एनआरएनए नेता विनोद कुँवरको प्रिमियम नेपाली ब्रान्डले रच्दै नयाँ अध्याय ९ घण्टा अगाडी
विचार
Journey From Siddhartha to Buddha (Lumbini to Bodhgaya: Arvind Singh एस नेपाल न्युज संवाददाता
युवराज सफल: मुद्दा हाल्ने अधिवक्ताबाट विवादित मोडलसम्मको यात्रा एस नेपाल न्युज संवाददाता
भवन भट्टको महत्वपूर्ण स्पीच: आर्य होटेल एण्ड स्पाका प्रमुखलाई शुभकामना, विवि एयरवेज़ छिट्टै सञ्चालनमा आउने घोषणा (भिडियो) एस नेपाल न्युज संवाददाता
ब्लग
Journey From Siddhartha to Buddha (Lumbini to Bodhgaya: Arvind Singh एस नेपाल न्युज संवाददाता
युवराज सफल: मुद्दा हाल्ने अधिवक्ताबाट विवादित मोडलसम्मको यात्रा एस नेपाल न्युज संवाददाता
भवन भट्टको महत्वपूर्ण स्पीच: आर्य होटेल एण्ड स्पाका प्रमुखलाई शुभकामना, विवि एयरवेज़ छिट्टै सञ्चालनमा आउने घोषणा (भिडियो) एस नेपाल न्युज संवाददाता
लोकप्रीय
  • Week
  • Month
Journey From Siddhartha to Buddha (Lumbini to Bodhgaya: Arvind Singh
Gautam Buddha University Under Visionary Leadership: Prof. Rana Pratap Singh
H.E. Naveen Srivastava – Strengthening the Pillars of India-Nepal Relations with Diplomatic Finesse
युवराज सफल: मुद्दा हाल्ने अधिवक्ताबाट विवादित मोडलसम्मको यात्रा
पूर्णायु आयुर्वेद हस्पिटललाई ऐतिहासिक श्रीगण्डकी शत कुण्डीय कोटिहोम विराट् ज्ञान महायज्ञमा विशेष सम्मान
Journey From Siddhartha to Buddha (Lumbini to Bodhgaya: Arvind Singh
Gautam Buddha University Under Visionary Leadership: Prof. Rana Pratap Singh
H.E. Naveen Srivastava – Strengthening the Pillars of India-Nepal Relations with Diplomatic Finesse
युवराज सफल: मुद्दा हाल्ने अधिवक्ताबाट विवादित मोडलसम्मको यात्रा
पूर्णायु आयुर्वेद हस्पिटललाई ऐतिहासिक श्रीगण्डकी शत कुण्डीय कोटिहोम विराट् ज्ञान महायज्ञमा विशेष सम्मान
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
सुन-चाँदि
सेयर बजार
Contact Us

Yes Nepal News Pvt. Ltd.

Balkhu, Kathmandu, Nepal
Email: yesnepalnewstv@gmail.com
URL: www.yesnepalnews.com.np

Phone

Marketing: +977-9843669561
Team
अध्यक्ष / प्रधान सम्पादक एचबी ताम्राकार (हर्क बहादुर)
प्रबन्ध निर्देशक / सम्पादक राजेन्द्र ताम्राकार
समाचार प्रमुख सुमन श्रेष्ठ
संवाददाता सुमन श्रेष्ठ सुमन श्रेष्ठ
बजार प्रमुख सुमन श्रेष्ठ
महत्वपूर्ण लिङ्कहरु
  • हाम्रो टीम
  • साइटम्याप
  • गोपनीयता नीति
  • नियम तथा सर्त
  • हामीसँग विज्ञापन गर्नुहोस्
साइट नेविगेशन
  • हाम्रो टीम
  • साइटम्याप
  • गोपनीयता नीति
  • नियम तथा सर्त
  • हामीसँग विज्ञापन गर्नुहोस्
© Yes Nepal News Pvt. Ltd. -2025 All rights reserved. Site by: PROSYS

Prosys Add Ons

This feature is an add-on feature and can be implemented for additional fees.

Please contact info@prosysnepal.com

Prosys News Alert

Allow Cookies ?
Subscribe
 

Loading Comments...