Main Navigation
  • होमपेज
  • समाचार
  • राजनीति
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणिज्य
    • बैंक/बित्त
    • बीमा
    • सेयर बजार
  • कला / मनोरञ्जन
    • कलिवुड
    • बलिउड
    • हलिउड
  • सूचना-प्रविधि
  • अन्तराष्ट्रिय
  • विचार
  • अन्तर्वार्ता
Yes Nepal News
  • होमपेज
  • समाचार
  • राजनीति
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणिज्य
    • बैंक/बित्त
    • बीमा
    • सेयर बजार
  • कला / मनोरञ्जन
    • कलिवुड
    • बलिउड
    • हलिउड
  • सूचना-प्रविधि
  • अन्तराष्ट्रिय
  • विचार
  • अन्तर्वार्ता
Search Here
  • गण्डकी प्रदेश
  • Home
  • News
  • पर्वतको एक विकट गाउँमा जनशक्ति अभावले आधुनिक अल्लो उद्योग बन्द
पर्वतको एक विकट गाउँमा जनशक्ति अभावले आधुनिक अल्लो उद्योग बन्द
64x64
एस नेपाल न्युज संवाददाता
४ महिना अगाडी

पर्वत, २९ पुस : विभिन्न सेवा सुविधाको खोजीमा गाउँबाट बसाइँसराइ बढ्दै गएपछि पर्वतको एक विकट गाउँमा सञ्चालन भएको अल्लो प्रशोधन गर्ने आधुनिक उद्योग बन्द भएको छ । कुनै समय वनजङ्गलमा खेर जाने चाल्ने सिस्नो(अल्लो) बाट उपभोग्य कपडा बनाउनका लागि नयाँ प्रविधिसहितको उद्योग सञ्चालनमा आएको भए पनि बजार अभाव र जनशक्तिको कमीले गर्दा दुई वर्षदेखि अलपत्र भएको हो ।

तत्कालीन पोखरा विश्वविद्यालय र कोरियाको हाङदोङ विश्वविद्यालयका अन्वेशकहरूको पहलमा पर्वतको मोदी गाउँपालिका–३ देउरालीस्थित घुरूङ्गामा भूमेप्रसाद डल्लु सामुदायिक अल्लो प्रशोधन उद्योग खोलिएको थियो ।

विसं २०७४ फागुनदेखि सञ्चालनमा आएको उद्योग २०७८ सालदेखि बन्द गरिएको हो । परम्परागत रूपमा अल्लोको लोकतालाई पकाउने, कुट्ने र धागो निकाल्दा समय र लागतसमेत अत्याधिक पर्न थालेपछि लघुउद्यमीका लागि नयाँ प्रविधि भित्र्याइएको भए पनि बढ्दो बसाइँसराइका कारण जनशक्ति कम हुँदै जानु र उत्पादन गरेको अल्लोले राम्रो बजार नपाएपछि बन्द गर्नुपरेको स्थानीय टेकबहादुर पुनले बताउनुभयो ।

तत्कालीन समयमा झण्डै रू २० लाखको लागतमा उद्योग सञ्चालनमा आएको थियो । सञ्चालनमा आएका केही वर्ष यहाँबाट राम्रैसँग उत्पादन गर्न सफल भए पनि विस्तारै वनमा जाने, अल्लो सङ्कलन गर्ने, उद्योगमा ल्याएर प्रशोधन गर्ने जनशक्तिको अभाव भएपछि बन्द गर्नुपरेको अल्लो उद्यमी रनमाया पुनले बताउनुभयो ।

उक्त उद्योगबाट छोटो समयमा धेरै र गुणस्तरीय भुवा उत्पादन लिन सकिने भए पनि कच्चापदार्थ सङ्कलन गर्ने जनशक्ति नहुँदा बन्द गर्नुपरेको उद्यमी पुनले बताउनुभयो । यहाँबाट उत्पादित अल्लोको कपडासमेत बिक्री गर्न समस्या भएपछि गतवर्ष मोदी गाउँपालिकाले दुई सय मिटर कपडा खरिद गरिदिएको स्थानीय गमबहादुर पुनले बताउनुभयो ।

नयाँ प्रविधिमा अल्लोको लोक्ता पकाउने, कुट्ने र पखाल्ने आधुनिक प्रविधि रहेको थियो । परम्परागत रूपमा प्रशोधन गर्दा थोरै उत्पादनका लागि धेरै लागत र शारीरिक श्रम लाग्ने तथा समयसमेत बढेकाले नाफा कमाउन कठिन भएको भन्दै खोलीको उद्योगसमेत बन्द भएपछि अहिले गाउँमा दुई तीनजना महिलाले परम्परागत रूपमै अल्लो प्रशोधन गरेर निर्वाहमुखी रूपमा पेसालाई जोगाउँदै आएका छन् ।

अहिले पुरानै तरिकाबाट अल्लोको भुवा निकाल्न लोक्ता खरानी पानीमा पकाउने, खोलामा लगेर कुट्ने र पखाल्ने गर्नुपर्दा धेरै श्रम र समय लाग्दै उद्यमी पुनले बताउनुभयो । जिल्ला लघु उद्यमी सङ्घकी पूर्व अध्यक्ष सेती महतले गाउँबाट बसराइँ सर्ने दर बढेसँगै सञ्चालित आधुनिक मेसिन सहितको उद्योग पनि बन्द भएको बताउनुभयो । महतले लघुउद्यमीलाई नयाँ प्रविधि, सीप र पुँजीको सहयोग गरेर गाउँघरमै रोजगारी बढाउन आवश्यक भएको बताउनुभयो ।

रोजगारीका अवसर र गुणस्तरीय शिक्षाको खोजीमा यो गाउँबाट बसाइँसराइ दर तीव्र रूपमा बढेको छ । बाउन्न घरधुरी रहेको यो घुरूङ्गा गाउँमा अहिले मुस्किलले २५ घरमा मात्र बसोबास रहेको छ । मोदी गाउँपालिकाका उपाध्यक्ष बिमल लामिछानेले स्थानीय महिला सक्रिय भएर उद्यम सञ्चालन गर्न चाहेमा गाउँपालिका सहयोग गर्न तयार रहेको बताउनुभयो ।

व्यावसायिक रूपमा उद्योग सञ्चालन गर्न सकेमा अल्लोको कपडा त्रिक्रीबाट वार्षिक लाखौँ रूपैँया आम्दानी गर्न सकिने भएकाले गाउँपालिका उत्पादित कपडाको बजारीकरण र उद्योग सञ्चालनका लागि आर्थिक सहयोग गर्न तयार रहेको बताउनुभयो । पर्वतका उत्तरी क्षेत्रका शालिजा, लेखफाँट, क्याङ, देउराली, भुकताङ्ले र बनौमा अल्लो प्रशस्त पाइने भएकाले यस क्षेत्रका महिला अल्लो उद्यम गर्दै आएका छन् ।

प्रकाशित मिति: ४ महिना अगाडी
पर्वत
प्रतिक्रिया दिनुहोस्

Leave a reply Cancel reply

Your email address will not be published. Required fields are marked *

The facebook comment plugin code goes here.
थप समाचार
Prabin Gurung: A Visionary Leader Bridging Nepali Diaspora and Development (Video) १४ मिनेट अगाडी
काठमाडौंको मखनमा भीषण आगलागी, एक जनाको मृत्यु (भिडियो) ४ घण्टा अगाडी
Journey From Siddhartha to Buddha (Lumbini to Bodhgaya: Arvind Singh ६ घण्टा अगाडी
Gautam Buddha University Under Visionary Leadership: Prof. Rana Pratap Singh ८ घण्टा अगाडी
H.E. Naveen Srivastava – Strengthening the Pillars of India-Nepal Relations with Diplomatic Finesse १४ घण्टा अगाडी
युवराज सफल: मुद्दा हाल्ने अधिवक्ताबाट विवादित मोडलसम्मको यात्रा १४ घण्टा अगाडी
विचार
Journey From Siddhartha to Buddha (Lumbini to Bodhgaya: Arvind Singh एस नेपाल न्युज संवाददाता
युवराज सफल: मुद्दा हाल्ने अधिवक्ताबाट विवादित मोडलसम्मको यात्रा एस नेपाल न्युज संवाददाता
भवन भट्टको महत्वपूर्ण स्पीच: आर्य होटेल एण्ड स्पाका प्रमुखलाई शुभकामना, विवि एयरवेज़ छिट्टै सञ्चालनमा आउने घोषणा (भिडियो) एस नेपाल न्युज संवाददाता
ब्लग
Journey From Siddhartha to Buddha (Lumbini to Bodhgaya: Arvind Singh एस नेपाल न्युज संवाददाता
युवराज सफल: मुद्दा हाल्ने अधिवक्ताबाट विवादित मोडलसम्मको यात्रा एस नेपाल न्युज संवाददाता
भवन भट्टको महत्वपूर्ण स्पीच: आर्य होटेल एण्ड स्पाका प्रमुखलाई शुभकामना, विवि एयरवेज़ छिट्टै सञ्चालनमा आउने घोषणा (भिडियो) एस नेपाल न्युज संवाददाता
लोकप्रीय
  • Week
  • Month
Prabin Gurung: A Visionary Leader Bridging Nepali Diaspora and Development (Video)
काठमाडौंको मखनमा भीषण आगलागी, एक जनाको मृत्यु (भिडियो)
Journey From Siddhartha to Buddha (Lumbini to Bodhgaya: Arvind Singh
Gautam Buddha University Under Visionary Leadership: Prof. Rana Pratap Singh
H.E. Naveen Srivastava – Strengthening the Pillars of India-Nepal Relations with Diplomatic Finesse
Prabin Gurung: A Visionary Leader Bridging Nepali Diaspora and Development (Video)
काठमाडौंको मखनमा भीषण आगलागी, एक जनाको मृत्यु (भिडियो)
Journey From Siddhartha to Buddha (Lumbini to Bodhgaya: Arvind Singh
Gautam Buddha University Under Visionary Leadership: Prof. Rana Pratap Singh
H.E. Naveen Srivastava – Strengthening the Pillars of India-Nepal Relations with Diplomatic Finesse
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
सुन-चाँदि
सेयर बजार
Contact Us

Yes Nepal News Pvt. Ltd.

Balkhu, Kathmandu, Nepal
Email: yesnepalnewstv@gmail.com
URL: www.yesnepalnews.com.np

Phone

Marketing: +977-9843669561
Team
अध्यक्ष / प्रधान सम्पादक एचबी ताम्राकार (हर्क बहादुर)
प्रबन्ध निर्देशक / सम्पादक राजेन्द्र ताम्राकार
समाचार प्रमुख सुमन श्रेष्ठ
संवाददाता सुमन श्रेष्ठ सुमन श्रेष्ठ
बजार प्रमुख सुमन श्रेष्ठ
महत्वपूर्ण लिङ्कहरु
  • हाम्रो टीम
  • साइटम्याप
  • गोपनीयता नीति
  • नियम तथा सर्त
  • हामीसँग विज्ञापन गर्नुहोस्
साइट नेविगेशन
  • हाम्रो टीम
  • साइटम्याप
  • गोपनीयता नीति
  • नियम तथा सर्त
  • हामीसँग विज्ञापन गर्नुहोस्
© Yes Nepal News Pvt. Ltd. -2025 All rights reserved. Site by: PROSYS

Prosys Add Ons

This feature is an add-on feature and can be implemented for additional fees.

Please contact info@prosysnepal.com

Prosys News Alert

Allow Cookies ?
Subscribe
 

Loading Comments...