Main Navigation
  • होमपेज
  • समाचार
  • राजनीति
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणिज्य
    • बैंक/बित्त
    • बीमा
    • सेयर बजार
  • कला / मनोरञ्जन
    • कलिवुड
    • बलिउड
    • हलिउड
  • सूचना-प्रविधि
  • अन्तराष्ट्रिय
  • विचार
  • अन्तर्वार्ता
Yes Nepal News
  • होमपेज
  • समाचार
  • राजनीति
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणिज्य
    • बैंक/बित्त
    • बीमा
    • सेयर बजार
  • कला / मनोरञ्जन
    • कलिवुड
    • बलिउड
    • हलिउड
  • सूचना-प्रविधि
  • अन्तराष्ट्रिय
  • विचार
  • अन्तर्वार्ता
Search Here
  • मधेस प्रदेश
  • Home
  • News
  • माघेसङ्क्रान्ति नजिकिएसँगै सर्लाहीका किसानलाई तरुल खन्न भ्याइनभ्याइ
माघेसङ्क्रान्ति नजिकिएसँगै सर्लाहीका किसानलाई तरुल खन्न भ्याइनभ्याइ
64x64
एस नेपाल न्युज संवाददाता
४ महिना अगाडी

बरहथवा (सर्लाही), २१ पुसः माघेसङ्क्रान्ति नजिकिएसँगै सर्लाहीको बागमतीका किसानलाई तरुल खन्न भ्याइनभ्याइ भएको छ । पुसको दोस्रो हप्ता लागिसक्दा सङ्क्रान्तिका लागि तरुल निकाल्ने चटारो बढेको बागमती नगरपालिका–५ टेकानीका तरुल किसान दलबहादुर लुङ्गेलीले बताउनुभयो । लुङ्गेलीले बागमती खोला बगरमा पाँच कट्ठा खेतमा तरुल लगाउनुभएको छ ।

चाडबाडको मुखमा मूल्यसमेत राम्रो पाउने भएकाले पुसको तेस्रो हप्तासम्म तरुले बेचिसक्ने योजना बनाएको उहाँले सुनाउनुभयो । “तरुलको मूल्य माघेसङ्क्रान्तिमा राम्रो पाइन्छ ।” उहाँले भन्नुभयो, “त्यसकारण पुस २५/२६ सम्म बेचिसक्ने योजना छ ।”  त्यसपछि तरुलले उति राम्रो मूल्य नपाउने उहाँको अनुभव छ । तरुल स्वास्थ्यका हिसाबले चिसो मौसममा उपयोगी रहेकाले यस बेला ब्यापार र मूल्य बढ्ने गरेको छ ।

बागमती नगरपालिका–५ स्थित बागमती नदी उकास जमिनमा किसानले ठूलो क्षेत्रफलमा तरुलखेती गर्ने गरेका छन् । बालुवा तथा खोलाको पाँगो माटो भएका जग्गामा तरुल उत्पादन राम्रो हुने गरेको स्थानीय किसान हिरालाल मण्डलको भनाइ छ । “बगरको खेती सुन जस्तै बनेको छ”, उहाँले भन्नुभयो, “तरुल उत्पादनबाट मनग्य आम्दानी हुन्छ ।”

तरुलखेती गर्नुभएका बागमती नगरपालिका–४, जिराएतका किसान विमल खड्काले तरुलको उत्पादन राम्रो हुँदा अन्यबालीभन्दा धेरै आम्दानी हुने गरेको बताउनुभयो । आफ्नो र ठेक्का गरेर खड्काले पनि एक बिघा बगर खेतमा तरुल लगाउनुभएको छ । केहीमा तरुल उत्पादन राम्रो भएको र केहीमा बिग्रिएको उहाँको भनाइ थियो ।

यहाँका किसानहरूले आकासे र पताले गरी दुई जातको तरुल उत्पादन गर्ने गरेका छन् । आकासे अर्थात् सेतो तरुल कम स्वादिलो हुने धेरै उत्पादन हुने तथा मूल्य केही कम हुने गरेको बागमती–४ जिरायतका तरुल व्यापारी राम दरेस महतोले बताउनुभयो । अर्को पताले अर्थात् रातो जातको तरुल भने उत्पादन केही कम हुने खान पनि स्वादिलो हुने भएकाले मूल्यसमेत राम्रो रहेको उहाँको भनाइ छ ।

यहाँका किसानले प्रतिबिघा ८० देखि एक सय २० क्विन्टलसम्म तरुल फलाउने गरेका छन् । यस वर्ष छठको समयमा तरुल प्रतिकिलो एक सय २० रुपैयाँसम्ममा बिक्री भएको थियो । अहिले बजार मूल्य प्रतिकिलो ५५ देखि ६० रुपैयाँ रहेको तरुल व्यापारी डम्बरबहादुर खड्काको भनाइ छ । यस वर्ष उहाँ २० बिघामा लगाएको तरुल बजार लैजाने योजनामा हुनुहुन्छ ।

उहाँले आफ्नो र भाडामा गरी २० बिघा बढी खेतमा तरुल लगाउनुभएको छ । जग्गा भाडामा लिदा वर्षको प्रतिबिगाहा ५० देखि ६० हजार रुपैयाँसम्म तिर्नुपर्ने उहाँको भनाइ छ । तरुल खेती गर्दा प्रतिकठ्ठा बीउ, मलखाद, कामदार गरी रु आठ हजारसम्म खर्च हुने गर्दछ । उहाँका अनुसार तरुल खेतीबाट किसानहरूले प्रतिकट्ठा रु ३० देखि ४० हजारसम्म आम्दानी गर्दछ ।

बागमती नगरपालिका कृषि शाखाका अनुसार यस क्षेत्रमा बर्सेनि लगभग तीन सय बिगाहा क्षेत्रफलमा तरुलखेती हुँदै आएको छ । सिँचाइ हुने खेतमा पानी जम्ने जोखिम रहेकाले तरुल उत्पादनका लागि बगर खेत उपयुक्त हुने कृषि प्राविधिकहरू बताउँछन् । बागमती नदी उकास जग्गा तरुल उत्पादनका लागि निकै उपयोगी बनेको छ ।

केही समयअघिसम्म यसैखेर गइरहेको बगरखेतीमा यतिबेला किसानले सुन फलाइरहेका बागमती नगरपालिका कृषि शाखा प्राविधिक हिमाल शाहीले बताउनुभयो । खोलाको बगर स्थानीय किसानले प्रतिपरिवार पाँच कट्ठाको दरले भाग लगाएर केही समय ता खेती गर्दै आएका छन् । बगरमा किसानले तरुलसहित मुम्फली, सखरखण्ड, तोरी, मकै, रहरी, परबर, बोडीलगायतको खेती गर्ने गरेका छन् । खेती राम्रो हुने गरेकाले स्थानीयको आयस्तरमा समेत परिवर्तन ल्याएको नगरपालिकाले जनाएको छ ।

प्रकाशित मिति: ४ महिना अगाडी
किसानतरुलबरहथवामाघेसङ्क्रान्तिसर्लाही
प्रतिक्रिया दिनुहोस्

Leave a reply Cancel reply

Your email address will not be published. Required fields are marked *

The facebook comment plugin code goes here.
थप समाचार
काठमाडौंको मखनमा भीषण आगलागी, एक जनाको मृत्यु (भिडियो) ४३ मिनेट अगाडी
Journey From Siddhartha to Buddha (Lumbini to Bodhgaya: Arvind Singh ३ घण्टा अगाडी
Gautam Buddha University Under Visionary Leadership: Prof. Rana Pratap Singh ४ घण्टा अगाडी
H.E. Naveen Srivastava – Strengthening the Pillars of India-Nepal Relations with Diplomatic Finesse ११ घण्टा अगाडी
युवराज सफल: मुद्दा हाल्ने अधिवक्ताबाट विवादित मोडलसम्मको यात्रा ११ घण्टा अगाडी
पूर्णायु आयुर्वेद हस्पिटललाई ऐतिहासिक श्रीगण्डकी शत कुण्डीय कोटिहोम विराट् ज्ञान महायज्ञमा विशेष सम्मान ११ घण्टा अगाडी
विचार
Journey From Siddhartha to Buddha (Lumbini to Bodhgaya: Arvind Singh एस नेपाल न्युज संवाददाता
युवराज सफल: मुद्दा हाल्ने अधिवक्ताबाट विवादित मोडलसम्मको यात्रा एस नेपाल न्युज संवाददाता
भवन भट्टको महत्वपूर्ण स्पीच: आर्य होटेल एण्ड स्पाका प्रमुखलाई शुभकामना, विवि एयरवेज़ छिट्टै सञ्चालनमा आउने घोषणा (भिडियो) एस नेपाल न्युज संवाददाता
ब्लग
Journey From Siddhartha to Buddha (Lumbini to Bodhgaya: Arvind Singh एस नेपाल न्युज संवाददाता
युवराज सफल: मुद्दा हाल्ने अधिवक्ताबाट विवादित मोडलसम्मको यात्रा एस नेपाल न्युज संवाददाता
भवन भट्टको महत्वपूर्ण स्पीच: आर्य होटेल एण्ड स्पाका प्रमुखलाई शुभकामना, विवि एयरवेज़ छिट्टै सञ्चालनमा आउने घोषणा (भिडियो) एस नेपाल न्युज संवाददाता
लोकप्रीय
  • Week
  • Month
काठमाडौंको मखनमा भीषण आगलागी, एक जनाको मृत्यु (भिडियो)
Journey From Siddhartha to Buddha (Lumbini to Bodhgaya: Arvind Singh
Gautam Buddha University Under Visionary Leadership: Prof. Rana Pratap Singh
H.E. Naveen Srivastava – Strengthening the Pillars of India-Nepal Relations with Diplomatic Finesse
युवराज सफल: मुद्दा हाल्ने अधिवक्ताबाट विवादित मोडलसम्मको यात्रा
काठमाडौंको मखनमा भीषण आगलागी, एक जनाको मृत्यु (भिडियो)
Journey From Siddhartha to Buddha (Lumbini to Bodhgaya: Arvind Singh
Gautam Buddha University Under Visionary Leadership: Prof. Rana Pratap Singh
H.E. Naveen Srivastava – Strengthening the Pillars of India-Nepal Relations with Diplomatic Finesse
युवराज सफल: मुद्दा हाल्ने अधिवक्ताबाट विवादित मोडलसम्मको यात्रा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
सुन-चाँदि
सेयर बजार
Contact Us

Yes Nepal News Pvt. Ltd.

Balkhu, Kathmandu, Nepal
Email: yesnepalnewstv@gmail.com
URL: www.yesnepalnews.com.np

Phone

Marketing: +977-9843669561
Team
अध्यक्ष / प्रधान सम्पादक एचबी ताम्राकार (हर्क बहादुर)
प्रबन्ध निर्देशक / सम्पादक राजेन्द्र ताम्राकार
समाचार प्रमुख सुमन श्रेष्ठ
संवाददाता सुमन श्रेष्ठ सुमन श्रेष्ठ
बजार प्रमुख सुमन श्रेष्ठ
महत्वपूर्ण लिङ्कहरु
  • हाम्रो टीम
  • साइटम्याप
  • गोपनीयता नीति
  • नियम तथा सर्त
  • हामीसँग विज्ञापन गर्नुहोस्
साइट नेविगेशन
  • हाम्रो टीम
  • साइटम्याप
  • गोपनीयता नीति
  • नियम तथा सर्त
  • हामीसँग विज्ञापन गर्नुहोस्
© Yes Nepal News Pvt. Ltd. -2025 All rights reserved. Site by: PROSYS

Prosys Add Ons

This feature is an add-on feature and can be implemented for additional fees.

Please contact info@prosysnepal.com

Prosys News Alert

Allow Cookies ?
Subscribe
 

Loading Comments...