अमेरिका। गैर आवासीय नेपाली संघ (एनआरएनए) एनसीसी अमेरिका २०२५–२०२७ कार्यकालका लागि हुने निर्वाचन नजिकिँदै जाँदा, केन्द्रिय उपाध्यक्षका उम्मेदवार विष्णु खत्री केसी समुदायभित्र सबैभन्दा शक्तिशाली नामको रूपमा उदाएका छन्।
कहिलेकाहीँ इतिहासले यस्ता व्यक्तित्व जन्माउँछ, जसको नाम मात्र सुन्दा पनि भरोसा, समर्पण र संघर्षको चित्र मनमा सजिन्छ। आज एनआरएनए अमेरिकाको चुनावी मैदानमा त्यस्तै व्यक्तित्व बनेका छन् — विष्णु खत्री केसी।यो कुनै सामान्य उम्मेदवारी होइन। यो त नेपाली डायस्पोरामा नयाँ युगको बिगुल हो — “सेवा र संरचनाको क्रान्ति”।
✦ पश्चिम अमेरिकाको धड्कन बनेको नेतृत्व
पश्चिम क्षेत्रीय संयोजकको रूपमा बिताएका उनका दुई वर्ष केवल पदमा बसेको समय थिएन। त्यो त समुदायसँगै बाँडिएको इतिहास थियो —
- अलपत्र परेका नेपालीहरूको आँसु पुछ्ने हात उनी बने,
- गुटबन्दी भत्काएर एकताको झण्डा फहराउने साहसिक नेता उनी बने,
- सपना देखेर त्यो पूरा गर्ने योजनाकार उनी बने।
✦ भरोसाको परिभाषा : ‘खत्री शैली’
अमेरिकाको नेपाली समाजमा प्रचलित एउटा वाक्य छ —
👉 “समस्या परे? खत्री सर कहाँ हुनुहुन्छ?”
राहदानी, कानुनी जटिलता, मानवीय तस्करी, आमा–बाबु बिरामी, छात्र समस्यासम्म — सबै संकटको साझा ठेगाना बनेका छन् बिष्णु खत्री। नेतृत्व मात्र होइन, भरोसाको परिभाषा नै उनको नामसँग जोडिएको छ।
✦ चुनावी समीकरण
चुनाव नजिकिँदै गर्दा विभिन्न राज्यमा भइरहेको भेटघाट र छलफलहरूले खत्रीलाई केन्द्रमा ल्याएको छ। समर्थकहरूको भनाइमा, “विष्णु खत्री नेतृत्वमा आए भने संस्थामा पारदर्शिता, संरचनागत मजबुती र एकताको नयाँ संस्कार सुरु हुनेछ।”
अमेरिकाभरका नेपाली समुदायबीच भइरहेको समर्थन र उत्साहलाई हेर्दा, विश्लेषकहरूले ठोकुवा गरेका छन् —
👉 “विष्णु खत्रीको पक्षमा बहुमत सुनिश्चित हुँदै गएको छ।