Main Navigation
  • होमपेज
  • समाचार
  • राजनीति
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणिज्य
    • बैंक/बित्त
    • बीमा
    • सेयर बजार
  • कला / मनोरञ्जन
    • कलिवुड
    • बलिउड
    • हलिउड
  • सूचना-प्रविधि
  • अन्तराष्ट्रिय
  • विचार
  • अन्तर्वार्ता
Yes Nepal News
  • होमपेज
  • समाचार
  • राजनीति
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणिज्य
    • बैंक/बित्त
    • बीमा
    • सेयर बजार
  • कला / मनोरञ्जन
    • कलिवुड
    • बलिउड
    • हलिउड
  • सूचना-प्रविधि
  • अन्तराष्ट्रिय
  • विचार
  • अन्तर्वार्ता
Search Here
  • पर्यटन
  • Home
  • News
  • कास्कीको पर्यटकीय गाउँ सिक्लेसमा ठेलो हान्ने मेला
कास्कीको पर्यटकीय गाउँ सिक्लेसमा ठेलो हान्ने मेला
64x64
एस नेपाल न्युज संवाददाता
४ महिना अगाडी

गण्डकी, २९ पुसः कास्कीको पर्यटकीय गाउँ सिक्लेसमा दुुई सय वर्षअघि देखिको इतिहास जोडिएको माघे सङ्क्रान्ति मेला भोलिदेखि सुरु हुने भएको छ ।

कास्की र आसपासका क्षेत्रमा प्रचलित प्राचीन मेलाहरूमध्येको यो मेला मेला सिक्लेस युवा क्लबको आयोजनामा गर्न लागिएको हो । सिक्लेसमा माघे सङ्क्रान्तिका दिनमा ठेलो हान्ने प्राचीन परम्परा दुुई सय वर्षअघि देखि प्रचलनमा आएको इतिहासअनुसार त्यही समयदेखि नै यो मेला हुँदै आएको विश्वास गरिन्छ । क्लबका अध्यक्ष भोलामान गुरुङले उहाँले ‘ग्रामीण पर्यटन प्रवद्र्धनका लागि सिक्लेस माघे सङ्क्रान्ति मेला’ भन्ने नाराका अवसरमा मेला गर्न लागिएको बताउनुुभयो ।

उहाँका अनुसार माघ १ देखि ४ गतेसम्म खुला पुरुष तथा महिला भलिवल, पुरुष बास्केटबल, गुरुङ गीतमा सामूहिक नृत्य प्रतियोगिता, ठेलोलगायत लोपोन्मुख स्थानीय खेलकुदका प्रतियोगितासहित विभिन्न सांस्कृतिक कार्यक्रम गरिनेछ ।

मेलाका अवसरमा हुने खुल्ला पुरुष भलिबल प्रतियोगिताका विजयीले रु एक लाख नगदका साथमा मेडल र प्रमाणपत्र, द्वितीय हुनेले रु ७० हजारसहित मेडल र प्रमाणपत्र पाउने आयोजकले जनाएको छ । त्यस्तै खुल्ला महिला भलिबलतर्फ प्रथम हुनेले रु ३० हजार, मेडल र प्रमाणपत्र तथा द्वितीय हुनेले रु २० हजार, मेडल र प्रमाणपत्र पाउनेछन् । खुल्ला पुरुष बास्केटबलतर्फ प्रथम हुनेले रु एक लाखसहित मेडल र प्रमाणपत्र तथा द्वितीय हुनेले रु ७० हजार नगदसहित मेडल र प्रमाणपत्र पाउनेछन् ।

मेलामा गुरुङ भाषा गीतको सामूूहिक नृत्यमा प्रथम हुनेले रु ६० हजार, मेडल र प्रमाणपत्र तथा द्वितीय हुनेले रु ४५ हजार, मेडल र प्रमाणपत्र पाउनेछन् । तेस्रो हुनेले रु ३० हजार, मेडल र प्रमाणपत्र पाउने जनाइएको छ ।

प्रतियोगिताअन्तर्गत ठेलो खेलका विजेताले रु ४५ हजारसहित मेडल र प्रमाणपत्र तथा द्वितीय हुनेले रु ४० हजारसहित मेडल र प्रमाणपत्र पाउनेछन् । सभायुला युवा परिवारले सञ्चालन गर्ने ठेलो प्रतियोगिताको प्रमुख आतिथ्यता ठेलो प्रतियोगिताका पूर्वविजेता केशबहादुर गुरुङले गर्नुुहुने जनाइएको छ ।

पोखराबाट करिब ४० किमीको दूरीमा कास्कीको उत्तरपूर्वी भेगमा रहेको सिक्लेस मादी गाउँपालिका–१ अन्तर्गत अन्नपूर्ण हिमाल र लमजुङ हिमाल काखमा रहेको छ । यहाँ चार सय ५० घरधुरी रहेका छन् । ग्रामीण पर्यटन केन्द्रका रुपमा विकास भइरहेको यहाँ पर्यटकको सुविधालाई लक्षित गरी सुविधासम्पन्न ४७ वटा होटल दर्ता भई सञ्चालनमा रहेका छन् ।

त्यसैगरी, ३६ वटा घरबास सञ्चालनमा छन् । पर्यटकीययाममा एक हजार पाँच सयदेखि दुुई हजार जनासम्म पर्यटक सिक्लेसमा घुम्न आउने गरेको मादी गाउँपालिका–१ का वडाअध्यक्ष देवीजङ्ग गुरुङले जानकारी दिनुुभयो । सिक्लेसमा करिब नौ सय वर्षअघि देखि नै बसोबास सुरु भएको अनुमान गरिने बताउँदै उहाँले दुुई सय वर्षअघि देखि यहाँ माघे सङ्क्रान्तिका अवसरमा ठेलो हान्ने प्रचलन रहेका कारण त्यसैबेलादेखि सिक्लेस माघे सङ्क्रान्ति मेला सुरु भएको अनुमान गरिने जानकारी दिनुुभयो ।

पछिल्लो समय सिक्लेस जाने बाटोलाई व्यवस्थित गर्ने उद्देश्यका साथ तेस्रो खण्डको काम सुरु हुन लागेको उहाँले जानकारी दिनुुभयो । काहुँखोला सिक्लेस सडकमा अहिले तस्रो खण्डको कालोपत्र गर्ने काम सुरु गर्न लागिएको उहाँले बताउनुुभयो । गाउँ तथा पर्यटकको सुरक्षाका लागि ६४ स्थानमा सिसी क्यामेरा जडान गरिएको उहाँले जानकारी दिनुुभयो । स्थानीयको सेवाका लागि चाँडो काम गर्न प्रविधिमैत्री काम थालिएको बताउँदै उहाँले कतिपय अवस्थामा जनतालाई कार्यालयसम्म जान नपर्ने सुविधा समेत दिइएको बताउनुुभयो ।

प्रकाशित मिति: ४ महिना अगाडी
कास्कीगण्डकीमाघे सङ्क्रान्ति मेलासिक्लेस
प्रतिक्रिया दिनुहोस्

Leave a reply Cancel reply

Your email address will not be published. Required fields are marked *

The facebook comment plugin code goes here.
थप समाचार
Journey From Siddhartha to Buddha (Lumbini to Bodhgaya: Arvind Singh ३७ मिनेट अगाडी
Gautam Buddha University Under Visionary Leadership: Prof. Rana Pratap Singh २ घण्टा अगाडी
H.E. Naveen Srivastava – Strengthening the Pillars of India-Nepal Relations with Diplomatic Finesse ८ घण्टा अगाडी
युवराज सफल: मुद्दा हाल्ने अधिवक्ताबाट विवादित मोडलसम्मको यात्रा ८ घण्टा अगाडी
पूर्णायु आयुर्वेद हस्पिटललाई ऐतिहासिक श्रीगण्डकी शत कुण्डीय कोटिहोम विराट् ज्ञान महायज्ञमा विशेष सम्मान ९ घण्टा अगाडी
कोरियाबाट भैरहवा हुँदै विश्व बजारमा ‘हाङकुक चाउचाउ’: एनआरएनए नेता विनोद कुँवरको प्रिमियम नेपाली ब्रान्डले रच्दै नयाँ अध्याय ९ घण्टा अगाडी
विचार
Journey From Siddhartha to Buddha (Lumbini to Bodhgaya: Arvind Singh एस नेपाल न्युज संवाददाता
युवराज सफल: मुद्दा हाल्ने अधिवक्ताबाट विवादित मोडलसम्मको यात्रा एस नेपाल न्युज संवाददाता
भवन भट्टको महत्वपूर्ण स्पीच: आर्य होटेल एण्ड स्पाका प्रमुखलाई शुभकामना, विवि एयरवेज़ छिट्टै सञ्चालनमा आउने घोषणा (भिडियो) एस नेपाल न्युज संवाददाता
ब्लग
Journey From Siddhartha to Buddha (Lumbini to Bodhgaya: Arvind Singh एस नेपाल न्युज संवाददाता
युवराज सफल: मुद्दा हाल्ने अधिवक्ताबाट विवादित मोडलसम्मको यात्रा एस नेपाल न्युज संवाददाता
भवन भट्टको महत्वपूर्ण स्पीच: आर्य होटेल एण्ड स्पाका प्रमुखलाई शुभकामना, विवि एयरवेज़ छिट्टै सञ्चालनमा आउने घोषणा (भिडियो) एस नेपाल न्युज संवाददाता
लोकप्रीय
  • Week
  • Month
Journey From Siddhartha to Buddha (Lumbini to Bodhgaya: Arvind Singh
Gautam Buddha University Under Visionary Leadership: Prof. Rana Pratap Singh
H.E. Naveen Srivastava – Strengthening the Pillars of India-Nepal Relations with Diplomatic Finesse
युवराज सफल: मुद्दा हाल्ने अधिवक्ताबाट विवादित मोडलसम्मको यात्रा
पूर्णायु आयुर्वेद हस्पिटललाई ऐतिहासिक श्रीगण्डकी शत कुण्डीय कोटिहोम विराट् ज्ञान महायज्ञमा विशेष सम्मान
Journey From Siddhartha to Buddha (Lumbini to Bodhgaya: Arvind Singh
Gautam Buddha University Under Visionary Leadership: Prof. Rana Pratap Singh
H.E. Naveen Srivastava – Strengthening the Pillars of India-Nepal Relations with Diplomatic Finesse
युवराज सफल: मुद्दा हाल्ने अधिवक्ताबाट विवादित मोडलसम्मको यात्रा
पूर्णायु आयुर्वेद हस्पिटललाई ऐतिहासिक श्रीगण्डकी शत कुण्डीय कोटिहोम विराट् ज्ञान महायज्ञमा विशेष सम्मान
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
सुन-चाँदि
सेयर बजार
Contact Us

Yes Nepal News Pvt. Ltd.

Balkhu, Kathmandu, Nepal
Email: yesnepalnewstv@gmail.com
URL: www.yesnepalnews.com.np

Phone

Marketing: +977-9843669561
Team
अध्यक्ष / प्रधान सम्पादक एचबी ताम्राकार (हर्क बहादुर)
प्रबन्ध निर्देशक / सम्पादक राजेन्द्र ताम्राकार
समाचार प्रमुख सुमन श्रेष्ठ
संवाददाता सुमन श्रेष्ठ सुमन श्रेष्ठ
बजार प्रमुख सुमन श्रेष्ठ
महत्वपूर्ण लिङ्कहरु
  • हाम्रो टीम
  • साइटम्याप
  • गोपनीयता नीति
  • नियम तथा सर्त
  • हामीसँग विज्ञापन गर्नुहोस्
साइट नेविगेशन
  • हाम्रो टीम
  • साइटम्याप
  • गोपनीयता नीति
  • नियम तथा सर्त
  • हामीसँग विज्ञापन गर्नुहोस्
© Yes Nepal News Pvt. Ltd. -2025 All rights reserved. Site by: PROSYS

Prosys Add Ons

This feature is an add-on feature and can be implemented for additional fees.

Please contact info@prosysnepal.com

Prosys News Alert

Allow Cookies ?
Subscribe
 

Loading Comments...