काठमाडौं — देश संकटमा छ, र यो संकट पार लगाउने शक्ति भनेका युवाहरू नै हुन् भन्ने धारणा समाजसेवी तथा जनप्रीय युवा व्यक्तित्व भोला धिमिरे (Viking)ले सार्वजनिक गरेका छन्।
धिमिरेका अनुसार आजका युवाहरू केवल सपनामा सीमित छैनन्, बरु परिश्रममा विश्वास गर्ने, समाजमा मिलनसार र सहयोगी स्वभावले सबैसँग सुख–दुख बाँड्न सक्ने सशक्त पुस्ता हुन्। उनी भन्छन्, “युवाको रक्त, पसिना र आँसु नै नयाँ नेपाल निर्माणको इन्धन हो।”
राजनीतिक दलहरूको सदस्यता नलिई पनि जनतासँग नजिक रहँदै आएका धिमिरेले अहिलेको संसदीय भ्रष्ट प्रवृत्तिको कडा विरोध गर्दै भ्रष्टाचारीलाई कानुनी दायरामा ल्याउनैपर्ने बताए। उनले स्पष्ट पार्छन् — देशमा अब असल नेतृत्व आवश्यक छ, र त्यो नेतृत्व जनताबाट प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र राष्ट्रपति मार्फत मात्र सम्भव छ।
युवा समाजमा ‘Viking’ भनेर चिनिने धिमिरे केवल विचारमा मात्र होइन, व्यवहारमा पनि सहयोगी मानिन्छन्। रगत अभावमा जीवन मरणको सङ्घर्षमा रहेका बिरामीदेखि लिएर उपचार खर्च अभावमा पीडित बनेकालाई उनले आफ्नो प्रत्यक्ष सम्पर्क नम्बर (९८०८३१६३८३) उपलब्ध गराउँदै सेवा–सहयोगको ढोका कहिल्यै बन्द नगर्ने प्रतिबद्धता जनाएका छन्।
उनी भन्छन्, “यो मुलुकलाई नयाँ बाटोमा लैजानु भनेको केवल आन्दोलन होइन, युवाहरूको जीवनशैली हो। यही Gen Z पुस्ता अब इतिहासको निर्णायक अध्याय लेख्नेछ।”