न्युयोर्क, अमेरिका – भदौ ३१ – अमेरिका बसोबास गर्दै आएका उद्यमी, समाजसेवी तथा राष्ट्रप्रति गहिरो सरोकार राख्ने युवानेता प्रिन्स युवराज कार्कीले सामाजिक सञ्जालमार्फत भ्रष्टाचारविरुद्ध कडा सन्देश जारी गरेका छन्।
उनले लेखेका छन् कि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुखमा प्रेम सञ्जेलको नाम लगभग पक्का भएको छ, र यदि उनी नियुक्त भए भने भ्रष्टाचारमा लिप्त व्यक्तिहरूका लागि “काल” सावित हुने” दाबी गरेका छन्।
कार्कीको सन्देश यस्तो छ:“भ्रष्टहरूलाई तह लगाउन अख्तियार प्रमुखमा प्रेम सञ्जेलको नाम लगभग फाइनल भएको कुरा बुझिन आएको छ। यदि सञ्जेल अख्तियार प्रमुख भएर आएमा, राजहासले पानीबाट ब्यागुताको घाँटी समातेर निकाले झैं, म भ्रष्ट्रचारीको घाँटी समातेर निकाल्छु भनेपछि अहिले भ्रष्टचारिको निद हराम भएको छ।”
भ्रष्टाचारविरुद्धको युद्ध घोषणा?
यो स्टाटसलाई धेरैले भ्रष्टाचारविरुद्धको युद्ध घोषणाका रूपमा व्याख्या गरेका छन्। कार्कीको भनाइ अनुसार, सञ्जेल जस्तो दृढ, निडर र निष्पक्ष व्यक्तित्व अख्तियारको नेतृत्वमा आएमा निद हराएको भ्रष्ट सञ्जालमा ठुलो भूकम्प आउने संकेत देखिन्छ।
प्रिन्स युवराज कार्की नयाँ पुस्ताका सचेत, मुखर र राष्ट्रिय सरोकारप्रति समर्पित प्रवासी नेपालीहरूको प्रतिनिधि मानिन्छन्। उनीले लामो समयदेखि अमेरिका र नेपाल दुवै स्थानबाट सामाजिक न्याय, सुशासन र विकासका एजेन्डामा आवाज उठाउँदै आएका छन्।
उनको पछिल्लो स्टाटसले देश–विदेशमा रहेका नेपालीहरूलाई नयाँ आशा र जोश दिएको छ, विशेषतः युवाहरूलाई सशक्त नेतृत्व र स्पष्ट नीतिप्रति भरोसा गर्न प्रेरित गराएको देखिन्छ।
भ्रष्टाचारमाथिको कडा निगरानीको संकेत
सञ्जेलको सम्भावित नियुक्ति र कार्कीको चेतावनीपूर्ण भाषा मिलाएर हेर्दा, यो केवल भावनात्मक समर्थन मात्र नभई, देशभित्रको वास्तविक संरचनात्मक सुधारको अभियानतर्फ संकेत भएको अनुमान गर्न सकिन्छ।
यसरी, कार्कीको स्टाटसले एकतर्फ नयाँ नेतृत्वको आगमनप्रति जनअपेक्षा झल्काउँछ भने अर्कोतर्फ भ्रष्टाचारविरुद्धको कठोर र निर्भीक कदमको मागसमेत प्रस्तुत गर्दछ।