काठमाडौँ।गैरआवासीय नेपाली संघ (NRNA) राष्ट्रिय समन्वय परिषद् अमेरिका (NCC USA) को १४औं वार्षिक साधारणसभा (AGM) तथा पदबहाली समारोह आउँदो शनिबार, २०२५ अगस्ट २३ मा अमेरिकाको भर्जिनियास्थित Wyndham Garden Hotel, Manassas मा आयोजना हुने भएको छ।
नवनिर्वाचित अध्यक्ष सतेन्द्र शाहले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै यस कार्यक्रममा सम्पूर्ण सदस्यहरुलाई हार्दिक निम्तो गर्नुभएको छ।
समारोहमा तीन मुख्य कार्यसूची रहनेछन् :
- २०२३–२०२५ कार्यकालको कार्यकारी टिमको उपलब्धिहरूको मूल्यांकन र सम्मान
- नवनिर्वाचित २०२५–२०२७ नेतृत्व टोलीलाई औपचारिक स्वागत
- प्रवासी नेपालीको एकता मार्फत नेपालको विकासमा योगदानबारे प्रतिवद्धता पुनः व्यक्त
यसअघि, अगस्ट २२, शुक्रबार साँझ भर्जिनिया च्याप्टरले Networking Reception को आयोजना गर्ने कार्यक्रम पनि तय गरिएको छ।
उक्त कार्यक्रममा सहभागी हुन इच्छुक सदस्यहरूले अनलाइन दर्ता र होटल बुकिङ्गका लागि लिंकसमेत सार्वजनिक गरिएको छ।
- AGM Registration Link: [Google Form]
- Hotel Booking Link: [Wyndham Garden Manassas]
अध्यक्ष शाहले सबैलाई सक्रिय उपस्थितिका लागि आग्रह गर्दै भन्नुभयो— “यो कार्यक्रम हाम्रो साझा अभियानलाई अझ मजबुत बनाउने महत्वपूर्ण अवसर हो। तपाईंहरूको उपस्थिति र सहभागिताले यसलाई ऐतिहासिक बनाउन मद्दत गर्नेछ।”
एनआरएनए NCC USA को यो साधारणसभा प्रवासी नेपाली समुदायको साझा प्रतिबद्धता, एकता र नेतृत्वलाई अझ सशक्त बनाउन महत्वपूर्ण मञ्च हुने अपेक्षा गरिएको छ।