गैरआवासीय नेपाली संघ (एनआरएनए)को २५/२७ कार्यकाल ऐतिहासिक बन्ने संकेत देखिएको छ। संगठनभित्र अनुभव, इमानदारी र नयाँ सोचका पर्यायका रूपमा परिचित वर्तमान केन्द्रीय सचिव पारस मणि पोखरेलले महासचिव पदमा उम्मेदवारी दिने घोषणा गरेपछि सम्पूर्ण प्रवासी नेपाली समाजमा उत्साह र अपेक्षाको लहर छाएको छ।
पोखरेलले सामाजिक सञ्जालमार्फत उम्मेदवारी घोषणा गर्दै भने,“पदसँगै पर्फर्मेन्स पनि चाहिन्छ। राजनीति र पैसाले मात्र संगठन चल्दैन। एनआरएनएलाई प्रवासी नेपाली र मातृभूमिबीचको सबल पुल बनाउन मेरो उम्मेदवारी हो।”
जीवन्त अनुभव, दृढ संकल्प
संसारको पहिलो क्षेत्रीय समिति जापानको नागोया क्षेत्रका संस्थापक संयोजक हुँदै एनआरएनए जापानका अध्यक्ष (१२ वर्षअघि) र हाल केन्द्रिय सचिवको जिम्मेवारी सम्हालिरहेका पोखरेल संगठनभित्र निरन्तर सक्रियता र उत्कृष्ट कार्यशैलीका कारण विशिष्ट नेता बनेका छन्।
हालै उनले अमेरिका र क्यानाडाको सफल भ्रमण सम्पन्न गरेका छन्, जसले उनलाई थप ऊर्जा र प्रेरणा दिएको बताउँदै उनले निकट भविष्यमा मलेसिया र मध्यपूर्वका मुलुकमा समेत अभियान विस्तार गर्ने योजना सार्वजनिक गरेका छन्।
“परिवर्तन अनि परिस्कृत एनआरएनए”
पोखरेलले अघि सारेको अभियान केवल चुनावी नारामा सीमित छैन, बरु सम्पूर्ण संरचनात्मक सुधार र संस्थागत रुपान्तरणको खाका हो।
- पारदर्शिता र जवाफदेहितालाई पहिलो प्राथमिकता,
- सबै निर्णय र खर्च सार्वजनिक गर्ने प्रतिबद्धता,
- नेतृत्व तहमा कम्तीमा ३०% युवाहरू र महिलाको सहभागिता सुनिश्चित,
- अनलाइन सदस्यता, डिजिटल मतदान र ई–गभर्नेन्स प्रणालीमार्फत प्रविधि–मैत्री संगठन निर्माण,
- विधान र नीतिलाई समयानुकूल परिमार्जन गर्दै आधुनिक संरचना विकास।
राजनीतिक हस्तक्षेपविरुद्ध दृढ अडान
उनले स्पष्ट भनेका छन्,“एनआरएनए कुनै दल विशेषको संस्था होइन। यो सम्पूर्ण प्रवासी नेपालीको साझा घर हो। राजनीति–मुक्त, पारदर्शी र परिणाममुखी संगठन निर्माण नै मेरो प्रमुख लक्ष्य हो।”
प्राथमिक कार्यक्रमहरू
- प्रवासी सीप, ज्ञान र लगानीलाई मातृभूमिसँग जोड्ने,
- प्रवासी नेपालीको अधिकार र सुरक्षामा प्राथमिकता दिने,
- नेपालमा रोजगारी र विकास प्रवर्द्धन गर्ने,
- समाजसेवा र मानवीय सहयोगलाई संस्थागत गर्ने,
- शिक्षा र युवा नेतृत्व विकासमा जोड दिने।
ऐतिहासिक उम्मेदवारी
एनआरएनएभित्र स्पष्टवक्ता, निडर र नविनतम कार्यदृष्टिकोणका लागि परिचित पोखरेलको उम्मेदवारीले संगठनलाई नयाँ दिशातर्फ उन्मुख गर्ने संकेत मिलेको छ। धेरैको विश्वास छ—उनको नेतृत्वले एनआरएनएलाई अझै सबल, पारदर्शी र भविष्य–केन्द्रित बनाउन सक्षम हुनेछ।
“सशक्त प्रवासी, सम्पन्न नेपाल — परिवर्तन अनि परिस्कृत एनआरएनए” भन्ने नारा मात्र नभई एउटा साझा सपना बनेको छ।